सिके राउतका कार्यकर्ता पक्राउ, राज्यद्रोह मुद्धामा म्याद लिएर अुनसन्धान सुरु

Abhiyanpost Abhiyanpost
|
बुधबार, माघ २३, २०७५
|
|
३६ पटक हेरिएको
Shares
सिके राउतका कार्यकर्ता पक्राउ, राज्यद्रोह मुद्धामा म्याद लिएर अुनसन्धान सुरु

सारांश

  • काठमाडौं, २३ माघ ।
  • प्रहरीले जानकी गाउँपालिका–२ बाट सिके राउतका ९ जना कार्यकर्तालाई पक्राउ गरेको छ ।
  •  राम मनोहर यादवको सोमबार दाहसंस्कार गर्ने क्रममा विखण्डनकारी नाराबाजी गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

काठमाडौं, २३ माघ । प्रहरीले जानकी गाउँपालिका–२ बाट सिके राउतका ९ जना कार्यकर्तालाई पक्राउ गरेको छ । राम मनोहर यादवको सोमबार दाहसंस्कार गर्ने क्रममा विखण्डनकारी नाराबाजी गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेहरुमा सिराहाका बिसुनदेव ठाकुर, महोत्तरीका सन्तोष मण्डल, संजय यादव, सुनसरीका श्रीराम चौधरी, सप्तरीका सत्य नारायण शाह, सिराहाका सुदिप कुशवाहा, बाराका बिनोद यादव,  रौतहटका बिरेन्द्र शाह र पर्साका सञ्जय कुमार शाह रहेका छन् ।

पक्राउ परेका सिके राउतका कार्यकर्तामाथि राज्यद्रोह मुद्धामा म्याद लिएर अुनसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख (डिएसपी) रमेश बहादुर सिंहले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?