होटलमा एक जोडी मृत भेटिए, हत्याको आशंका

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आषाढ ७, २०७५
|
|
३४ पटक हेरिएको
Shares
होटलमा एक जोडी मृत भेटिए, हत्याको आशंका

सारांश

  • भक्तपुर ।
  • भक्तपुरको सूर्यविनायक बाँसघारीको गारनिस होटलमा दुई व्यक्तिको शव फेला परेको छ ।
  • होटलको कोठा नं २०३ मा हिजो दिउसो दुई व्यक्तिको शव भेटिएको हो ।

भक्तपुर । भक्तपुरको सूर्यविनायक बाँसघारीको गारनिस होटलमा दुई व्यक्तिको शव फेला परेको छ । होटलको कोठा नं २०३ मा हिजो दिउसो दुई व्यक्तिको शव भेटिएको हो । होटलको कोठामा भक्तपुर नगरपालिका दरबारस्क्वायर बस्ने ३० वर्षीय जीवनतोयना श्रेष्ठ र दोलखाका २२ वर्षीया मुन्नी तामाङको शव मृतावस्थामा भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

होटलमा मंगलबार दुवैजना सँगै बस्न गएका थिए । अर्कोदिन हेर्दा श्रेष्ठ कोठाको एटेज बाथरुमभित्रको नुहाउने सावरमा झुण्डिएको अवस्थामा शव भेटिएको थियो भने मुन्नी तामाङको शव खाटमा रगताम्य अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ ।

अनुसन्धान गर्ने क्रममा कोठाको खानतलासी गर्दा सिसाको टुक्रासमेत फेला परेको प्रहरीले जनाएको छ । मंगलबार पसेका जोडी बुधबार दिउसोसम्म पनि कोठाबाट बाहिर ननिस्किएपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटना हत्या हुनसक्ने आशंकामा अध्ययन तथा अनुसन्धान शुरु गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?