विश्वकप इतिहास : जुत्ता र बुट लगाउन नसक्दा भारत ले विश्वकप नै छाड्यो !
सारांश
- अस्बिन खड्का २२ जेठ ।
- हामीलाई अचम्म लाग्न सक्छ कि भारत पनि विश्वकपमा छनोट भएको थियो भनेर !
- तर यो कुरा सही हो ,विश्वकप फुटबल १२ वर्षसम्म दोस्रो विश्वयुद्धका कारण आयोजना हुन सकेको थिएन।
अस्बिन खड्का २२ जेठ । हामीलाई अचम्म लाग्न सक्छ कि भारत पनि विश्वकपमा छनोट भएको थियो भनेर ! तर यो कुरा सही हो ,विश्वकप फुटबल १२ वर्षसम्म दोस्रो विश्वयुद्धका कारण आयोजना हुन सकेको थिएन।
विश्वयुद्धको समाप्तिपछि सन् १९५० मा ब्राजिल ले आयोजना गर्ने भएपछी फेरी विश्वकप हुने भयो । चौथो विश्वकपले फुटबलको ठूलो महत्व बोकेको थियो।
प्रतियोगितामा ब्रिटिस च्याम्पियनसिपमा पहिलो र दोस्रो स्थान हात पार्ने टिमहरु विश्वकपका लागि छनोट हुने घोषणा फिफाले गरि सकेको थियो । पहिलो स्थानमा अएको इङल्याण्ड ले प्रतियोगितामा सहभागिता जनाएपनि दोस्रो स्थानको स्कटल्याण्ड प्रतियोगितामा सहभागि भएन।
प्रतियोगितामा आयोजक ब्राजिल, युगोस्लोभाकिया, स्विटजरल्यान्ड, मेक्सिको, स्पेन, इंग्ल्याण्ड, चिली, अमेरिका, स्विडेन, इटाली, पाराग्वे, उरुग्वे,स्कटल्याण्ड, भारत र टर्की बोलिभियाको सहभागिता रहेको थियो ।
भारत विश्वकपमा छनोट हुने पहिलो र अहिलेसम्मकै एकमात्र दक्षिण एशियाली राष्ट्र बन्यो तर बिडम्बना फिफा ले तोकेको मापदण्ड अनुसारको जुत्ता र बुट लगाउन नसक्दा बरु भारत ले विश्वकप नै छाड्यो। सानो भुलबस सो प्रतियोगिता गुमाएको भारत ले खेल मा भाग नलिएपनि उसले १९५० को विश्वकपमा छनौट भयको प्रमाणित गरेको छ ।
सो विश्वकप को फाईनल मा उरुग्वे र ब्राजिल भिडेका थिए भने उपाधि चै उरुग्वे ले जितेको थियो ।आजकल पनि भन्ने गरीन्छ कि बुट नभयर भारत ले विश्वकपमा खेल्न पायन।।
प्रतिक्रिया