सुर्खेतमा चार सय उद्योग थपिए

Abhiyanpost Abhiyanpost
|
सोमबार, भाद्र २६, २०७४
|
|
३४ पटक हेरिएको
Shares
सुर्खेतमा चार सय उद्योग थपिए

सारांश

  • सुर्खेत, २६ भदौ ।
  • आर्थिक वर्ष २०७३÷७४ मा जिल्लामा ४३० उद्योग दर्ता भएका छन् ।
  • घरेलु तथा साना उद्योग विकास समितिका अनुसार सबैभन्दा बढी सेवामूलक उद्योग १३४ वटा दर्ता भएका छन् ।

सुर्खेत, २६ भदौ । आर्थिक वर्ष २०७३÷७४ मा जिल्लामा ४३० उद्योग दर्ता भएका छन् ।

घरेलु तथा साना उद्योग विकास समितिका अनुसार सबैभन्दा बढी सेवामूलक उद्योग १३४ वटा दर्ता भएका छन् । उत्पादनमूलक ७२, कृषि तथा वनजन्य १७०, पर्यटन उद्योग ८२ तथा ७२ वटा निर्माण उद्योग दर्ता भएका छन् ।

त्यसैगरी फर्निचर उद्योग, पोल्टी फर्म, वर्कसप, दूध डेरी, ब्युटीपार्लर, मौरीपालन तथा जडीबुटीलगायत उद्योग दर्ता भएका छन् । कार्यालयका वरिष्ठ लेखा अधिकृत इन्द्रबहादुर थापाका अनुसार अघिल्ला आवको तुलनामा यस वर्ष उद्योग दर्ताको संख्या बढेको छ ।

उद्योगका लागि आवश्यक मेसिन र औजारमा अनुदान सहयोग र विभिन्न तालीमको व्यवस्था गरेपछि उद्योगको संख्या बढेको उहाँको भनाइ छ । सबैभन्दा बढी चैतमा ६४ वटा उद्योग दर्ता भएका छन् ।

यस वर्ष नवीकरण नगरी निष्क्रिय रहेका ३८ वटा उद्योग खारेजीमा परेका छन् । कतिपय उद्योग कच्चा पदार्थको अभाव र मेसिनरी सामान नपाउँदा बन्द भएका छन् । कच्चा पदार्थको अभावमा ढाका र नेपाली हाते कागजका उद्योग बन्द भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतमा मोटरसाइकल दुर्घटनामा एक नेपालीको मृत्यु, एक घाइते
भारतमा मोटरसाइकल दुर्घटनामा एक नेपालीको मृत्यु, एक घाइते
सिरहामा एमाले नेताको घर पुरै रक्ताम्मे, नेताको घाँटी रेटेर हत्या .
सिरहामा एमाले नेताको घर पुरै रक्ताम्मे, नेताको घाँटी रेटेर हत्या .
रामचन्द्र पौडेलद्वारा देउवालाई आफ्नो समूहबाट मन्त्री बन्नेहरुको नाम सिफारिश
रामचन्द्र पौडेलद्वारा देउवालाई आफ्नो समूहबाट मन्त्री बन्नेहरुको नाम सिफारिश
पाल्पामा जिप दुर्घटना एक बालकको मृत्यु, ७ घाइते
पाल्पामा जिप दुर्घटना एक बालकको मृत्यु, ७ घाइते
युवा संघ नेपालको नवौ राष्टिय महाधिवेशन २०७४ असोज २२ देखि २४ गते सम्म काठमाण्डौमा….
युवा संघ नेपालको नवौ राष्टिय महाधिवेशन २०७४ असोज २२ देखि २४ गते सम्म काठमाण्डौमा….
प्राइम कमर्सियल बैंकको ३५ लाख कित्ता ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
प्राइम कमर्सियल बैंकको ३५ लाख कित्ता ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
तीन सयभन्दा बढी सवारी साधन केरुङ प्रस्थान
तीन सयभन्दा बढी सवारी साधन केरुङ प्रस्थान
झापा क्षेत्र ३ बाट काग्रेसका कृष्ण सिटौलालाई हराउदै राप्रपाका राजेन्द्र लिङदेन विजयी
झापा क्षेत्र ३ बाट काग्रेसका कृष्ण सिटौलालाई हराउदै राप्रपाका राजेन्द्र लिङदेन विजयी
क्षेत्रीय कारागार सञ्चालनमा नआउँदा कैदीलाई समस्या
क्षेत्रीय कारागार सञ्चालनमा नआउँदा कैदीलाई समस्या
यी ५ राशी भएका युवतीले प्रेममा कहिल्यै धोका दिदैनन्
यी ५ राशी भएका युवतीले प्रेममा कहिल्यै धोका दिदैनन्

तपाईंले छुटाउनुभयो कि?