सन् २०२२ मा बीस लाख पर्यटक भित्रिने निश्चित : मन्त्री लम्साल

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष २, २०७५
|
|
५० पटक हेरिएको
Shares
सन् २०२२ मा बीस लाख पर्यटक भित्रिने निश्चित : मन्त्री लम्साल

सारांश

  • पर्वत, २ पुस, एकै वर्षमा अपेक्षाभन्दा बढी बाह्य पर्यटक नेपाल भित्रिएको भन्दै गण्डकी प्रदेश सरकारले केक काटेर खुसीयाली मनाइएको छ ।
  • नेपालमा सबैभन्दा बढी (डिसेम्बर महीनाको गणना नगर्दै) १० लाखभन्दा बढी पर्यटक भित्रिएको उपलक्ष्यमा आइतबार आयोजना गरिएको खुसीयाली उत्सवमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले केक काटेर उद्घाटन गर्नुभएको हो ।
  • सन् २०१८ मा १० लाख एक हजार ३०० बाह्य पर्यटक भित्रिएका हुन् ।

पर्वत, २ पुस, एकै वर्षमा अपेक्षाभन्दा बढी बाह्य पर्यटक नेपाल भित्रिएको भन्दै गण्डकी प्रदेश सरकारले केक काटेर खुसीयाली मनाइएको छ ।

नेपालमा सबैभन्दा बढी (डिसेम्बर महीनाको गणना नगर्दै) १० लाखभन्दा बढी पर्यटक भित्रिएको उपलक्ष्यमा आइतबार आयोजना गरिएको खुसीयाली उत्सवमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले केक काटेर उद्घाटन गर्नुभएको हो ।

सन् २०१८ मा १० लाख एक हजार ३०० बाह्य पर्यटक भित्रिएका हुन् । यसअघि सबैभन्दा बढी सन् २०१५ मा आठ लाख ६० हजार पर्यटक भित्रिएको तथ्याङ्क रहेको थियो ।

सो अवसरमा मन्त्री लम्सालले गत वर्षभन्दा पर्यटक आगमनको दर ३० प्रतिशतले बढेको बताउँदै पर्यटन क्षेत्रबाटै पर्यटनको समृद्धि हुने बताउनुभयो ।

मन्त्री लम्सालले गण्डकी प्रदेशले सन् २०२२ लाई पर्यटन वर्षका रूपमा मनाउन लागेको उल्लेख गर्दै सो अवधिसम्म वार्षिक २० लाख पर्यटकको सङ्ख्या टाउकै गनेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले बढ्दो पर्यटकको आगमनलाई मध्यनजर गर्दै पर्यटन पूर्वाधार निर्माण गर्न थालिएको जानकारी दिनुभयो । उहाँका अनुसार त्यसका लागि प्रदेश सरकारले ११ वटै जिल्लामा रहेका पर्यटकीयस्थललाई प्राथमिकतामा राखेर पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मिले एमाले-माओवादी- कम्युनिस्ट राजनीतिमा ‘ब्रेक थ्रु’- मध्यराति एकता घोषणा
मिले एमाले-माओवादी- कम्युनिस्ट राजनीतिमा ‘ब्रेक थ्रु’- मध्यराति एकता घोषणा
एकताको खुशीयालीमा दीपावली, केक काटियो
एकताको खुशीयालीमा दीपावली, केक काटियो
यि हुन सरकारको नीति तथा कार्यक्रमहरू
यि हुन सरकारको नीति तथा कार्यक्रमहरू
कास्कीबाट निर्वाचन क्षेत्र निर्धारण आयोगलाई सुझाव
कास्कीबाट निर्वाचन क्षेत्र निर्धारण आयोगलाई सुझाव
सीमा नियन्त्रण र भन्सार कडाइपछि नेपालगञ्जमा फस्टायो स्थानीय तरकारी बजार, किसानले पाए उचित मूल्य
सीमा नियन्त्रण र भन्सार कडाइपछि नेपालगञ्जमा फस्टायो स्थानीय तरकारी बजार, किसानले पाए उचित मूल्य
‘स्वीस टुरिजम अवार्ड २०२३’ का लागि काठमाडौँ महानगरपालिका छनोट
‘स्वीस टुरिजम अवार्ड २०२३’ का लागि काठमाडौँ महानगरपालिका छनोट
बाआमा भैंसी दुहुन गएका बेला पहिरोले पुरिँदा एकै घरका तीन बालबालिका बेपत्ता
कोरोना भाइरस नियन्त्रणमा उच्च सतर्कता अपनाउन सरकारको निर्देशन
कोरोना भाइरस नियन्त्रणमा उच्च सतर्कता अपनाउन सरकारको निर्देशन
सेनाभित्रै सलामीको प्रश्न
सेनाभित्रै सलामीको प्रश्न
बाबुराम र नारायणकाजीको भीडन्त रोचक बन्दै
बाबुराम र नारायणकाजीको भीडन्त रोचक बन्दै

तपाईंले छुटाउनुभयो कि?