सिन्धुलीमा मतपेटिका लक्षित बम बिस्फोट

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर २१, २०७४
|
|
४० पटक हेरिएको
Shares
सिन्धुलीमा मतपेटिका लक्षित बम बिस्फोट

सारांश

  • सिन्धुलीको हरिहरपुरगढी गाँउपालिकाको क्यानेश्वरमा मतपेटिका बोकेको गाडिलाई लक्षित गरी बम बिस्फोट भएको छ ।
  • सडक भन्दा केही पर बम बिस्फोट भएपनि कुनै क्षति नभएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले रातोपाटीलाई जानकारी दिए ।
  • उनले मतपेटिका, कर्मचारी र सुरक्षाकर्मी सबै सुरक्षित रहेको बताएका छन् ।

सिन्धुलीको हरिहरपुरगढी गाँउपालिकाको क्यानेश्वरमा मतपेटिका बोकेको गाडिलाई लक्षित गरी बम बिस्फोट भएको छ ।

सडक भन्दा केही पर बम बिस्फोट भएपनि कुनै क्षति नभएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले रातोपाटीलाई जानकारी दिए ।
उनले मतपेटिका, कर्मचारी र सुरक्षाकर्मी सबै सुरक्षित रहेको बताएका छन् । साँझ मतदान केन्द्रबाट मतपेटिका बोकेर मुख्य निर्वाचन अधिकृतको कार्यालयतर्फ लैजाने क्रममा क्यान्सिर भन्ने ठाँउमा बम बिस्फोट भएको हो ।

सिन्धुलीमा बिभिन्न मतदान केन्द्रबाट मतपेटिका संकलनको काम भइरहेको र यो क्रम राती १२ बजे लाग्ने प्रजिअ दाहालले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?