सुन तस्करी प्रकरण : प्रहरीले माग्यो इन्टरपोलको सहयोग

Abhiyanpost Abhiyanpost
|
आइतबार, भाद्र १०, २०८०
|
|
५० पटक हेरिएको
Shares
सुन तस्करी प्रकरण : प्रहरीले माग्यो इन्टरपोलको सहयोग

सारांश

  • काठमाडौँ ।
  • नेपाल प्रहरीले सुन तस्करी प्रकरणमा विदेशी नागरिकहरूको समेत संलग्नता देखिएकाले इन्टरपोलको सहयोग मागेको छ ।
  • सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)लाई सहयोगका लागि पत्राचार गरेको छ ।

काठमाडौँ । नेपाल प्रहरीले सुन तस्करी प्रकरणमा विदेशी नागरिकहरूको समेत संलग्नता देखिएकाले इन्टरपोलको सहयोग मागेको छ ।

सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)लाई सहयोगका लागि पत्राचार गरेको छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले इन्टरपोल हङ्कङ र भारतलाई सहयोगका लागि पत्राचार गरिएको जानकारी दिए ।

गत साउन ३ गते हङ्कङबाट ल्याइएको ६० किलो सात सय १६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो । त्यसपछि अहिले सुन प्रकरणको अनुसन्धान सिआइबीले गरिरहेको छ । सिआइबीले हिजोमात्रै सुन प्रकरणका आवश्यक सूचना र जानकारी भए उपलब्ध गराइदिन अनुरोधसमेत गरेको छ ।

सुन प्रकरणमा भारतीय र चिनियाँ नागरिकसमेत संलग्न रहेको भन्दै त्यहाँ रहेको इन्टरपोलसँग समन्वयका लागि पत्राचार गरिएको प्रहरीको भनाइ छ । सुन प्रकरणमा संलग्न २३ जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलीको मन्त्रिपरिषद् भित्र को-को अटाउलान् ? सुरु भयो यी नेताको दौडधूप
ओलीको मन्त्रिपरिषद् भित्र को-को अटाउलान् ? सुरु भयो यी नेताको दौडधूप
सरकारको योजनामा प्रमुख बाधक नै मुख्यसचिव ?
सरकारको योजनामा प्रमुख बाधक नै मुख्यसचिव ?
को हुन् नवनिर्वाचित राष्ट्रपति पौडेल ?
को हुन् नवनिर्वाचित राष्ट्रपति पौडेल ?
७ हजार मतान्तरले आफू विजयीहुने मोदीको दाबी !
७ हजार मतान्तरले आफू विजयीहुने मोदीको दाबी !
अबदेखि संघसंस्थाले जग्गा बेच्न नपाउने
अबदेखि संघसंस्थाले जग्गा बेच्न नपाउने
रामचन्द्र पौडेलले कांग्रेस बैठकमा सुरुमै  दोस्रो चरणको निर्वाचनमा हारको कारण के हो ? भन्दै प्रश्न सोधे
रामचन्द्र पौडेलले कांग्रेस बैठकमा सुरुमै दोस्रो चरणको निर्वाचनमा हारको कारण के हो ? भन्दै प्रश्न सोधे
एम्बाप्पे रियल मड्रिड आउने हल्लालाई जिदानले अस्वीकार गरे
एम्बाप्पे रियल मड्रिड आउने हल्लालाई जिदानले अस्वीकार गरे
‘छाउ भएर चोख्खिएको दिन ठूलै कालबाट बाँचियो जस्तो लाग्छ’
‘छाउ भएर चोख्खिएको दिन ठूलै कालबाट बाँचियो जस्तो लाग्छ’
बालबालिकाको सुन लुट्ने महिला र ती किनेर स्वरुप परिर्वतन गरी बच्ने व्यक्ति पक्राउ
बालबालिकाको सुन लुट्ने महिला र ती किनेर स्वरुप परिर्वतन गरी बच्ने व्यक्ति पक्राउ
दुई महिनामा २० पटक हृदयघात भएकी बच्ची
दुई महिनामा २० पटक हृदयघात भएकी बच्ची

तपाईंले छुटाउनुभयो कि?