हेटौँडामा राष्ट्रिय औद्योगिक मेला

Abhiyanpost Abhiyanpost
|
मंगलबार, फाल्गुन १४, २०७५
|
|
३७ पटक हेरिएको
Shares
हेटौँडामा राष्ट्रिय औद्योगिक मेला

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

हेटौँडा, १४ फागुन,मकवानपुर उद्योग वाणिज्य सङ्घले यही फागुन १६ देखि २५ गतेसम्म हेटौँडा उपमहानगरपालिका–५ क्याम्पाडाँडामा राष्ट्रिय औद्योगिक मेला प्रदर्शनीको आयोजना गर्ने भएको छ ।

राष्ट्रिय औद्योगिक मेला प्रदर्शनी आयोजना गर्न मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण कटुवालको संयोजकत्वमा ५०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । उक्त आयोजक समितिलाई सहयोग पु¥याउन विभिन्न १० उपसमिति गठन गरिएको छ । सो राष्ट्रिय औद्योगिक मेला प्रदर्शनीमा अटो, कम्प्युटर सूचना प्रणाली, हस्तकलाका सामग्री, कृषि उत्पादन, फलपूmल, तयारी पोशाक, जुत्ता, महिला उद्यमीद्वारा निर्मित हस्तकलाका सामग्री एवं सातै प्रदेशबाट उत्पादित औद्योगिक सामग्रीसहित जम्मा ४४० कक्ष राखिने मकवानपुर उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष अनिल अग्रवालले जानकारी दिनुभयो ।

मेला अवधिभर अवलोकन गर्न आउने सर्वसाधारणको रुचिअनुसार उचित मूल्यमा हेलिकोप्टरबाट हेटौँडा बजारलगायत प्राचीन स्थलको अवलोकन गराइने कार्यक्रम छ । प्रदेश नं ३ सरकारको तर्फबाट गरिन लागेको आर्थिक समृद्धिको कार्यक्रममाथि अन्तरक्रिया गरिनाका साथै सर्वसाधारणलाई निःशुल्क स्वास्थ्योपचार सेवाको व्यवस्था गरिएको छ । मेलाको अवधिमा करीब एक लाख सर्वसाधारणले अवलोकन गर्ने अनुमान गरिएको छ । करीब रु सात करोड बराबरको आर्थिक कारोवार हुने कोषाध्यक्ष अग्रवालले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?