सुर्य चिन्हका लागि रस्साकस्सी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ७, २०७७
|
|
३७ पटक हेरिएको
Shares
सुर्य चिन्हका लागि रस्साकस्सी

सारांश

नेपाल कम्युनिस्ट पार्टी औपचारिक विभाजन हुनमात्र बाँकी छ । अब विभाजित पार्टीमा एउटाको नेतृत्व केपी शर्मा ओलीले गर्नेछन् भने अर्कोको नेतृत्व पुष्पकमल दाहाल प्रचण्डले गर्दैछन् ।

नेकपा विभाजनपूर्व प्रधानमन्त्री ओलीले राजनीतिक दलसम्बन्धी विधयेक ल्याउने चर्चा छ । निर्वाचन आयोगमा उनीविरोधी पक्षधरले कारबाहीको जानकारी दर्ता गरिसकेको अवस्था छ । अब उनी पक्षधर केन्द्रीय कमिटी बैठक बसेकाले प्रचण्डलाई पनि कारबाहीको निर्णय गरी निर्वाचन आयोगमा दर्ता गर्ने तयारी भएको बुझिएको छ ।

दल विभाजनको अवस्थामा नेकपाभित्र सुर्य चिन्हका लागि मुख्य लडाईं हुनसक्छ । बहुमत केन्द्रीय कमिटी रहेकाले कानुनत आफूले पार्टी, झण्डा र चुनाव चिन्ह पाउनुपर्ने प्रचण्ड पक्षको दाबी हुनसक्छ । तर, ओलीले अध्यक्ष आफू भएकाले चुनाव चिन्हको दाबी गर्न सक्छन् । यो अवस्थामा दुवै पक्षबीच रस्साकस्सी हुनसक्छ ।
नेकपाभित्र स्थायी कमिटी र केन्द्रीय कमिटीमा बलियो हुन दुवै पक्ष सक्रिय छन् । तटस्थलाई पनि आफ्नो पक्षमा पार्ने तयारी भइरहेको छ । प्रधानमन्त्री ओलीले मन्त्रीको प्रस्ताव गरी धेरैलाई तान्ने तयारी गरेको बुझिएको छ । तटस्थमा रहेका बामदेव गौतम, टोपबहादुर रायमाझी, मणि थापा, हरिबोल गजुरेललाई पनि ओली पक्षले आश्वासन दिएको बुझिएको छ । तर, यी नेताहरु पर्ख र हेरको अवस्थामा छन् ।

बहुमत केन्द्रीय सदस्य हुनेको साथमा पार्टी, चुनाव चिन्ह र झण्डा रहने व्यवस्था छ । तर, अहिलेको राजनीतिक दलसम्बन्धी व्यवस्थाले नेकपा फट्न सक्दैन । विधयेक अनिवार्य भएकाले यो ल्याउनसक्ने प्रधानमन्त्री ओलीमात्र छन् । यसले नेकपाभित्र फेरि विधयेकको चलखेल हुने देखिदैछ । विशेषगरी सुर्य चिन्हका लागि रस्साकस्सी पर्दैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी सर्वेक्षकलाई घुस लिँदालिँदै आज पक्राउ गरेको छ
नेपाली कांग्रेलाइ बजेट: हात्ती आयो, हात्ती आयो फुस्सा !
नेपाली कांग्रेलाइ बजेट: हात्ती आयो, हात्ती आयो फुस्सा !
आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?
आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?
साढे ४९ अर्ब बराबरको आइपिओ जारी गर्न ८० कम्पनी पाइपलाइनमा
साढे ४९ अर्ब बराबरको आइपिओ जारी गर्न ८० कम्पनी पाइपलाइनमा
कर्णालीमा एमालेका मन्त्रीद्वारा सरकारबाट राजीनामा
कर्णालीमा एमालेका मन्त्रीद्वारा सरकारबाट राजीनामा
आरआर क्याम्पसमा विद्यार्थीबीच झडप, दुई घाइते
आरआर क्याम्पसमा विद्यार्थीबीच झडप, दुई घाइते
स्ववियु निर्वाचनः मतदान जारी
स्ववियु निर्वाचनः मतदान जारी
वर्षाका कारण बाटो अवरुद्ध
हवाई यात्राको भाडा घट्यो
हवाई यात्राको भाडा घट्यो
माथिल्लो तामाकोशीमा सकस
माथिल्लो तामाकोशीमा सकस

तपाईंले छुटाउनुभयो कि?