रुपैडिहा बस स्टेशनमा नेपाली बेहोस् अवस्थामा फेला

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर २, २०७५
|
|
३४ पटक हेरिएको
Shares
रुपैडिहा बस स्टेशनमा नेपाली बेहोस् अवस्थामा फेला

सारांश

  • नेपालगञ्ज, २  मंसिर।
  •   नेपालगञ्जको सीमावर्ती शहर भारतको रुपैडिहा बस स्टेशनमा एकजना नेपाली बेहोस् अवस्थामा फेला परेका छन् ।
  • दिल्लीबाट रुपैडिहा आउने रोडवेज बसमा आएका अन्दाजी ५० वर्षका नेपाली बेहोस् अवस्थामा फेला परेपछि नाकामा रहेको इलाका प्रहरी कार्यालय, जमुनाहाको टोलीले उद्धार गरेर भेरी अञ्चल अस्पताल, नेपालगञ्ज पठाएको छ ।

नेपालगञ्ज, २  मंसिर।  नेपालगञ्जको सीमावर्ती शहर भारतको रुपैडिहा बस स्टेशनमा एकजना नेपाली बेहोस् अवस्थामा फेला परेका छन् । दिल्लीबाट रुपैडिहा आउने रोडवेज बसमा आएका अन्दाजी ५० वर्षका नेपाली बेहोस् अवस्थामा फेला परेपछि नाकामा रहेको इलाका प्रहरी कार्यालय, जमुनाहाको टोलीले उद्धार गरेर भेरी अञ्चल अस्पताल, नेपालगञ्ज पठाएको छ ।

बिहान सवा १० बजे जमुनाहा प्रहरीले भेरीमा ल्याएपछि उनलाई सलाइन पानी चढाएर राखिएको छ । अस्पतालमा रहेका उनी अझै बेहोस् अवस्थामै छन् । उनको नाम र गेठाना खुलेको छैन । साथमा रहेको एउटा कागजमा उनको नाम पुरनबहादुर लेखिएको छ । बसभित्रै बेहोस् रहेका नेपालीलाई लुटेराले नसालु पदार्थ खुवाएर या सुँघाएर लुटपाट गरेको आशंका गरिएको छ ।

उनको मुखबाट रगत आएको छ । लुटेराले नसालु पदार्थ खुवाए या सुँघाएपछि पूर्णरुपमा बेहोस् नहुँदै लुटपाट गरेको र त्यसबेला उनले प्रतिकार गर्दा कुटिएको आशंका गरिएको प्रह्रीले जनाएको छ । नाकामा यसअघि आएका यस्ता घटनाक्रमले त्यस्तो देखाउने गरेको छ । भेरी अञ्चल अस्पतालको आपतकालिन कक्षको ७ नम्बर बेडमा रहेका उनको नाम, ठेगाना र के भएको भन्ने बास्तविकता आइसकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?