अनिवार्यरुपमा आचारसंहिता पालना गर्न आग्रह

Abhiyanpost Abhiyanpost
|
मंगलबार, कार्तिक २१, २०७४
|
|
४८ पटक हेरिएको
Shares
अनिवार्यरुपमा आचारसंहिता पालना गर्न आग्रह

सारांश

  • मुख्य निर्वाचन अधिकृतको कार्यालय, दाङले राजनीतिक दल तथा उम्मेदवारलाई अनिवार्यरुपमा आचारसंहिता पालना गर्न आग्रह गरेको छ ।
  • कार्यालयले सोमबार घोराहीमा राजनीतिक दल तथा उम्मेदवारलाई बोलाई निर्वाचन आचारसंहिता अनिवार्यरुपमा पालना गर्न आग्रह गरेको हो ।
  • मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले दलहरुले आफैँ बनाएको चुनावी नियमलाई पालना गरी शान्तिपूर्ण र भयरहित वातावरणमा चुनावमा होमिन आग्रह गर्नुभयो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय, दाङले राजनीतिक दल तथा उम्मेदवारलाई अनिवार्यरुपमा आचारसंहिता पालना गर्न आग्रह गरेको छ ।

कार्यालयले सोमबार घोराहीमा राजनीतिक दल तथा उम्मेदवारलाई बोलाई निर्वाचन आचारसंहिता अनिवार्यरुपमा पालना गर्न आग्रह गरेको हो ।

मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले दलहरुले आफैँ बनाएको चुनावी नियमलाई पालना गरी शान्तिपूर्ण र भयरहित वातावरणमा चुनावमा होमिन आग्रह गर्नुभयो । आचारसंहिता पालना गरे चुनाव निष्पक्ष, शान्त, भयरहित र नमूना बन्ने भन्दै उहाँले प्रचार सामग्रीमा टिसर्ट, टोपी, झोलाको प्रयोग नगर्न आग्रह गर्नुभयो ।

चुनावमा बालबालिकाको पनि प्रयोग नगर्न भन्दै उहाँले प्रतिनिधि सभा सदस्यका उम्मेदवारले चारवटा हलुका चारपांग्रे गाडी र चारवटा मोटरसाइकल, प्रदेश सभा सदस्यले दुईवटा हलुका चारपांग्रे गाडी र चारवटा मोटरसाइकल मात्रै प्रयोग गर्न पाउने बताउनुभयो ।

आचारसंहिता पटक–पटक उल्लंघन गरी अटेरी गरे उम्मेदवारको उम्मेदवारी रद्धसमेत गर्न आफूहरु बाध्य हुने मुख्य निर्वाचन अधिकृत रावलले चेतावनी दिनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले निर्वाचनमा सुरक्षाको कुनै कमी नहुने तर आचारसंहिता सबैले पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सहभागीहरुले विगतका चुनावमा आचारसंहिताको व्यापक उल्लंघन हुँदा पनि नियामक निकाय मुकदर्शक बनेको भन्दै अहिले कडाइ गर्न सुझाव दिएका छन् । उनीहरुले निर्वाचन आचारसंहिता पूर्णरुपले पालना गर्ने पनि बताएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिन्धुपाल्चोक २ मा शेरबहादुरले पशुपति शमशेरलाई ७ हजार मतान्तरले हराए
सिन्धुपाल्चोक २ मा शेरबहादुरले पशुपति शमशेरलाई ७ हजार मतान्तरले हराए
कर्नाटकमा पनि भाजपाकै सरकार
कर्नाटकमा पनि भाजपाकै सरकार
लामो बाटो कि बाख्रोपाठो पुख्र्यौली उखानलाई चरितार्थ गर्दै युवा
लामो बाटो कि बाख्रोपाठो पुख्र्यौली उखानलाई चरितार्थ गर्दै युवा
प्रत्येक तहमा मैथिली शिक्षा लागू हुन्छ: मन्त्री पोखरेल
प्रत्येक तहमा मैथिली शिक्षा लागू हुन्छ: मन्त्री पोखरेल
उपनिर्वाचनको भोलीपल्टै किन पुगे पूर्वराजा मध्यपश्चिम ?
उपनिर्वाचनको भोलीपल्टै किन पुगे पूर्वराजा मध्यपश्चिम ?
कोरोनाभाइरसको संक्रमणबाट जोगिन भन्दै मिसावटयुक्त रक्सी पिउँदा ३६ जनाको मृत्यु
कोरोनाभाइरसको संक्रमणबाट जोगिन भन्दै मिसावटयुक्त रक्सी पिउँदा ३६ जनाको मृत्यु
महिषासुरको नाश भएपछि देशमा शान्ति आउँछ : ओली
महिषासुरको नाश भएपछि देशमा शान्ति आउँछ : ओली
गाईघाटमा चार युवा लागूऔषधसहित पक्राउ
गाईघाटमा चार युवा लागूऔषधसहित पक्राउ
बेलायतका राजकुमार ह्यारीले निकुञ्ज भ्रमण गरेयता निकुञ्जमा पर्यटक बढे
बेलायतका राजकुमार ह्यारीले निकुञ्ज भ्रमण गरेयता निकुञ्जमा पर्यटक बढे
नेपाल पत्रकार महासङ उदयपुरले बुझायो प्र.जी.अ.मार्फत ध्यानाकर्षण पत्र
नेपाल पत्रकार महासङ उदयपुरले बुझायो प्र.जी.अ.मार्फत ध्यानाकर्षण पत्र

तपाईंले छुटाउनुभयो कि?