व्यापार घाटा कम गर्न सरकारले स्वदेशी उत्पादनको निर्यातमा अनुदान बढायो

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, पौष १३, २०७५
|
|
५३ पटक हेरिएको
Shares
व्यापार घाटा कम गर्न सरकारले स्वदेशी उत्पादनको निर्यातमा अनुदान बढायो

सारांश

  • काठमाडौं, १३ पुस ।
  • सरकारले व्यापार घाटा कम गर्न निर्यातजन्य वस्तुहरु उत्पादन गर्ने उद्योगहरुलाई दिदै आएको अनुदान बढाएको छ ।
  • नगद अनुदान कार्यविधी संशोधन गरि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्यातजन्य उद्योगलाई प्रोत्साहन गर्ने प्रयास गरेको छ ।

काठमाडौं, १३ पुस । सरकारले व्यापार घाटा कम गर्न निर्यातजन्य वस्तुहरु उत्पादन गर्ने उद्योगहरुलाई दिदै आएको अनुदान बढाएको छ । नगद अनुदान कार्यविधी संशोधन गरि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्यातजन्य उद्योगलाई प्रोत्साहन गर्ने प्रयास गरेको छ ।

निर्यातमा नगद प्रोत्साहन सम्बन्धि कार्यविधि २०७० खारेज गरि नयाँ कार्यविधि लागु गरेको हो । स्वदेशी उत्पादनलाई बृद्धिगरि निर्यात बढाउने रणनीति अनुसार नगद अनुदान बढाएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको भनाई छ । नयाँ कार्यविधि अनुसार औद्योगिक उत्पादनलाई दुई भागमा विभाजन गरिएको छ । जसमध्ये १५ किसिमका उत्पादले कुल निर्यातको ५ प्रतिशत र ११ वटा उत्पादनले ३ प्रतिशत अनुदान पाउने छन् ।

पाँच प्रतिशत अनुदान पाउने उत्पादनहरु :
प्रशोधित चिया, कफी, हस्तकला र काष्ठकलाका वस्तु, प्रशोधित छाला र उत्पादनहरु, हाते कागज र त्यसका सामानहरु, प्रशोधित जडिबुटी, प्रशोधित पत्थर तथा गरगहना, अल्लोबाट उत्पादित सामानहरु, मिनरल वाटर, बेसार, तरकारी, पुष्प, मह, अलैची, अदुवा लगायतका उत्पादनमा ५ प्रतिशत नगद अनुदान उपलब्ध हुने छ ।

तीन प्रतिशत अनुदान पाउने उत्पादनहरु :
स्वदेशमा उतपादित कपडा, तयारी पोशाक, गलैचा र उनीको सामान, पश्मिनाका सामानहरु, जुट तथा जुटका उत्पादनहरु, सुन,चाँदीका गरगहना, अर्धप्रशोधित छाला, औषधि, उनीजन्य वस्तुहरु, पोलिस्टर-कटन यार्न, र तामाका भाडा तथा सामानमा तीन प्रतिशत नगद अनुदान उपलब्ध हुने छ ।

पुरानो कार्यविधिमा १० किसिमका उत्पादनमा २ प्रतिशत र १५ वटा वस्तुमा १ प्रतिशत अनुदान दिने व्यवस्था थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त
१ सय ३० क्षेत्रको मतगणना चल्दै, जित र अग्रतामा एमालेको बर्चश्व
१ सय ३० क्षेत्रको मतगणना चल्दै, जित र अग्रतामा एमालेको बर्चश्व
वीरगञ्ज नाकाबाट एक वर्षमा एक हजार नौ सय ६३ विदेशी पर्यटक भित्रिए
वीरगञ्ज नाकाबाट एक वर्षमा एक हजार नौ सय ६३ विदेशी पर्यटक भित्रिए
कैदीबन्दी मृत्यु प्रकरण : सुरक्षा इञ्चार्जसहित १० प्रहरी र कैदीमाथि अनुसन्धान सुरु
कैदीबन्दी मृत्यु प्रकरण : सुरक्षा इञ्चार्जसहित १० प्रहरी र कैदीमाथि अनुसन्धान सुरु
सशस्त्र प्रहरीका डिआइजी गोप्यरुपमा भारतीय दुतावास गएपछि कारवाहीको तयारी
सशस्त्र प्रहरीका डिआइजी गोप्यरुपमा भारतीय दुतावास गएपछि कारवाहीको तयारी
सोमलालको राजीनामापछि को बन्दैछन् नयाँ मुख्यसचिव ?
सोमलालको राजीनामापछि को बन्दैछन् नयाँ मुख्यसचिव ?
प्रहरी हिरासतका चार बिरामी
प्रहरी हिरासतका चार बिरामी
कामु प्रधानन्यायाधिशले प्रचण्डलाई भेट्नुभएकाे हाे: मन्त्री  तामाङ
कामु प्रधानन्यायाधिशले प्रचण्डलाई भेट्नुभएकाे हाे: मन्त्री तामाङ
मुना खत्री : जसले अन्तरर्रा्ष्ट्रिय मानव तस्करको जालो तोडिन्
मुना खत्री : जसले अन्तरर्रा्ष्ट्रिय मानव तस्करको जालो तोडिन्
पूर्वराजदूत झाको थापाथलीस्थित घरभित्रै हत्या,अनुसन्धान सुरु
पूर्वराजदूत झाको थापाथलीस्थित घरभित्रै हत्या,अनुसन्धान सुरु

तपाईंले छुटाउनुभयो कि?