सरकारले यि ९ देशका राजदुत फिर्ता बोलाउने !

Abhiyanpost Abhiyanpost
|
बुधबार, जेठ ३०, २०७५
|
|
५५ पटक हेरिएको
Shares
सरकारले यि ९ देशका राजदुत फिर्ता बोलाउने !

सारांश

  • काठमाडौँ, ३० जेठ ।
  •   प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण लगत्तै कांग्रेस सरकारले सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालिन सरकारले मनोनित गरेका विभिन्न ९ देशका राजदुतहरुलाई फिर्ता बोलाउने भएको छ ।
  • स्रोतका अनुसार राजदुत फिर्ता बोलाउनेसहितको प्रस्ताव हालैको क्याबिनेटमा परराष्टमन्त्री प्रदिपकुमार ज्ञवालीले लगेका थिए ।

काठमाडौँ, ३० जेठ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण लगत्तै कांग्रेस सरकारले सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालिन सरकारले मनोनित गरेका विभिन्न ९ देशका राजदुतहरुलाई फिर्ता बोलाउने भएको छ ।

स्रोतका अनुसार राजदुत फिर्ता बोलाउनेसहितको प्रस्ताव हालैको क्याबिनेटमा परराष्टमन्त्री प्रदिपकुमार ज्ञवालीले लगेका थिए । ९ देशमा रहेका नेपाली राजदूतलाई फिर्ता बोलाउने तयारी गरेको छ ।

कांग्रेससहितको तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारको सिफारिसमा कांग्रेस, राप्रपा र फोरम लोकतान्त्रिकको भागमा परेका राजदूतलाई फिर्ता बोलाउने तयारी भैसकेको सरकारका एक मन्त्रीले पत्रकार ऋषि धमलालाई जानकारी दिए ।

सरकारले फिर्ता बोलाउन लागेका राजदूतमा कांग्रेसको सिफारिसमा भएका राजदूतहरू क्रमशः अर्जुनजंगबहादुर सिंह (दक्षिण कोरिया), डा  विश्वम्भर प्याकुरेल (श्रीलंका), डा चोपलाल भुसाल (बंगलादेश), रमेशप्रसाद कोइराला (कतार), भीमकृष्ण उदास (म्यानमार), राप्रपाको सिफारिसमा भएका प्रतिभा राणा (जापान), निरन्जन थापा (इजरायल)र भरतबहादुर रायमाझी (स्पेन) रहेका छन् ।

त्यस्तै तत्कालीन फोरम लोकतान्त्रिकको कोटामा भएकी शर्मिला पराजुली (ओमान) लाई पनि फिर्ता बोलाउने तयारी सरकारले गरेको छ । तर, प्रधानमन्त्री ओली भने पराजुलीलाई नहटाउने पक्षमा पुगेको स्रोतको दाबी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संघीयता खारेजीको माग राख्दै प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापन
संघीयता खारेजीको माग राख्दै प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापन
निजी आवास पुनःनिर्माणको जिम्मा स्थानीय तहलाई
निजी आवास पुनःनिर्माणको जिम्मा स्थानीय तहलाई
डोल्पामा बामगठबन्धनद्वारा क्लिन स्विप
डोल्पामा बामगठबन्धनद्वारा क्लिन स्विप
चुनाव चिन्ह विवादमा पक्राउ परेका खड्का धरौटीमा छुटे
चुनाव चिन्ह विवादमा पक्राउ परेका खड्का धरौटीमा छुटे
तीस वर्षे  सेवाअवधी हटे सवेन्द्र खनाल र रमेश खरेलको डीआईजीमै अवकाश !
तीस वर्षे सेवाअवधी हटे सवेन्द्र खनाल र रमेश खरेलको डीआईजीमै अवकाश !
विश्व संस्कृति तामाङ तथा नेपाली म्युजिक अवार्ड २०२४  आयोजना हुँदै ।
विश्व संस्कृति तामाङ तथा नेपाली म्युजिक अवार्ड २०२४ आयोजना हुँदै ।
बझाङमा जीप दुर्घटनामा ९ को मृत्यु
बझाङमा जीप दुर्घटनामा ९ को मृत्यु
४० वर्षको उमेरमा पनि राखी हर्ट एण्ड फिट, यस्तो छ रहस्य
४० वर्षको उमेरमा पनि राखी हर्ट एण्ड फिट, यस्तो छ रहस्य
नीतिगत परिवर्तन गरी रूपान्तरित हुन प्रधानमन्त्रीको निर्देशन
नीतिगत परिवर्तन गरी रूपान्तरित हुन प्रधानमन्त्रीको निर्देशन
रुपन्देहीमा १६१ जनामा डेंगु देखियो, जनस्वास्थ्यद्वारा २ दिने डेंगु नियन्त्रण अभियान
रुपन्देहीमा १६१ जनामा डेंगु देखियो, जनस्वास्थ्यद्वारा २ दिने डेंगु नियन्त्रण अभियान

तपाईंले छुटाउनुभयो कि?