उपसभापतिमा निधीकाे पासा पल्टिने सम्भावना, यि हुन् कांग्रेसमा पदाधिकारी बन्ने भाग्यमानीहरु

Abhiyanpost Abhiyanpost
|
सोमबार, बैशाख १७, २०७५
|
१
|
५८ पटक हेरिएको
Shares
उपसभापतिमा निधीकाे पासा पल्टिने सम्भावना, यि हुन् कांग्रेसमा पदाधिकारी बन्ने भाग्यमानीहरु

सारांश

  • काठमाडाै, १७ वैशाख ।
  • नेपाली काँग्रेसले बहुप्रतिक्षित पदाधिकारीको टुंगो सम्भवतः सोमबार लगाउने देखिएको छ।
  • पार्टी सभापति शेरबहादुर देउवाले उपसभापतिमा पार्टी नेता विमलेन्द्र निधिलाई चयन गर्ने अन्तिम तयारी गरेका छन् ।

काठमाडाै, १७ वैशाख ।नेपाली काँग्रेसले बहुप्रतिक्षित पदाधिकारीको टुंगो सम्भवतः सोमबार लगाउने देखिएको छ। पार्टी सभापति शेरबहादुर देउवाले उपसभापतिमा पार्टी नेता विमलेन्द्र निधिलाई चयन गर्ने अन्तिम तयारी गरेका छन् ।

केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधनपछि उपसभापतिका एकमात्र प्रवल दावेदार बनेका निधि देउवाको पनि पहिलो रोजाइमा छन्। काँग्रेसमा पार्टी नै विलय गराएका विजयकुमार गच्छदारलाई संसदीय दलको उपनेता बनाएपछि देउवाले निधिलाई उपसभापति बनाउने अड्कल काटिएको थियो । गच्छदार पनि उपसभापतिका दावेदार छन्।

अर्का दावेदार गोपालमान श्रेष्ठलाई वरिष्ठ सदस्यहरुको रोलक्रममा एक नम्बरमा राखेर मनाएपछि निधिलाई उपसभापति बन्न थप सहज भएको  स्राेतले बताएकाे छ।

देउवाले महामन्त्रीमा भने पूर्णबहादुर खड्कालाई बनाउने पक्कापक्की भएको छ । महामन्त्रीमा देउवा टिमका ज्ञानेन्द्र कार्की, बालकृष्ण खाँण लगायतका नेताहरु आकांक्षी भए पनि खड्का नै पहिलो रोजाइमा पर्दैछन् ।

स्वर्गीय खुमबहादुर खड्कासंग समेत निकट रहेका पूर्णबहादुरलाई महामन्त्री बनाउँदा खुमबहादुर समुहको समेत साथ पाउने विष्लेषण देउवाको छ ।

यसबीचमा महामन्त्रीका दावेदार बालकृष्ण खाँणलाई देउवाले संसदीय दलको प्रमुख सचेतक बनाइसकेका छन् भने कार्कीलाई पटक पटक आफू सरकारमा हुँदा वा नहुँदा आफ्नो तर्फबाट महत्वपूर्ण जिम्मेवारी दिँदै आएका छन् ।

स्राेतका अनुसार  सहमहामन्त्रीमा भने देउवाले पौडेल पक्ष सहमतिमा आउँदा पौडेल पक्षकै एक जनालाई बनाउने तयारी गरेका छन् । यो अवस्थामा पूर्वबाट महेश आचार्य, मध्य क्षेत्रबाट नविन्द्रराज जोशी र पश्चिम क्षेत्रबाट दिलेन्द्र प्रसाद बडुमध्ये एक जनालाई सहमहामन्त्री बनाउने देउवाको तयारी छ ।

तर सहमति नभएको अवस्थामा देउवाले आफू निकट मानवहादुर विश्वकर्मा, डा प्रकाशशरण महतमध्ये एकलाई बनाउने तयारी गरेका छन् ।

(www.contentbeta.com)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Kc Ganesh

    पद ले भोकायको नेता लाई कुनै लाइत अग्लो ढुङगामा उभियायर तिमी अाज देखि काङरेस काे राजा भयौ भन्दिय खुसी हुने थिय बुडा हरु ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारस खड्का विजयी
बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारस खड्का विजयी
आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री
आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री
एक वर्षदेखि तलबविहीन अवस्थामा पढाउँदै शिक्षक
एक वर्षदेखि तलबविहीन अवस्थामा पढाउँदै शिक्षक
जानिराखाैं : कार्यालयभित्र कर्मचारीकाे कस्ताे व्यवहार हुनुपर्छ ?
जानिराखाैं : कार्यालयभित्र कर्मचारीकाे कस्ताे व्यवहार हुनुपर्छ ?
टी-ट्वान्टी क्रिकेट : नेपालद्वारा ओमान पराजित
टी-ट्वान्टी क्रिकेट : नेपालद्वारा ओमान पराजित
घोराही उपमहानगरद्वारा पत्रकार बुढाथोकी, गौतम र घर्ती सम्मानित र पुरस्कृत
घोराही उपमहानगरद्वारा पत्रकार बुढाथोकी, गौतम र घर्ती सम्मानित र पुरस्कृत
चिनियाँ राष्ट्रपति सीले भने : नेपालसँग राजनीतिक विश्वास बढिरहेको छ
चिनियाँ राष्ट्रपति सीले भने : नेपालसँग राजनीतिक विश्वास बढिरहेको छ
पूर्वराजा ज्ञानेन्द्र पूर्व–तराई ‘मिसन’ फेरि शुरु, हिन्दुराज्य र राजतन्त्र मुख्य एजेण्डा
पूर्वराजा ज्ञानेन्द्र पूर्व–तराई ‘मिसन’ फेरि शुरु, हिन्दुराज्य र राजतन्त्र मुख्य एजेण्डा
पर्सामा नयाँ उद्योग दर्ता घट्यो, गत वर्षमा एक हजार ८९ मात्र दर्ता
पर्सामा नयाँ उद्योग दर्ता घट्यो, गत वर्षमा एक हजार ८९ मात्र दर्ता
शरणार्थीहरूको सङ्ख्यामा भारी कटौती गर्ने अमेरिकी घोषणा
शरणार्थीहरूको सङ्ख्यामा भारी कटौती गर्ने अमेरिकी घोषणा

तपाईंले छुटाउनुभयो कि?