कामु प्रधानन्यायाधिशले प्रचण्डलाई भेट्नुभएकाे हाे: मन्त्री तामाङ

Abhiyanpost Abhiyanpost
|
बिहिबार, बैशाख १३, २०७५
|
|
५० पटक हेरिएको
Shares
कामु प्रधानन्यायाधिशले प्रचण्डलाई भेट्नुभएकाे हाे: मन्त्री  तामाङ

सारांश

  • वैशाख १३, काठमाण्डौ ।
  • कामु प्रधानन्यायाधिश दिपकराज जोशी नेताहरुको घरदैलोमा गएको भन्ने आरोपको खण्डन गर्दै कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले सामान्य भेटघाट र चियापानलाई अन्यथा सोच्न नहुने बताएका छन् ।
  • नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा  कुरा गर्दै मन्त्री तामाङले जोशीको भेटघाटलाई राजनीतिक रुपमा नबुझ्न आग्रह गरे ।

वैशाख १३, काठमाण्डौ । कामु प्रधानन्यायाधिश दिपकराज जोशी नेताहरुको घरदैलोमा गएको भन्ने आरोपको खण्डन गर्दै कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले सामान्य भेटघाट र चियापानलाई अन्यथा सोच्न नहुने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा  कुरा गर्दै मन्त्री तामाङले जोशीको भेटघाटलाई राजनीतिक रुपमा नबुझ्न आग्रह गरे ।

जोशीले प्रचण्डलाई भेटेर राजनीतिक लबिङ गरेको भन्ने आरोप अस्विकार गर्दै मन्त्री तामाङले भने, “जोशीले प्रचण्डलाई भेटेको कुनै नियुक्ति वा कामका लागि आग्रह गर्नका लागि होइन । सामान्य चियापान मात्रै हुन सक्छ ।”

बाहिर प्रचार गरिएजस्तो नकारात्मक पक्ष केही पनि नरहेको उनको दाबी छ । न्यायालयले स्वतन्त्र र निष्पक्ष भएर काम गर्नुपर्नेमा दुईमत नभएको बताउँदै उनले सामान्य भेटघाटलाई राजीतिक हस्तक्षेपका रुपमा लिन नहुने मन्त्रीले बताए ।

“शक्ति पृथकीकरणको सिद्धान्तअनुसार राज्यका सबै अंगहरु जिम्मेवारीपूर्ण तरिकाले चल्नुपर्छ । कसले कसलाई भेट्यो भन्ने कुराले कुनै अर्थ राख्दैन ।” उनले भने ।

लोकतान्त्रिक व्यवस्थामा कुनै संस्थाका व्यक्तिले कसैलाई भेट्नै हुँदैन भन्ने खालको सोच राख्न नहुने मन्त्रीको तर्क छ ।

तामाङले अब बस्ने संसद बैठकले आवश्यक कानुन निर्माणको प्रक्रिया सुरु गर्ने बताएका छन् ।

मन्त्री तामाङले सम्बन्धित कानुनहरुको मस्यौदा सम्बन्धित मन्त्रालयहरुले बनाइरहेको जानकारी दिदै संसद बैठक बसेपछि छलफलमा लगिने बताए ।

संविधानअनुसार असोज ३ गतेभित्र आवश्यक सबै कानुन बनाउनुपर्ने भएकाले सरकार सोहीअनुसार अगाडि बढेको उनको दाबी छ ।

अहिलेका लागि प्रदेश सरकारलाई नमुना कानुन बनाएर दिइएको बताउँदै उनले सोही नुमना कानुनको आधारमा प्रदेश सरकारले आ–आफ्नो कानुन बनाइरहेको जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालुवाटार यसरी भयो व्यक्तिको
बालुवाटार यसरी भयो व्यक्तिको
पुर्ब प्रम भट्टराईको हिन्दु धर्म प्रतिको अभिव्यक्ति आपत्तिजनकः कमल थापा
पुर्ब प्रम भट्टराईको हिन्दु धर्म प्रतिको अभिव्यक्ति आपत्तिजनकः कमल थापा
आज गरुपूर्णिमा, कस्तो छ  तपाईंको राशिफल?
आज गरुपूर्णिमा, कस्तो छ तपाईंको राशिफल?
दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन भारत भ्रमण सफलः अध्यक्ष दाहाल
दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन भारत भ्रमण सफलः अध्यक्ष दाहाल
आकासेपुल भत्किदाँ छ जनाको मृत्यु
आकासेपुल भत्किदाँ छ जनाको मृत्यु
कोरोना संक्रमणको जोखिम बढ्यो, मतदानकाे दिन कोरोनाविरुद्धको खोप सञ्चालन नहुने
बिएण्डसी हस्पिटलमा मापदण्ड पुरा, ५० शय्यामा आइसियु सेवा विस्तार
बिएण्डसी हस्पिटलमा मापदण्ड पुरा, ५० शय्यामा आइसियु सेवा विस्तार
‘कार्यालयमा मेरो होइन, आफ्ना छोराछोरीको तस्वीर राख्नुहोस्, निर्णयगर्दा उनीहरुको अनुहार सम्झिनुहोस,
‘कार्यालयमा मेरो होइन, आफ्ना छोराछोरीको तस्वीर राख्नुहोस्, निर्णयगर्दा उनीहरुको अनुहार सम्झिनुहोस,
विद्यालय भवन बनाउने सम्झौता
विद्यालय भवन बनाउने सम्झौता
सात घण्टासम्म थुनिएको बडीगाड बल्ल बग्न थाल्यो
सात घण्टासम्म थुनिएको बडीगाड बल्ल बग्न थाल्यो

तपाईंले छुटाउनुभयो कि?