एकतामा ढिलाइ गर्नै हुन्न : अध्यक्ष दाहाल

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, बैशाख २१, २०७५
|
|
४० पटक हेरिएको
Shares
एकतामा ढिलाइ गर्नै हुन्न : अध्यक्ष दाहाल

सारांश

  • काठमाडौँ, २१ वैशाख , नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट पार्टीहरुको एकतामा ढिलाइ गर्न नहुने बताउनुभएको छ ।
  • ‘कार्ल माक्र्स जन्म द्विशतवार्षिकी समारोह समिति’ ले आज यहाँ आयोजना गरेको ‘आजको माक्र्सवाद, लोकतन्त्र, समृद्धि र समाजवाद’ विषयक राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै उहाँले नेकपा (एमाले) सँगको एकता केही दिनभित्रमा नै हुने बताउनुभयो ।
  • अध्यक्ष दाहालले यसमा ढिलाइ भए मुलुक पुनः अराजकता र असफलताको भूमरीमा फस्ने बताउँदै कतिपय विदेशी वुद्धिजीवीले नेपाल राष्ट्र नै असफल हुनसक्छ भनी गर्ने गरेका विश्लेषणलाई गलत सावित गर्न एकता गरेर आफूहरुले विश्वलाई नयाँ सन्देश दिने खोजेको छ भन्नुभयो ।

काठमाडौँ, २१ वैशाख , नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट पार्टीहरुको एकतामा ढिलाइ गर्न नहुने बताउनुभएको छ ।

‘कार्ल माक्र्स जन्म द्विशतवार्षिकी समारोह समिति’ ले आज यहाँ आयोजना गरेको ‘आजको माक्र्सवाद, लोकतन्त्र, समृद्धि र समाजवाद’ विषयक राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै उहाँले नेकपा (एमाले) सँगको एकता केही दिनभित्रमा नै हुने बताउनुभयो ।

अध्यक्ष दाहालले यसमा ढिलाइ भए मुलुक पुनः अराजकता र असफलताको भूमरीमा फस्ने बताउँदै कतिपय विदेशी वुद्धिजीवीले नेपाल राष्ट्र नै असफल हुनसक्छ भनी गर्ने गरेका विश्लेषणलाई गलत सावित गर्न एकता गरेर आफूहरुले विश्वलाई नयाँ सन्देश दिने खोजेको छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “पार्टी एकतापछि नेपाल राष्ट्र झन् शक्तिशाली भएर समृद्धिको यात्रामा अगाडि बढ्नेछ, हामी एमाले र माओवादी केन्द्र विघटन गरेर नयाँ पार्टी निर्माणको चरणमा छौँ, पुरानो आग्रह र पूर्वाग्रहबाट मुक्त भई नयाँमा रुपान्तरण हुन आवश्यक छ ।”

अध्यक्ष दाहालले एमालेसँगको एकतामा एकाध बाहेक सबै कम्युनिष्ट केन्द्रित हुन आइपुग्ने अवस्था आउने पनि बताउनुभयो ।

एमालेका वरिष्ठ नेता झलनाथ खनालले उपभोक्तावादी चिन्तन र बुर्जुवा संस्कृतिलाई अन्त्य गर्दै समाजवादको आधारशीला खडा गर्न कम्युनिष्ट एकीकृत हुनुको विकल्प नभएको बताउनुभयो ।

एमालेका नेता माधवकुमार नेपालले शान्तिपूर्ण रुपान्तरण र समाजवाद उन्मुख प्रणालीमार्फत् समृद्धि हासिल गर्ने विचार, मूल्य, मान्यता र सिद्धान्तमा कुनै विवाद नभएकाले एकतामा अवरोध नआउने धारणा व्यक्त गर्नुभयो ।

एमालेका उपाध्यक्ष वामदेव गौतमले नेपालमा आजको माक्र्सवादको सम्मान नै पार्टी एकता हो भन्नुभयो ।

समितिका अध्यक्ष एवं एमालेका उपमहासचिव घनश्याम भुषालले दुई दिनसम्म चल्ने गोष्ठीमा माक्र्सवाद, लोकतन्त्र, समृद्धि र समाजवादबारे विषय विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने जानकारी दिनुभयो । उहाँले १० हजार युवालाई माक्र्सवादबारे प्रशिक्षण दिने तयारी भएको पनि बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज शनिबारको राशिफल यस्तो छ
आज शनिबारको राशिफल यस्तो छ
बिहीबार कस्तो छ तपाईंको राशिफल?
बिहीबार कस्तो छ तपाईंको राशिफल?
नारायणगढ-मुग्लिन सडकमा ओभरटेकको होडबाजीले दुर्घटना: ३० जना घाइते, नियम मिच्ने चालकलाई कारबाही गर्ने प्रशासनको चेतावनी
नारायणगढ-मुग्लिन सडकमा ओभरटेकको होडबाजीले दुर्घटना: ३० जना घाइते, नियम मिच्ने चालकलाई कारबाही गर्ने प्रशासनको चेतावनी
मोटरसाइकल दुर्घटनामा मृत्यु
मोटरसाइकल दुर्घटनामा मृत्यु
डा.उपेन्द्र देवकोटाको स्वास्थ्य स्थिति गम्भीर, सघन उपचार चल्दै, फोटो सहित…
डा.उपेन्द्र देवकोटाको स्वास्थ्य स्थिति गम्भीर, सघन उपचार चल्दै, फोटो सहित…
अलैची व्यवसायीको पीडाः बजार मूल्यभन्दा भन्सार दोब्बर
अलैची व्यवसायीको पीडाः बजार मूल्यभन्दा भन्सार दोब्बर
एक सय घर बनाउन अनुदान
एक सय घर बनाउन अनुदान
कोशी प्रदेश सरकारमा तीन मन्त्रीद्वारा शपथ
कोशी प्रदेश सरकारमा तीन मन्त्रीद्वारा शपथ
सरकारले देश विकास गर्ने सङ्कल्प गरेको छ , त्यो पूरा गर्छ’   सूचनासञ्चार तथा  प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा.
सरकारले देश विकास गर्ने सङ्कल्प गरेको छ , त्यो पूरा गर्छ’ सूचनासञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा.
नवराज सिलवाल पक्राउ गर्ने, तत्काल पक्राउ गर्न प्रहरी प्रमुख अर्यालको निर्देशन ललितपुर प्रहरीलाई

तपाईंले छुटाउनुभयो कि?