आइतबार छापावाल सुनको मूल्य ३ लाख नाघ्यो

Abhiyanpost Abhiyanpost
|
आइतबार, श्रावण २४, २०८३
|
|
२८ पटक हेरिएको
Shares
आइतबार छापावाल सुनको मूल्य ३ लाख नाघ्यो

सारांश

  • नेपाली बजारमा सुनचाँदीको मूल्यले आइतबार पहिलोपटक प्रतितोला ३ लाख रुपैयाँ नाघेको छ।
  • नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार साताको पहिलो कारोबार दिनमै वृद्धि भएपछि स्थानीय बजारमा बहुमूल्य धातुको कारोबार रकम उच्च विन्दुमा पुगेको हो।
  • अन्तर्राष्ट्रिय बजारको उतारचढाव र आन्तरिक मागका कारण मूल्यमा व्यापक उकालो लागेपछि आइतबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाली बजारमा सुनचाँदीको मूल्यले आइतबार पहिलोपटक प्रतितोला ३ लाख रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार साताको पहिलो कारोबार दिनमै वृद्धि भएपछि स्थानीय बजारमा बहुमूल्य धातुको कारोबार रकम उच्च विन्दुमा पुगेको हो।

अन्तर्राष्ट्रिय बजारको उतारचढाव र आन्तरिक मागका कारण मूल्यमा व्यापक उकालो लागेपछि आइतबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबारको तुलनामा एकैदिन ४ हजार ८ सय रुपैयाँले बढेको हो।

महासङ्घले सार्वजनिक गरेको अद्यावधिक तथ्याङ्कअनुसार १० ग्राम सुनको मूल्य पनि बढेर २ लाख ५८ हजार ६ सय रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन शुक्रबार भने प्रतितोला सुन २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी,अघिल्लो मूल्यको तुलनामा प्रतितोला ६५ रुपैयाँले उकालो लागेपछि आइतबार चाँदीको कारोबार मूल्य ४ हजार ६ सय ४५ रुपैयाँ पुगेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?