साधुसन्तहरुलाई न्यानो बाँड्दै जयसवाल परिवार

Abhiyanpost Abhiyanpost
|
शनिबार, माघ ६, २०७४
|
|
५१ पटक हेरिएको
Shares
साधुसन्तहरुलाई न्यानो बाँड्दै जयसवाल परिवार

सारांश

  • कपिलवस्तु, ५ माघ ।
  • कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटा निवासी सानेमती जयसवालको परिवारले हरेक बर्ष जस्तै यस बर्ष पनि यस क्षेत्रका साधुसन्तहरुलाई कम्बल वितरण गरेको छ ।
  • श्रीमान स्व.

कपिलवस्तु, ५ माघ । कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटा निवासी सानेमती जयसवालको परिवारले हरेक बर्ष जस्तै यस बर्ष पनि यस क्षेत्रका साधुसन्तहरुलाई कम्बल वितरण गरेको छ । श्रीमान स्व. राजाराम जयसवालको पुण्यतिथि पारेर जयसवाल परिवारले ९० वटा कम्बल साधुसन्तहरुलाई कर्णेश्वर मन्दिरमा वितरण गरेको हो ।

बढ्दो चिसोमा साधुसन्तलाई कम्बल बाँडेपछि पुण्य प्राप्तिसँगै बुबाको आत्माले समेत शान्ति पाउने भन्दै कम्बल वितरण गरिएको स्व. राजाराम जयसवालका छोरा विजय जयसवालले बताए । “हरेक बर्ष बुबाको बार्षिक पुण्यतिथिमा कर्णेश्वरी मन्दिरमा बुबाको नामबाट नै साधुसन्तहरुलाई कम्बल वितरण गर्दै आएका छौं । चिसो मौषममा कम्बल पाएका सन्तहरुको आशीर्वाद पनि लाग्ने हुनाले कम्बल वितरण गरेका हौं”, छोरा सुरेश जयवालले भने । स्व. जयसवालका सुभाष, सुरेन्द्र, विजय, सुरेश र महेश गरी पाँच छोरा रहेका छन् ।

साधुसन्तहरु हाम्रो देशको पहिचान हुन् भन्दै जयसवाल परिवारले हरेक बर्ष यसरी नै साधुसन्तलाई कम्बल वितरण गर्दै आएको छ । यस्तो पुनित कार्यमा आफूलाई पनि सहभागी भई पुण्य प्राप्त गर्ने अवसर जुटेको कपिलवस्तु क्षेत्र नं. ३ प्रतिनिधि सभा सदस्य अभिशेष प्रताप शाहले कम्बल वितरण कार्यक्रममा बताए ।

कार्यक्रममा इलाका प्रशासन कार्यालयका कार्यालय प्रमुख जगदीश अर्यालले साधुसन्त हाम्रो धर्म र संस्कृतिका संवाहक भएको औंल्याउँदै धर्मका नाममा गरिने अनेक तडकभडक भन्दा यस्ता साधुसन्तको सम्मानसहित उनीहरुलाई कम्बल वितरण गर्नु पुनित र सराहनीय कार्य भएको बताए । कर्णेश्वरी मन्दिरमा जम्मा भएका ९० जना साधुसाधवीहरुलाई प्रतिव्यक्ति १ कम्बल वितरण गरिएको हो । कार्यक्रममा समाजसेवी अजय थापा, प्रेम बहादुर रायमाझी, हरि पोखरेल लगायत स्थानीयको उपस्थिति थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभा बैठक : ‘समितिले छलफल गरेर ल्याएका प्रतिवेदनप्रति सरकार गम्भीर हुनुपर्ने’
राष्ट्रियसभा बैठक : ‘समितिले छलफल गरेर ल्याएका प्रतिवेदनप्रति सरकार गम्भीर हुनुपर्ने’
सन्दीपविरुद्धको मुद्दामा सर्वोच्चमा पुनरावेदनमा जाने तयारीमा सरकार
सन्दीपविरुद्धको मुद्दामा सर्वोच्चमा पुनरावेदनमा जाने तयारीमा सरकार
शिवराज नगरपालिकाको पछिल्लो मतपरिणाम ,मेयर उपमेयरका एमाले  अगाडि,
शिवराज नगरपालिकाको पछिल्लो मतपरिणाम ,मेयर उपमेयरका एमाले अगाडि,
किन आउँदैछन् बेलायती मन्त्री यसै साता नेपाल ?
किन आउँदैछन् बेलायती मन्त्री यसै साता नेपाल ?
प्रधानमन्त्री ओलीले संसदमा संबोधन गर्दै (लाइभ भिडियो)
प्रधानमन्त्री ओलीले संसदमा संबोधन गर्दै (लाइभ भिडियो)
त्रिपक्षीय सुरक्षा वार्ता शुरु
त्रिपक्षीय सुरक्षा वार्ता शुरु
ललितपुरमा नवराज सिलवालकाे शुरुवाती अग्रता
ललितपुरमा नवराज सिलवालकाे शुरुवाती अग्रता
क्यासिनो मुद्दा: अदालत बिकेको की  हेर्न नभ्याएको ?
क्यासिनो मुद्दा: अदालत बिकेको की हेर्न नभ्याएको ?
बकर इदमा आपसी सद्भाव र सम्मान बढेर जाने सभामुखको विश्वास
बकर इदमा आपसी सद्भाव र सम्मान बढेर जाने सभामुखको विश्वास
साउन महिनामा शिवजीको उपसना गरे यी राशीका व्यक्तिलाई मिल्नेछ फल
साउन महिनामा शिवजीको उपसना गरे यी राशीका व्यक्तिलाई मिल्नेछ फल

तपाईंले छुटाउनुभयो कि?