सरकारलाई दिए डा. गोविन्द केसीले अनसन थाल्ने चेतावनी

Abhiyanpost Abhiyanpost
|
बुधबार, चैत्र १४, २०७४
|
|
३७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं – चिकित्सा शिक्षा र सेवा सुधारका लागि आन्दोलनरत डा.
  • गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी अध्यादेश ततकाल संसदमा पेस नगरे पुनः सत्याग्रह थाल्ने चेतावनी दिएका छन् ।
  • सरकारले सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी अध्यादेश र राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेश संसदमा पेस गरे पनि चिकित्सा शिक्षा अध्यादेश अगाडि नबढाएपछि केसीलगायत सरोकारवाला सशंकित छन् ।

काठमाडौं – चिकित्सा शिक्षा र सेवा सुधारका लागि आन्दोलनरत डा. गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी अध्यादेश ततकाल संसदमा पेस नगरे पुनः सत्याग्रह थाल्ने चेतावनी दिएका छन् ।

सरकारले सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी अध्यादेश र राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेश संसदमा पेस गरे पनि चिकित्सा शिक्षा अध्यादेश अगाडि नबढाएपछि केसीलगायत सरोकारवाला सशंकित छन् ।

संविधानले तोकेको समयसीमा घर्किँदै गएका बेला सरकारले चिकित्सा शिक्षा अध्यादेशका सम्बन्धमा मौनता साधेपछि यसबारे आशंका उब्जिएको केसीले बताए । आजको कान्तिपुरमा  समाचार छापिएको छ ।

डा. केसीले भने, -स्वास्थ्य प्राणालीमा सुधारका लागि कानुन बनाउन माग गर्दै म पाँच पटक सत्याग्रह बसिसकेको छु ।

-यसमा तल माथि गर्न दिइने छैन । अझै पनि समस्या छ ।

-सरकारले यसलाई रोकतोक नगरी संसदमा पेस गरोस् । संसदले अनुमोदन पनि गरोस् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Govinda P Gautam

    केसिको सत्याग्र नमिल्दो छ ग्रमीण क्षेत्रका जनता सहरि क्षेत्रका जनतामा आकास जमीन फरक छ। राम्रो औषधो मूलो गर्ने पैसा हुदैन गाउमा खोलीयेका अस्पताल ले डाक्टर कर्मचारीको तलव भत्ता खुवाउन पनी सक्दैन
    ठुला अस्पलाल खोल्दा वा स्विकृत दिदा २ वोटा अस्पताल को स्विकृत दिन पर्छ दुइ वोंटै खोल्न पर्छ
    एक सहरमा र आर्को सरकार ते तोकेको ग्रमीण भेगमा तेसो गर्दा सहरि अस्पताले ग्रमीण अस्पताल को के ही भार थेगन सक्छ। ग्रामी भेगमा भयेको अस्पतालको। आर्थीक भार सहर तिर उता वाट घाटा पूर्ती गर्छ
    कुनै पनी प्इवेट अस्पताले सरकार ले तोकेको गाउँ पालीकामा पनी। अस्पताल खूलेको हूनुपर्छ कार्यन्वयन कडाइका साथ लागु गर्न पर्छ खाये खा नखाये घिंच को वेवहार ले समस्या हल हूदैन क्षतिपूर्तीको वैकल्पीक उपाय पनि दिन पर्छ
    तेसो गर्दा सहरका ठूला अस्पताल ले गॉउको सेवा पुराउन सक्छन तेस ले गॉउको अस्पताल को घॉटा सहरले पूर्ती गर्छ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?