राष्ट्रिय सभामा काँग्रेस छ सिटमा सिमित

Abhiyanpost Abhiyanpost
|
मंगलबार, फाल्गुन २०, २०७६
|
|
५३ पटक हेरिएको
Shares
राष्ट्रिय सभामा काँग्रेस छ सिटमा सिमित

सारांश

  • काठमाडौँ, २० फागुन।
  • राष्ट्रिय सभाको ५९ सांसदमध्ये १९ जनाको दुई वर्षे कार्यकाल आजबाट सकिँदैछ ।
  • राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन अनुसार १८ जना माघ १० मा निर्वा्चित भइसकेका छन् भने एक जना सरकारको सिफरिसमा राष्ट्रपतिबाट मनोनित हुन बाँकि छ ।

काठमाडौँ, २० फागुन। राष्ट्रिय सभाको ५९ सांसदमध्ये १९ जनाको दुई वर्षे कार्यकाल आजबाट सकिँदैछ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन अनुसार १८ जना माघ १० मा निर्वा्चित भइसकेका छन् भने एक जना सरकारको सिफरिसमा राष्ट्रपतिबाट मनोनित हुन बाँकि छ ।

राष्ट्रिय सभामा पहिलोपटक ५६ जना सदस्यको नै निर्वाचन भएको थियो । कूल ५९ मध्ये तीन सदस्य राष्ट्रपतिले मनोनित गर्नुभएको थियो । राष्ट्रिय सभा सदस्य चयन विधि अनुसार क्लस्टर विभाजन गरी २०७५ असारमा कार्यकाल विभाजनका लागि गोलाप्रथा गरिएको थियो । जसमध्ये २० जनाको कार्यकाल आजबाट सकिँदैछ ।

पहिलो पटकको गोला प्रथामा दुई वर्षे कार्यकालका लागि १९, चार र ६ वर्षे कार्यकालका लागि क्रमशः २० र २० जना सदस्य चयन भएका थिए । आजबाट दुई वर्षे कार्यकाल पूरा गर्नेमा नेकपाका नौ जना, नेपाली कांग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एकजना सांसद रहेका छन् ।

माघ १० मा भएको निर्वाचनमा एक सिट पनि जित्न नसकेको कांग्रेस १३ सिटबाट ६ सिटमा समिति भएको छ ।

कार्यकाल सकिनेहरु
आजदेखि कार्यकाल सकिनेमा कांग्रेस सांसद सुरेन्द्रराज पाण्डे, सरिता प्रसाई, विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रसाद उपाध्याय र धनकुमारी खतिवडा रहेका छन् ।

नेकपाबाट डा. युवराज खतिवडा, हरिचरण शिवाकोटी, बलराम बास्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपालीको कार्यकाल सकिँदैछ । राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव तथा समाजवादीका रामप्रित पासवानको कार्यकाल सकिएर घर फर्कँदै छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालमै खुल्यो टिभी कारखाना, सामसुङले गर्यो सम्झौता
नेपालमै खुल्यो टिभी कारखाना, सामसुङले गर्यो सम्झौता
काग्रेसका केन्द्रीय सदस्य कोइराला सहित ७४ जना पार्टीबाट निष्काशित
काग्रेसका केन्द्रीय सदस्य कोइराला सहित ७४ जना पार्टीबाट निष्काशित
गाउँपालिका, नगरपालिकाले फोन मार्फत सुन्न सकिनेगरी ‘अडियो नोटिस बोर्ड’ राख्नुपर्ने
गाउँपालिका, नगरपालिकाले फोन मार्फत सुन्न सकिनेगरी ‘अडियो नोटिस बोर्ड’ राख्नुपर्ने
कोराेना महामारीमा खटिएका स्वास्थ्यकर्मीको व्यवस्थापन
कोराेना महामारीमा खटिएका स्वास्थ्यकर्मीको व्यवस्थापन
चालु खर्च घटाउनु सुशासन र विकासको अनिवार्य सर्त: मुख्यमन्त्री अधिकारी
चालु खर्च घटाउनु सुशासन र विकासको अनिवार्य सर्त: मुख्यमन्त्री अधिकारी
प्रधानन्यायाधीशको जिम्मेवारी पाएका श्रेष्ठले सम्हाले कार्यभार
प्रधानन्यायाधीशको जिम्मेवारी पाएका श्रेष्ठले सम्हाले कार्यभार
रेभेलविरुद्ध पिएसजीको ९ गोल, एम्बाप्पेको ह्याट्रिक
रेभेलविरुद्ध पिएसजीको ९ गोल, एम्बाप्पेको ह्याट्रिक
म युवालाईं पैसा कमाउन सिकाउँछु, चुनाव जित्न पैसा बाँड्दिन : मेयरका स्वतन्त्र उम्मेदवार कृष्णहरि बुढाथोकी
म युवालाईं पैसा कमाउन सिकाउँछु, चुनाव जित्न पैसा बाँड्दिन : मेयरका स्वतन्त्र उम्मेदवार कृष्णहरि बुढाथोकी
झापाको गौरादह नगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार विजयी
झापाको गौरादह नगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार विजयी
नेपालगन्ज ५ नम्बर प्रदेशको आर्थिक हब : शंकर पोख्रेल
नेपालगन्ज ५ नम्बर प्रदेशको आर्थिक हब : शंकर पोख्रेल

तपाईंले छुटाउनुभयो कि?