वृश्चिक राशि हुनेको न्वारानको नाम अनुसारको फल यस्तो हुन्छ

Abhiyanpost Abhiyanpost
|
सोमबार, श्रावण १३, २०७६
|
|
३९ पटक हेरिएको
Shares
वृश्चिक राशि हुनेको न्वारानको नाम अनुसारको फल यस्तो हुन्छ

सारांश

  • १.
  • विशाखा नक्षत्रमा पर्ने नाम (तो) जलतत्व राशि भित्र पर्ने यो राक्षस गण नक्षत्रको स्वामी वृहस्पती ग्रह हो ।
  • यसको राशि स्वामी मंगल भएकाले यि दुबै ग्रहमा पाइने तत्व र किरणहरु बाट व्यक्तिको नैसर्गिक गुण, क्षमता र स्वभाबको निर्माण भएको हुन्छ ।

१. विशाखा नक्षत्रमा पर्ने नाम (तो)
जलतत्व राशि भित्र पर्ने यो राक्षस गण नक्षत्रको स्वामी वृहस्पती ग्रह हो । यसको राशि स्वामी मंगल भएकाले यि दुबै ग्रहमा पाइने तत्व र किरणहरु बाट व्यक्तिको नैसर्गिक गुण, क्षमता र स्वभाबको निर्माण भएको हुन्छ । रंगमा पहेंलो ,रातो फाप्ने ,सुहाउने हुन्छ भने भाग्य र अबसरको लागि सधैं उत्तर पूर्व दिशा अनुकुल हुने गर्छ ।

परिर्वतनको सोचले सधै क्रान्तिकारी भैरहने ,मनमा प्रेम भएपनि व्यवहारमा प्रस्तुत गर्न नजान्ने ,बोल्दा प्रस्ट र कठोर भाषा प्रयोग गर्ने, सधैं परिश्रमकै बलमा अगाडि बढ्न खोज्ने, इखालु ,असंन्तोषी ,एकलकांटे ,दुःख सहन सक्ने जिद्घी स्वभाबका हुन्छन् । सधैं गुप्त रुपमा कार्य गर्न रुचाउने यिनलाई प्रविधि र खेलको क्षेत्रमा विशेष सफलता मिल्छ ।

२. अनुराधा नक्षत्रमा पर्ने नामहरु (ना, नि, नु, ने)
जलतत्व राशि भित्र पर्ने यो देब गण नक्षत्रको स्वामी शनि ग्रह हो । यसको राशि स्वामी मंगल भएकाले यि दुबै ग्रहमा पाइने तत्व र किरणहरुबाट व्यक्तिको नैसर्गिक गुण ,क्षमता र स्वभाबको निर्माण भएको हुन्छ । रंगमा काला रातो फाप्ने, सुहाउने हुन्छ भने भाग्य र अबसरको लागि सधैं पश्चिम दक्षिण दिशा अनुकुल हुनेगर्छ ।

सधै बिचारलाई महत्व दिने जोसिलो शैलीबाट आफ्नो व्यबहार प्रस्तुत गर्ने, यान्त्रिक तथा प्राविधिक ज्ञान छिटो ग्रहण गर्न सक्ने ,भाबुक ,चञ्चल ,घुमाउरो पाराले शत्रु परास्त गर्न सिपालु, दुख देखि नडराउने ,पिडा सहन सक्ने क्षमता भएको, धेरै रिसाउने, एउटै खालको काम सधै गर्न नरुचाउने, इखालु जिद्धी ,मिलनसार ,खेलकुदका सौखिन यि व्यक्तिलाई यन्त्र संचालन, बजार प्रतिनीधि र अन्वेषणको क्षेत्रमा विशेष सफलता मिल्छ ।

३. जेष्ठा नक्षत्रमा पर्ने नामहरु (नो ,या ,यी ,यु)
जलतत्व राशि भित्र पर्ने यो राक्षस गण नक्षत्रको स्वामी बुध ग्रह हो । यसको राशि स्वामी मंगल ग्रह भएकोले यि दुबै ग्रहमा पाइने तत्व र किरण हरुबाट व्यक्तिको नैसर्गिक गुण,क्षमता र स्वभाबको निर्माण भएको हुन्छ । रंगमा हरियो ,रातो फाप्ने, सुहाउने हुन्छ भने भाग्य र अबसरको लागि सधै उत्तर पश्चिम दिशा अनुकुल हुने गर्छ ।

निडर ,जांगरिलो ,बोल्नमा माहिर , अरुमाथि चाँडै हाबी हुनसक्ने ,नेतृत्व ,इच्छा शक्ति र विश्लेषण क्षमता उच्च भएको ,शंकालु ,निर्मम ,छिटो रिसाउने ,गलत निर्णय गरेको खण्डमा पश्चताप पनि गर्न सक्ने ,सबैलाई मिलाएर लानसक्ने ,पर्यटन र खेलकुदमा बढि चासो राख्ने यिनलाई औषधी उपचार , छापाखाना र संचारको क्षेत्रमा विशेष सफलता मिल्दछ ।
ज्योतिषः गोपाल अधिकारी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेविसंघ कार्यकर्ताहरुलाई तत्काल रिहा नगरे आन्दोलन गर्ने महामन्त्री तिमल्सिनाको चेतावनी
नेविसंघ कार्यकर्ताहरुलाई तत्काल रिहा नगरे आन्दोलन गर्ने महामन्त्री तिमल्सिनाको चेतावनी
जलवायु चुनौतीको सामना गर्न प्रकृतिमा आधारित समाधानका उपाय अवलम्बनमा जोड
जलवायु चुनौतीको सामना गर्न प्रकृतिमा आधारित समाधानका उपाय अवलम्बनमा जोड
जाल्पा एकिकृत र वल्र्ड भिजनले गरे उदयपुरका पत्रकार लाई धनकुटामा तालिम
जाल्पा एकिकृत र वल्र्ड भिजनले गरे उदयपुरका पत्रकार लाई धनकुटामा तालिम
जग्गाको वर्गीकरण नहुँदा राजस्व घट्यो
जग्गाको वर्गीकरण नहुँदा राजस्व घट्यो
मौसमबिज्ञहरु यसो भन्छन् मनसुनको बारे
मौसमबिज्ञहरु यसो भन्छन् मनसुनको बारे
हार्नुको दोष बाम गठबन्धनलाई-चुनावमा अन्तरघात गर्नेलाई कांग्रेसले कार्वाही गर्ने
हार्नुको दोष बाम गठबन्धनलाई-चुनावमा अन्तरघात गर्नेलाई कांग्रेसले कार्वाही गर्ने
धर्मको नाममा नौटंकी भइरहेको छ : मन्त्री बास्कोटा
धर्मको नाममा नौटंकी भइरहेको छ : मन्त्री बास्कोटा
प्रतिनिधिसभामा सांसदको सवाल, मन्त्रीको जवाफ
प्रतिनिधिसभामा सांसदको सवाल, मन्त्रीको जवाफ
नेपाली क्रिकेट टिमलाई पूर्वराष्ट्रपति भण्डारीको बधाई
नेपाली क्रिकेट टिमलाई पूर्वराष्ट्रपति भण्डारीको बधाई
श्रीस्वस्थानी व्रत सुरु, एक महिनासम्म कथा वाचन गर्ने सुनाउने प्रचलन
श्रीस्वस्थानी व्रत सुरु, एक महिनासम्म कथा वाचन गर्ने सुनाउने प्रचलन