संविधानको पिता, काका र मामा भनिनेहरुले नै संवैधानिक संकट खडा गरे: हृदयश त्रिपाठी

Abhiyanpost Abhiyanpost
|
आइतबार, आषाढ १७, २०७५
|
|
३७ पटक हेरिएको
Shares
संविधानको पिता, काका र मामा भनिनेहरुले नै संवैधानिक संकट खडा गरे: हृदयश त्रिपाठी

सारांश

  • काठमाडौं, १७ असार ।
  • प्रतिनिधिसभाका सांसद हृदयश त्रिपाठीले विशेष, संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने संवैधानिक बाटो देखाउन सरकारलाई चुनौती दिएका छन्।
  • प्रतिनिधिसभाको आईतबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले विशेष, संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो खोजेर मुलुकलाई संवैधानिक संकट आउन नदिन पनि सरकार र सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराए।

काठमाडौं, १७ असार । प्रतिनिधिसभाका सांसद हृदयश त्रिपाठीले विशेष, संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने संवैधानिक बाटो देखाउन सरकारलाई चुनौती दिएका छन्।

प्रतिनिधिसभाको आईतबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले विशेष, संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो खोजेर मुलुकलाई संवैधानिक संकट आउन नदिन पनि सरकार र सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराए।

सरकारले ६ महिनाको समयावधि दिएर गठन गरेको संवैधानिक आयोगले गाउँपालिका र नगरपालिकाको मात्रै सीमा र संख्या निर्धारण गरेको थियो।

तर विशेष, संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने दायित्व सरकारले पूरा नगरेकोमा सांसद त्रिपाठीको आपत्ति छ। उनले संवैधानिक व्यवस्था अनुसार काम नगरेर संविधानको पिता, काका र मामा भनिनेहरुले नै संवैधानिक संकट खडा गरेको गम्भिर आरोप लगाए।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Shankar Chhetri

    Oae indian dhoti

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?