एक वर्षदेखि तलबविहीन अवस्थामा पढाउँदै शिक्षक

Abhiyanpost Abhiyanpost
|
सोमबार, भाद्र १९, २०७४
|
|
६३ पटक हेरिएको
Shares
एक वर्षदेखि तलबविहीन अवस्थामा पढाउँदै शिक्षक

सारांश

  • कञ्चनपुर, १९ भदौ ।
  • कञ्चनपुरको शुक्लाफाँटा–४ मा रहेको कालिका माध्यमिक विद्यालयलका निजी स्रोतमा कार्यरत शिक्षकले एक वर्षदेखि बिनातलब अध्यापन कार्य गर्दै आएका छन् ।
  • विद्यालयसँग आर्थिक अभाव हुँदा शिक्षकले तलब पाउन नसकेका हुन् ।

कञ्चनपुर, १९ भदौ । कञ्चनपुरको शुक्लाफाँटा–४ मा रहेको कालिका माध्यमिक विद्यालयलका निजी स्रोतमा कार्यरत शिक्षकले एक वर्षदेखि बिनातलब अध्यापन कार्य गर्दै आएका छन् ।

विद्यालयसँग आर्थिक अभाव हुँदा शिक्षकले तलब पाउन नसकेका हुन् । तलब नपाउनेमा आधारभूत तहका दुई, माध्यमिक तहका एक र एक जना परिचरलेसमेत तलब पाउन नसकेको विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर चन्दले बताउनुभयो ।

“निजी स्रोतका शिक्षकलाई मात्रै तलबवापत रु १० लाख तिर्न बाँकी छ”– उहाँले भन्नुभयो, “स्रोत कुनै छैन, कहाँबाट जुटाउने समस्यामा परेका छौँ ।” निजी स्रोतका शिक्षकलाई अवकाश दिइए दरबन्दी नहँुदा विद्यालयमा शिक्षकको अभावमा कक्षा नै प्रभावित हुने भएको उहाँले बताउनुभयो ।

निजी स्रोतका शिक्षकलाई तलब दिन मात्रै वार्षिकरुपमा रु १५ लाख आवश्यक पर्छ उहाँले भन्नुभयो, “आर्थिक सहयोग संकलन गरे पनि रु पाँच लाख जति मात्रै उठ्ने अनुमान छ ।” सहयोग रकमसमेत उठ्ने÷नउठने अन्योल छ ।

आधारभूत तहका शिक्षकले गत वर्षको मंसिरदेखि र माध्यमिक तहका शिक्षकले गत वर्षको साउनदेखि तलब नपाएको गुनासो गरेका छन् ।

विद्यालयमा आधारभूत तहमा छ जना र एक जना माध्यमिक तहमा गरी सात जना शिक्षक राहत दरबन्दीमा कार्यरत छन् । विद्यालयमा एक जना शिक्षकमात्रै स्थायी दरबन्दीमा कार्यरत रहेका छन् ।

भवन निर्माणकोसमेत रु तीन लाख तिर्न बाँकी रहेको प्रअ चन्दले बताउनुभयो । यसअघि विद्यालय परिसरमा रहेका रुख बेचेर निजी स्रोतमा कार्यरत शिक्षकको तलब व्यहोरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आवश्यकता र प्राथमिकताका आधारमा वैदेशिक ऋणः प्रधानमन्त्री
आवश्यकता र प्राथमिकताका आधारमा वैदेशिक ऋणः प्रधानमन्त्री
महासचिव गुटेरेसको आज उच्चस्तरीय भेटवार्ता
महासचिव गुटेरेसको आज उच्चस्तरीय भेटवार्ता
लगानी सम्मेलन उत्साह र उपलब्धिपूर्ण रह्यो : प्रधानमन्त्री
लगानी सम्मेलन उत्साह र उपलब्धिपूर्ण रह्यो : प्रधानमन्त्री
भ्लादिमिर पुटिन र सी जिन्पिङबीच भेट, युक्रेन मामिलालाई लिएर रुसी राष्ट्रपतिद्वारा चीनको प्रशंसा
भ्लादिमिर पुटिन र सी जिन्पिङबीच भेट, युक्रेन मामिलालाई लिएर रुसी राष्ट्रपतिद्वारा चीनको प्रशंसा
रुसले कोरोना भ्याक्सिनको क्लिनिकल परीक्षण सकेसँगै जनतालाई अक्टोबरमा खोप लगाउने
बेलडाँडीका महिलाअसारेका पात टिपेर तेल निकाल्दै
बेलडाँडीका महिलाअसारेका पात टिपेर तेल निकाल्दै
आज राति मृगशिरा उल्कावर्षा हुने
आज राति मृगशिरा उल्कावर्षा हुने
स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल प्रकाशित
स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल प्रकाशित
विवेकशील नेता उज्ज्वल थापाको स्वास्थ्य अवस्था जटिल,मृत्युको हल्ला Fake News
विवेकशील नेता उज्ज्वल थापाको स्वास्थ्य अवस्था जटिल,मृत्युको हल्ला Fake News
यस्तो अायो नेपालगञ्ज उपमहानगरपालिकाको पछिल्लो मत परिणाम
यस्तो अायो नेपालगञ्ज उपमहानगरपालिकाको पछिल्लो मत परिणाम

तपाईंले छुटाउनुभयो कि?