आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री

Abhiyanpost Abhiyanpost
|
शनिबार, आश्विन २६, २०८१
|
|
३८ पटक हेरिएको
Shares
आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपद्ले दिएको पीडाकाबीच आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउन अनुरोध गरेका छन्।
  • विजया दशमी २०८१ को अवसरमा उनले भिडियो सन्देशमार्फत देशभित्र तथा प्रवासमा रहेका सबै नेपालीलाई शुभकामना व्यक्त गर्दै विपद्अघिको अवस्थामा समाजलाई फर्काउन सरकारसँग ‘होस्टेमा हैसे’ मिलाउन सबैलाई आह्वान समेत गरे।

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपद्ले दिएको पीडाकाबीच आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउन अनुरोध गरेका छन्।

विजया दशमी २०८१ को अवसरमा उनले भिडियो सन्देशमार्फत देशभित्र तथा प्रवासमा रहेका सबै नेपालीलाई शुभकामना व्यक्त गर्दै विपद्अघिको अवस्थामा समाजलाई फर्काउन सरकारसँग ‘होस्टेमा हैसे’ मिलाउन सबैलाई आह्वान समेत गरे। “जो जहाँ छौ, पीडामा परेकाहरुको पीडा हराउनका लागि सहयोगी हातहरु बढाउन आग्रह गर्छु”, उनले भने।

प्रधानमन्त्री ओलीले विपद्को घडीमा यसपालीको दशैं टीका उल्लासपूर्ण हुन नसकेको समेत उल्लेख गरेका छन्।

“विपद्को घडीमा यतिबेला मेरो मन भारी भइरहेको छ। भारी मनकासाथ दशैंको उल्लासमा रमाउनुपर्ने बेला हाम्रो दिदीबहिनी तथा दाजुभाइ रमाउन नसकिरहेको अवस्था र म पनि रमाउन सकिरहेको छैन”, उनले भनेका छन्, “दशैंअघि आएको भीषण बाढी र पहिरोका कारणले निर्दोष बालबालिका र असक्त जेष्ठ नागरिकहरुले जीवन गुमाउनुपर्यो। कति घाइते हुनुभयो, धेरै जनधनको क्षति भयो।”

प्रधानमन्त्री ओलीले शुभकामना भडियो सन्देशमार्फत सरकार प्रकोपपछिको उद्धार, राहत र पुनःस्थापनामा केन्द्रित रहेको जानकारी दिँदै आश्वस्त रहन आग्रह गरे। “प्रकोपले किसानको अन्नबालि नोक्सान भएको छ, त्यसको मूल्यांकन गरेर क्षतिपूर्ति उपलब्ध गराउछौं। भत्किएका घरहरु पुनःनिर्माण गरी हस्तान्तरण गर्नेछौं। यसप्रति आश्वस्त रहँदै, सबैलाई दशैं मनाउन र मिल्नेहरुले टीका लगाउन म आग्रह गर्न चाहन्छु।”

उनले आफू नेतृत्वको सरकार जिम्मेवारीप्रति सचेत रहेको उल्लेख गर्दै प्रकोप प्रभावितलाई धैर्य धारण गर्न आग्रह समेत गरे। “सरकारको नेतृत्व गरिरहेका हुनाले मेरो काँधमा थप जिम्मेवारी छ”, प्रधानमन्त्री ओलीले भने, “उहाँहरुको आशु पुछ्ने, उहाँहरुको घाउमा मलहम लगाउने, पीडितलाई राहत दिने, पुनःनिर्माणको काम यथाशीघ्र सम्पन्न गर्ने, चाडपर्वमा आवातजावतलाई सहज र सुगम बनाउने समेत उत्तरदायित्वमा लागिरहेको घडीमा सबैलाई धैर्य धारण गर्न पनि आग्रह गर्दछु।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साउदी अरब जाने कामदारको तलब ३९ हजार
निर्मला हत्या प्रकरणः आठ प्रहरीलाई पक्राउ गरी मुद्दा चलाउन प्रहरी प्रधान कार्यालयको निर्देशन
निर्मला हत्या प्रकरणः आठ प्रहरीलाई पक्राउ गरी मुद्दा चलाउन प्रहरी प्रधान कार्यालयको निर्देशन
बालकुमारी घटना : मृतकको परिवारलाई जनही १०/१० लाख रुपैयाँ दिने सरकारको निर्णय
बालकुमारी घटना : मृतकको परिवारलाई जनही १०/१० लाख रुपैयाँ दिने सरकारको निर्णय
तनहुँका स्थानीय तहबाटै श्रम स्वीकृति सुरु
तनहुँका स्थानीय तहबाटै श्रम स्वीकृति सुरु
प्रदेश नं ४ मा प्रदेशसभाको बैठक माघ २२ गते बस्ने तयारी
प्रदेश नं ४ मा प्रदेशसभाको बैठक माघ २२ गते बस्ने तयारी
कसले गर्यो काँक्रेविहारमा तोडफोड ?
कसले गर्यो काँक्रेविहारमा तोडफोड ?
उत्तर कोरियाको क्षेप्यास्त्र जापानी आकाशमा,जापानी नागरिक आतंकित/
उत्तर कोरियाको क्षेप्यास्त्र जापानी आकाशमा,जापानी नागरिक आतंकित/
बक्यौता भुक्तानीको जिम्मा स्मार्ट टेलिकमको : दूरसञ्चार प्राधिकरण
बक्यौता भुक्तानीको जिम्मा स्मार्ट टेलिकमको : दूरसञ्चार प्राधिकरण
खाद्य विज्ञान तथा प्रविधिको विकास सम्बर्द्धन र समुचित प्रयोगद्वारा मानव समुदायको हित गर्न सकिन्छ :अध्यक्ष उपाध्याय
खाद्य विज्ञान तथा प्रविधिको विकास सम्बर्द्धन र समुचित प्रयोगद्वारा मानव समुदायको हित गर्न सकिन्छ :अध्यक्ष उपाध्याय
सर्लाहीको चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या
सर्लाहीको चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या

तपाईंले छुटाउनुभयो कि?