लोप हुँदै नौमती बाजा

Abhiyanpost Abhiyanpost
|
सोमबार, मंसिर ९, २०७६
|
|
५६ पटक हेरिएको
Shares
लोप हुँदै नौमती बाजा

सारांश

  • ः नेपाली लोकसंस्कृति झल्किने सुदूरपश्चिम प्रदेशको ख्यातिप्राप्त नौमती बाजा लोप हुने खतरामा परेको छ ।
  • आधुनिकतासँगै अन्य बाजाको प्रभाव र परम्परागत रुपमा बाजा बजाउनेको पेशालाई संरक्षण गर्न नसकिँदा अहिले यो बाजा लोप हुने अवस्थामा पुगेको स्थानीयवासी बताउँछन् ।
  • दुई दमाहा, दुई टयाम्को, नरसिंहा, सनाई, मजुरा, झ्यालिसँगै राखेर बाजाहरु मिलाएर कम्तीमा पनि १०÷११ जनाको समूहले बजाउने बाजाहरु विगतको जस्तो अहिले विरलै देख्न र सुन्न पाइन्छ ।

ः नेपाली लोकसंस्कृति झल्किने सुदूरपश्चिम प्रदेशको ख्यातिप्राप्त नौमती बाजा लोप हुने खतरामा परेको छ । आधुनिकतासँगै अन्य बाजाको प्रभाव र परम्परागत रुपमा बाजा बजाउनेको पेशालाई संरक्षण गर्न नसकिँदा अहिले यो बाजा लोप हुने अवस्थामा पुगेको स्थानीयवासी बताउँछन् ।

दुई दमाहा, दुई टयाम्को, नरसिंहा, सनाई, मजुरा, झ्यालिसँगै राखेर बाजाहरु मिलाएर कम्तीमा पनि १०÷११ जनाको समूहले बजाउने बाजाहरु विगतको जस्तो अहिले विरलै देख्न र सुन्न पाइन्छ । एकै किसिमका पोसाक लगाएर बाजाको तालसँगै लामबद्ध तरिकाले नाचिने हुनाले सुदूरपश्चिम प्रदेशमा यो बाजाको रौनक तथा नाच निकै रमाइलो मानिन्छ । यो बाजा बजाउने समूहमा एकजना मुख्य नाइके हुन्छन् भने अन्य दश जना सहयोगीका रुपमा रहन्छन् ।

नौमती बाजालाई यहाँको प्रदेशमा पञ्चेबाजासमेत भन्ने गरिन्छ । बाजा लोप हुँदै जान थाले पनि बाजा संरक्षणमा कसैले पनि पहल नगरेको जोरायल गाउँपालिका–५ गड्सेराका स्थानीय तथा पञ्चेबाजा बजाउनमा पोख्त धनीराम नेपालीले बताउनुभयो । विगतमा कुनै शुभसाइतमा यो बाजा खोज्ने गरिन्थ्यो तर अहिले यो प्रचलन हराएका कारण संस्कृति नै लोप हुने खतरा बढेको शिखर नगरपालिका–१ गुठेउडीका नौमती बाजा बजाउने अर्का स्थानीयवासी हरि दमाईंले बताउनुभयो ।

नौमती बाजा लोप हुँदै जान थालेपछि यी बाजा बजाउनेहरु पनि अन्य आधुनिक बाजा बजाउने तथा नयाँ पेशालाई अँगाल्न थालेको स्थानीय बूढापाकाहरु बताउँछन् । दिपायल सिलगढी नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्रबहादुर खड्काले पुरानो चिनारीका रुपमा रहेको बाजा लोप हुन थालेकाले यसको संरक्षण गर्नुपर्ने बताउनुभयो ।

बजारमा भित्रिएका आधुनिक बाजा तथा संस्कृतिका कारण अहिलेका पुस्ताले पञ्चे तथा नौमती बाजा अँगाल्न नखोज्दा यसले प्राथमिकता नपाएको हो । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरु बैतडी, डडेल्धुरा, अछाम, बझाङ, दार्चुला, बाजुरा र डोटीका गाउँघरमा पहिला पहिला बजाइने यो बाजा आधुनिक बाजा भित्रिएपछि लोप हुने खतरामा परेको हो ।
–––

(Ativan)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भोली प्रचण्ड र ओलीबीच अन्तिम निर्णायक वार्ता
भोली प्रचण्ड र ओलीबीच अन्तिम निर्णायक वार्ता
कञ्चनपुर की निर्मला हत्याको बारेमा कञ्चनपुर प्रहरीले किन दियाे गृहमन्त्रीलाई  झुटो सूचना ?
कञ्चनपुर की निर्मला हत्याको बारेमा कञ्चनपुर प्रहरीले किन दियाे गृहमन्त्रीलाई झुटो सूचना ?
पुरानै स्वरुपमा फर्कियो सौराहा
पुरानै स्वरुपमा फर्कियो सौराहा
राजपा सहभागी नभए पनि असोज २ को चुनाव हुन्छः प्रधानमन्त्री
राजपा सहभागी नभए पनि असोज २ को चुनाव हुन्छः प्रधानमन्त्री
हिरोइन नेहा शर्माको सेल्फीमा देखियो ‘सेक्स टोय’
हिरोइन नेहा शर्माको सेल्फीमा देखियो ‘सेक्स टोय’
राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन प्रस्तुत, प्रधानमन्त्री भन्छन्- सुरक्षा चुनौतीबाट खतरा छैन
राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन प्रस्तुत, प्रधानमन्त्री भन्छन्- सुरक्षा चुनौतीबाट खतरा छैन
सांसद सुरेन्द्र यादव अपहरण आरोपमा आङकाजी शेर्पा र डा.बाबुराम भट्टराई विरुद्ध उजुरी
सांसद सुरेन्द्र यादव अपहरण आरोपमा आङकाजी शेर्पा र डा.बाबुराम भट्टराई विरुद्ध उजुरी
नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली नजाने
मन्त्रिपरिषद्को बैठकः कोरोना संक्रमण फैलिएको क्षेत्रमा विद्यालय बन्द गर्नेबारे निर्णय आउनसक्ने
मन्त्रिपरिषद्को बैठकः कोरोना संक्रमण फैलिएको क्षेत्रमा विद्यालय बन्द गर्नेबारे निर्णय आउनसक्ने
एमालेको चुनावी घोषणापत्र आज सार्वजनिक हुने
एमालेको चुनावी घोषणापत्र आज सार्वजनिक हुने

तपाईंले छुटाउनुभयो कि?