शक्तिशाली कम्युनिष्ट पार्टी बनेको भन्दै मकाउमा खुसीयाली

Abhiyanpost Abhiyanpost
|
सोमबार, जेठ १४, २०७५
|
१
|
६० पटक हेरिएको
Shares
शक्तिशाली कम्युनिष्ट पार्टी बनेको भन्दै मकाउमा खुसीयाली

सारांश

  • नारायण के.
  • सी.
  • मकाउ चीन, १४ जेठ – गत जेठ ३ गते नेपालका दुई ठुला दल नेकपा एमाले र माओवादी केन्द्रको एकता भई नेपाल कम्युनिष्ट पार्टी गठन भएको सुखद उपलक्ष्यमा २७ मे २०१८ का दिन मकाउस्थित जनवर्गीय संगठनको शुभकामना आदानप्रदान भएको छ ।

नारायण के.सी. मकाउ चीन, १४ जेठ – गत जेठ ३ गते नेपालका दुई ठुला दल नेकपा एमाले र माओवादी केन्द्रको एकता भई नेपाल कम्युनिष्ट पार्टी गठन भएको सुखद उपलक्ष्यमा २७ मे २०१८ का दिन मकाउस्थित जनवर्गीय संगठनको शुभकामना आदानप्रदान भएको छ ।

प्रवासी नेपाली मञ्च मकाउ र नेपाली जनप्रगतिशील मञ्च मकाउको संयुक्त आयोजनामा नेपाली रेस्टुरेन्टमा शुभ कामना तथा दीप प्रज्वलन कार्यक्रम भएको हो ।

प्रवासी नेपाली मञ्च मकाउका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन प्रवासी नेपाली मञ्च मकाउका महासचिव उत्तम गुरुङले गर्नु भएको थियो । साथै कार्यक्रमको व्यवस्थापन मंञ्चका पदाधिकारी द्वय रेशम रानाभाट तथा नारायण के.सी.ले गरेका थिए ।

राष्ट्रिय धुनसंगै दीप प्रज्वलन पछि कार्यक्रमको संचालन गर्दै महासचिव गुरुङले नेपालका तत्कालीन दुई ठुला पार्टी एमाले र माओवादी केन्द्रले गत असोज १७ गते पार्टी एकीकरण गर्ने अठोट सहित बाम गठबन्धन गरी निर्वाचनमा गएको र सोही अनुसार जनमत प्राप्त गरेको बताए ।

दुई नेता केपी ओली र पुष्पकमल दाहालले राष्ट्रिय आवश्यकताका आधारमा पार्टी एकता गरी एशियाकै तेश्रो ठुलो कम्युनिष्ट पार्टी बनाउन सफल हुनुभएकोमा धन्यबाद दिएका थिए । त्यसैगरी प्रवासी नेपाली मञ्च मकाउका उपाध्यक्ष शिब थापाले उपस्थित महानुभावहरुलाई स्वागत मन्तव्य दिनु हुंदै श्रद्धेय कमरेड पुष्पलाल श्रेष्ठको अग्रसरतामा २००६ सालमा गठन भएको नेपाल कम्युनिष्ट पार्टी विभिन्न काल खण्डमा टुटफुट र जुटका लामा श्रृंखला पार गर्दै आज करिव ७ दशक पछि पुनः एक शक्तिशाली पार्टी बन्न सफल भएकोमा खुशी ब्यक्त गरे ।

अहिलेको एकताबाट आम जनता अत्यन्त आशावादी रहेको हुंदा सरकारले पनि जनभावना अनुरुप काम गर्नु पर्नेमा जोड दिएका थिए । त्यसैगरी मन्तब्य राख्ने क्रममा नेपाली जनप्रगतिशील मकाउका अध्यक्ष आ.सी. खड्काले श्रमिक वर्गका हितका लागि लामो समय देखि लड्दै आएका दुई ठुला पार्टी एक भएको अबस्थामा हामी आम कार्यकर्ताहरुले आ-आफ्नो स्थानबाट सरकार र पार्टीलाई सक्दो सहयोग गर्नुपर्ने धारणा ब्यक्त गरे ।

कार्यक्रमको समापन गर्दै कार्यक्रमका अध्यक्ष तथा नेपाली प्रवासी मञ्च मकाउका वरिष्ठ उपाध्यक्ष अधिकारीले यो एकता संगै “सुखी नेपाली समृद्ध नेपाल” को नारा सार्थक हुने तर्क राखेका थिए ।

(https://www.fargomonthly.com/)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Atmaram Kandel

    धेरैराम्रो कार्यप्रती स्वागत तथा अभिवादन संगै उपस्थित सबैमा धन्यबाद??

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मत खरिदबिक्री नहोस् : यादव
मत खरिदबिक्री नहोस् : यादव
यसरी गरे माइनस ९ डिग्रीमा ४ घण्टा हिडेर मतदान, नागरिक दैनिक
यसरी गरे माइनस ९ डिग्रीमा ४ घण्टा हिडेर मतदान, नागरिक दैनिक
राष्ट्रियसभा निर्वाचन आज, १८ नयाँ सदस्य चयनका लागि ६ दलका ४५ उम्मेदवार प्रतिस्पर्धामा
राष्ट्रियसभा निर्वाचन आज, १८ नयाँ सदस्य चयनका लागि ६ दलका ४५ उम्मेदवार प्रतिस्पर्धामा
क्रिकेट नेपालको पहिलो जीत
क्रिकेट नेपालको पहिलो जीत
काठमाडौँमै नक्कली नोट बनाउने कारखाना, होसियार तपाईको खल्तीमा पनि हुन सक्छ नक्कली नोट
काठमाडौँमै नक्कली नोट बनाउने कारखाना, होसियार तपाईको खल्तीमा पनि हुन सक्छ नक्कली नोट
चार दिन भित्र उम्मेदवारको नाम सिफारिस गर्न कङ्रेसको निर्देशन
चार दिन भित्र उम्मेदवारको नाम सिफारिस गर्न कङ्रेसको निर्देशन
राजनीतिक पार्टी र नेताहरुले बाटो बिराएपछि यसरी नै सेना सडकमा आउँछ : दिपेश पुन
राजनीतिक पार्टी र नेताहरुले बाटो बिराएपछि यसरी नै सेना सडकमा आउँछ : दिपेश पुन
सशस्त्र र नेपाल प्रहरीका आईजीपीले लगाए दर्ज्यानी चिह्न
सशस्त्र र नेपाल प्रहरीका आईजीपीले लगाए दर्ज्यानी चिह्न
कमल थापालाई वाम गठबन्धनको चुनौती !
कमल थापालाई वाम गठबन्धनको चुनौती !
भारतमा हिंसात्मक प्रदर्शन जारी, मृत्यु हुनेको सङ्ख्या २० पुग्यो
भारतमा हिंसात्मक प्रदर्शन जारी, मृत्यु हुनेको सङ्ख्या २० पुग्यो

तपाईंले छुटाउनुभयो कि?