डेंगीबाट झापामा दुईजनाको मृत्यु, कोशीमा एक हजार ६५ जना संक्रमित

Abhiyanpost Abhiyanpost
|
सोमबार, भाद्र २४, २०८१
|
|
६३ पटक हेरिएको
Shares
डेंगीबाट झापामा दुईजनाको मृत्यु, कोशीमा एक हजार ६५ जना संक्रमित

सारांश

  • झापा।
  • कोशी प्रदेशमा डेंगीबाट गत साउनदेखि हालसम्म एक हजार ६५ जना संक्रमित भएका छन्।
  • यस अवधिमा डेंगी संक्रमणका कारण झापामा दुईजनाको मृत्यु भएको छ।

झापा। कोशी प्रदेशमा डेंगीबाट गत साउनदेखि हालसम्म एक हजार ६५ जना संक्रमित भएका छन्। यस अवधिमा डेंगी संक्रमणका कारण झापामा दुईजनाको मृत्यु भएको छ।

स्वास्थ्य कार्यालयका डेंगी फोकल पर्सन वीरेन्द्र दासका अनुसार झापामा डेंगीबाट मृत्यु हुनेमा हल्दिबारी-३ की ४२ वर्षीया विमला दाहाल पौडेल र विर्तामोड-४ का आठ वर्षीय आलोकजंग बस्नेत रहेका छन्। झापामा साउन १ गतेयता संक्रमितको संख्या एक सय २८ पुगिसकेको छ।

कोशी प्रदेशमा यस अवधिमा सबैभन्दा बढी मोरङमा संक्रमितको संख्या पाँच सय ३२ पुगेको छभने त्यसपछि झापा, धनकुटा र सुनसरीमा डेंगीका संक्रमित धेरै पाइएको छ। ताप्लेजुङमा भने डेंगीको एकजना पनि सङ्क्रमित पाइएको छैन।

स्वास्थ्य निर्देशनालय धनकुटाका फोकल पर्सन सुरक्षा खत्रीका अनुसार धनकुटामा ८० र सुनसरीमा ७० जनामा डेंगीको संक्रमण भएको छ। यसैगरी, उदयपुरमा ६९ जना, भोजपुरमा ६८, संखुवासभामा ६७, ओखलढुंगामा २९, पाँचथरमा २१, सोलुखुम्बुमा ६, इलाममा पाँचजना, खोटाङमा चारजना र तेह्रथुममा दुईजनामा डेंगी संक्रमण भएको पाइएको छ।

गत वैशाखदेखि नै कोशी प्रदेशका अधिकांश जिल्लामा डेंगीको सङ्क्रमण फैलिन थालेको थियो। वैशाखदेखि असारसम्म कोशीमा तीन सय ८६ जनामा डेंगी संक्रमण भइसकेको थियो।

झापामा साउन १ गतेयता सबैभन्दा धेरै विर्तामोडमा ८१ जनामा डेंगीको संक्रमण भेटिएको छ। त्यसपछि दमकमा २२ जनामा संक्रमण पुष्टि भयो भने हल्दिबारीमा सातजना र भद्रपुरमा पाँचजनामा डेंगीको संक्रमण भेटिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सत्तापक्ष बन्यो आक्रामक, ओली लागे अदालततिर
सुदूरपश्चिममा धार्मिक आस्था र सामाजिक सद्भावको गौरा पर्व सुरु
सुदूरपश्चिममा धार्मिक आस्था र सामाजिक सद्भावको गौरा पर्व सुरु
डा. बाबुराम भट्टराईले दिए प्रधानमन्त्री ओलीलाई यस्तो उपदेश
डा. बाबुराम भट्टराईले दिए प्रधानमन्त्री ओलीलाई यस्तो उपदेश
दुई घन्टामा  मार्क जुकरबर्गकाे  १६ अर्ब डलर बढी सम्पत्ति स्वाहा
दुई घन्टामा मार्क जुकरबर्गकाे १६ अर्ब डलर बढी सम्पत्ति स्वाहा
उपसभापतिमा निधीकाे पासा पल्टिने सम्भावना, यि हुन् कांग्रेसमा पदाधिकारी बन्ने भाग्यमानीहरु
उपसभापतिमा निधीकाे पासा पल्टिने सम्भावना, यि हुन् कांग्रेसमा पदाधिकारी बन्ने भाग्यमानीहरु
वाईडबडी घोटाला प्रकरणमा कांग्रेस चुप, देउवाले दिए यस्तो निर्देशन
वाईडबडी घोटाला प्रकरणमा कांग्रेस चुप, देउवाले दिए यस्तो निर्देशन
मुलुक विकास र समृद्धिको बाटोमा अघि बढेको छ, परराष्ट्रमन्त्री ज्ञवाली
मुलुक विकास र समृद्धिको बाटोमा अघि बढेको छ, परराष्ट्रमन्त्री ज्ञवाली
लायन्स क्लब अफ नेपाल सेभ हिमालयको आयोजनामा रक्तदान
लायन्स क्लब अफ नेपाल सेभ हिमालयको आयोजनामा रक्तदान
उपत्यकामा आज एकै दिन ११ सय ७ जना कोरोना संक्रमण पुष्टि
पूर्व एआइजी भट्टराई भ्रष्टाचारी ठहर
पूर्व एआइजी भट्टराई भ्रष्टाचारी ठहर

तपाईंले छुटाउनुभयो कि?