कञ्चनपुरमा ५ घण्टाका लागि कफ्यू हट्यो
सारांश
- कञ्चनपुर ।
- कन्चनपुरमा १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि उत्पन्न परिस्थिति नियन्त्रण गर्न लगाइएको कफ्यू ५ घण्टाका लागि हटाइएको छ ।
- घटनामा संलग्न दोषीलाई पक्राउ गर्न नसकेको भन्दै स्थानीय आन्दोलित भएपछि प्रशासनले कफ्यू लगाएको थियो ।
कञ्चनपुर । कन्चनपुरमा १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि उत्पन्न परिस्थिति नियन्त्रण गर्न लगाइएको कफ्यू ५ घण्टाका लागि हटाइएको छ ।
घटनामा संलग्न दोषीलाई पक्राउ गर्न नसकेको भन्दै स्थानीय आन्दोलित भएपछि प्रशासनले कफ्यू लगाएको थियो । हत्या प्रकरणको एक महिनापछि प्रहरीले अनुसन्धान थालेको छ । कञ्चनपुरमा पाँच घण्टाका लागि कफ्र्यू हटाइएको हो ।
आज बिहान ५ बजे देखि १० बजे सम्मका लागि कफ्र्यू हटाइएको हो । १० बजेदेखि कफ्यू यथावत रहने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
भीमदत्त नगरपालिका–२ खोल्टीका निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै प्रदर्शन उग्र बनेपछि शुक्रबार साँझ ८ बजेदेखि अनिश्चितकालीन कफ्र्यू आदेश जारी गरिएको थियो ।
पाँच घण्टाका लागि कफ्यू हटाइएपछि रक्षा बन्धनका लागि सामग्री खरिद गर्नेको बजार क्षेत्रमा भीड लागेको छ ।
प्रतिक्रिया