रेशम चौधरीलाई आममाफी दिने प्रस्ताव राष्ट्रपतिद्वारा फिर्ता

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, जेठ १२, २०८०
|
|
५५ पटक हेरिएको
Shares
रेशम चौधरीलाई आममाफी दिने प्रस्ताव राष्ट्रपतिद्वारा फिर्ता

सारांश

  • काठमाडौं ।
  • टीकापुर घटनामा दोषी ठहर भई जेल सजाय भोगिरहेका रेशम चौधरीलाई आममाफी दिने सरकारको प्रस्तावलाई राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता पठाएका छन् ।
  • सातजना सुरक्षाकर्मी र एक बालकको ज्यान जानेगरी भएको टीकापुर घटनामा दोषी ठहर भइ जन्मकैदको सजाय भुक्तान गरिरहेका चौधरीलाई गणतन्त्र दिवसका अवसरमा आममाफी दिन सरकारले राष्ट्रपतिसमक्ष प्रस्ताव गरेको थियो ।

काठमाडौं । टीकापुर घटनामा दोषी ठहर भई जेल सजाय भोगिरहेका रेशम चौधरीलाई आममाफी दिने सरकारको प्रस्तावलाई राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता पठाएका छन् ।

सातजना सुरक्षाकर्मी र एक बालकको ज्यान जानेगरी भएको टीकापुर घटनामा दोषी ठहर भइ जन्मकैदको सजाय भुक्तान गरिरहेका चौधरीलाई गणतन्त्र दिवसका अवसरमा आममाफी दिन सरकारले राष्ट्रपतिसमक्ष प्रस्ताव गरेको थियो ।

उक्त पत्र फिर्ता गर्दै राष्ट्रपति पौडेलले प्रचलिन कानुन र स्थापित सिद्धान्त विरुद्ध नजान सुझाव दिएका छन् ।

सरकारले सर्वोच्च अदालतबाट अन्तिम फैसला हुँदा जन्म कैद सदर भएलगत्तै रेशमलाई आम माफी दिने प्रस्तावसहितको पत्र राष्ट्रपति कार्यालय पठाएको थियो । उक्त पत्र राष्ट्रपतिले सुझावसहित फिर्ता पठाएका हुन् ।

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?