नेकपा वैठकमा दुई अध्यक्षको खुलेरै आलोचना

Abhiyanpost Abhiyanpost
|
शनिबार, पौष १४, २०७५
|
|
५७ पटक हेरिएको
Shares
नेकपा वैठकमा दुई अध्यक्षको खुलेरै आलोचना

सारांश

  • काठमाडौं ।
  • नेकपाको स्थायी कमिटीको वैठकले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक दस्ताबेज परिमार्जनसहित पारित गरेको छ ।
  • शुक्रबार सकिएको वैठकमा अध्यक्षद्धयको खुलेरै आलोचना भएको थियो ।

काठमाडौं । नेकपाको स्थायी कमिटीको वैठकले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक दस्ताबेज परिमार्जनसहित पारित गरेको छ । शुक्रबार सकिएको वैठकमा अध्यक्षद्धयको खुलेरै आलोचना भएको थियो ।

अध्यक्षहरुको दस्तावेजमा विवाद भएपछि परिमार्जन गरी पारित भएको हो । १४ दिनसम्म बसेको स्थायी कमिटी वैठकमा नेताहरूले दुईजना अध्यक्षको खुलेर आलोचना गरे । ओलीले पार्टी र सरकारमा गल्ती गरेको औँल्याउँदै आत्मालोचना गर्नुपर्ने माग गरे, अध्यक्षको राजनीतिक प्रतिवेदनमा पनि आपत्ति जनाए ।

बिहीबारको बैठकमा अध्यक्षको दस्ताबेज जस्ताको तस्तै पारित गर्न खोजेपछि नेताहरूले मानेका थिएनन् । परिमार्जनका लागि वामदेव गौतम, घनश्याम भुसाल, भीम रावलले प्रतिवाद गरेका थिए । दस्ताबेज परिमार्जनसहित अध्यक्षद्वयले सचिवालय बैठकमा पेश गर्नेछन् । त्यसपछि सचिवालयबाट पारित भएपछि पार्टी दस्ताबेज बन्नेछ ।

ओली–प्रचण्डजीले दस्ताबेज परिमार्जन गर्ने भनेपछि बैठकबाट पारित भएको हो । तर दस्तावेजमा कुन विषय परिमार्जन गर्ने भन्ने टुंगो छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?