क्षेत्रीय कारागार सञ्चालनमा नआउँदा कैदीलाई समस्या

Abhiyanpost Abhiyanpost
|
मंगलबार, चैत्र २८, २०७९
|
|
५७ पटक हेरिएको
Shares
क्षेत्रीय कारागार सञ्चालनमा नआउँदा कैदीलाई समस्या

सारांश

  • खजुरा ।
  • बाँकेको नौवस्तामा नवनिर्मित क्षेत्रीय कारागार सञ्चालनमा नआउँदा कैदीबन्दी व्यवस्थापनमा कठिनाइ भएको छ ।
  • तीन सय ५० जनाको क्षमताको नेपालगन्ज कारागारमा हाल आठ सय ३९ कैदीबन्दी छन् ।

खजुरा । बाँकेको नौवस्तामा नवनिर्मित क्षेत्रीय कारागार सञ्चालनमा नआउँदा कैदीबन्दी व्यवस्थापनमा कठिनाइ भएको छ । तीन सय ५० जनाको क्षमताको नेपालगन्ज कारागारमा हाल आठ सय ३९ कैदीबन्दी छन् ।

महिला थुनुवालाई बर्दिया जिल्ला कारागारमा स्थानान्तरण गरी दुईवटै ब्लकमा पुरुष कैदीबन्दीलाई राखिएको छ । बाँके कारागारको ब्लक ‘ए’मा छ सय १७ र ब्लक ‘बी’ मा दुई सय ३२ कैदीबन्दी राखिएको जेलर अर्जुनजङ्ग शाहले बताए । उनका अनुसार ब्लक ए दुई सय ५० क्षमताको हो भने ब्लक बी एक सय क्षमताको हो ।

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा थुनुवाहरु खचाखच स्थितिमा बस्न बाध्य छन् । क्षमताभन्दा बढी कैदीबन्दी भएकाले खानेपानी, शौचालयलगायतको समस्या छ भने वर्षौँदेखि जीर्ण भवनले कैदीबन्दीलाई बस्न समस्या छ ।

तीन हजार कैदीबन्दी राख्ने क्षमतासहित बाँकेको नौबस्तामा नौ बिघाको क्षेत्रफलमा निर्माणाधीन सुविधासम्पन्न क्षेत्रीय कारागार सञ्चालनमा अझै आउन सकेको छैन । “अर्थ मन्त्रालयले बजेट रोकेपछि क्षेत्रीय कारागार कहिले सञ्चालनमा आउँछ भन्ने कुराको कुनै टुङ्गो छैन”, जेलर शाहले भने, “बजेट रोकिदिएकाले कर्मचारी व्यवस्थापन हुन नसक्दा क्षेत्रीय कारागार सञ्चालनमा आउन सकेको छैन ।”

जिल्लाको गनापुरमा भवन निर्माण भएको वर्षौँ बितिसक्दा खुला कारागार सञ्चालनमा आएको छैन । खुला कारागार सञ्चालन कार्यविधि बन्न नसक्दा सञ्चालनमा ढिलाइ भएको हो । कारागार सञ्चालन तथा व्यवस्थापनमा कानुनी अड्चनका कारण करोडौँ लगानी गरेर निर्माण गरिएका भौतिक संरचना त्यत्तिकै थन्किएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गीत जस्ताको तस्तै अपलोड गर्न पशुपतिलाई आग्रह, दवावले गीत हटाएको गायकको दावी
गीत जस्ताको तस्तै अपलोड गर्न पशुपतिलाई आग्रह, दवावले गीत हटाएको गायकको दावी
गर्भ भाडामा लगाउने नेपाली युवतीहरुको संख्या बढ्यो ! कति पाउछन् गर्भ भाडामा लगाउँदा ?
गर्भ भाडामा लगाउने नेपाली युवतीहरुको संख्या बढ्यो ! कति पाउछन् गर्भ भाडामा लगाउँदा ?
बिहानै राँगोले काठमाडौँको न्यूरोड कालीमाटी क्षेत्रमा मच्चायो आतंक
बिहानै राँगोले काठमाडौँको न्यूरोड कालीमाटी क्षेत्रमा मच्चायो आतंक
‘…ओली उपप्रधानमन्त्री बन्न सक्नुहुने थिएन’ : माधवकुमार नेपाल
‘…ओली उपप्रधानमन्त्री बन्न सक्नुहुने थिएन’ : माधवकुमार नेपाल
Donald Trump hits back at Robert De Niro
Donald Trump hits back at Robert De Niro
सेवाग्राहीलाई सूचना प्रदान गर्दा अनिवार्य रुपमा सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने !
सेवाग्राहीलाई सूचना प्रदान गर्दा अनिवार्य रुपमा सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने !
गणतन्त्र दिवसमा ४ सय ३४ कैदीलाई माफी दिइदै
सरकारी कर्मचारीकै मिलेमतोमा सिंगो बस्ती व्यक्तिलाई नामसारी
सरकारी कर्मचारीकै मिलेमतोमा सिंगो बस्ती व्यक्तिलाई नामसारी
अनिवार्यरुपमा आचारसंहिता पालना गर्न आग्रह
अनिवार्यरुपमा आचारसंहिता पालना गर्न आग्रह
मन्त्री बास्कोटाको राजीनामा नदिने अडान, टेपबारे आजै बोल्ने
मन्त्री बास्कोटाको राजीनामा नदिने अडान, टेपबारे आजै बोल्ने

तपाईंले छुटाउनुभयो कि?