स्वास्थ्य चौकीमा बच्चा जन्माउनेलाई छ हजार भत्ता !

Abhiyanpost Abhiyanpost
|
बिहिबार, श्रावण २४, २०७५
|
|
५० पटक हेरिएको
Shares
स्वास्थ्य चौकीमा बच्चा जन्माउनेलाई छ हजार भत्ता !

सारांश

  • उर्लाबारी, २४ साउन ।
  • कानेपोखरी गाउँपालिकाले स्थानीय स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई रु छ हजार ८०० भत्ता दिने निर्णय गरेको छ ।
  • कानेपाखेरी–४ स्थित बयरवन स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई गाउँपालिकाले रु पाँच हजार र स्वास्थचौकीले रु एक हजार ८०० उपलब्ध गराउने भएको हो ।

उर्लाबारी, २४ साउन । कानेपोखरी गाउँपालिकाले स्थानीय स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई रु छ हजार ८०० भत्ता दिने निर्णय गरेको छ । कानेपाखेरी–४ स्थित बयरवन स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई गाउँपालिकाले रु पाँच हजार र स्वास्थचौकीले रु एक हजार ८०० उपलब्ध गराउने भएको हो । आर्थिक वर्ष ०७५÷७६ को बजेटमा परेको उक्त रकम साउन महिनादेखि दिने निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता सुशील बुढाथोकीले बताए ।

यो सुविधा जुनसुकै स्थानबाट आएका नेपाली नागरिकलाई दिइने छ । प्रसूतिगृहमा प्रसूति गराउन ल्याएर स्वास्थ्य चौकीले अर्काे अस्पतालमा सिफारिस गर्नुपरेमा त्यस्ता सुत्केरीलाई एम्बुलेन्सबापत रु दुई हजार भाडा समेत दिइने स्वास्थ्य चौकी सञ्चालन समितिका अध्यक्ष तथा वडा नं ४ का वडाध्यक्ष धनबहादुर राईले जानकारी दिए । स्वास्थ्य चौकीले प्रदान गर्ने रु एक हजार ८००को हकमा भने नियमित जाँच गराएको हुनुपर्ने स्वास्थ्य चौकीका प्रमुख कामेश्वर अधिकारीले बताउनुभयो । उक्त स्वास्थ्य चौकीले २४ सै घण्टा प्रसूति सेवा दिइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फोरम नेपाललाइ हराउन राजपाले चुनाबमा भाग नलिएको ठूलो खतर्नाक खुलाशा, !
अरुण–जरायोटार खानेपानी आयोजनाको काममा ढिलाइ
अरुण–जरायोटार खानेपानी आयोजनाको काममा ढिलाइ
कोरोनाभाइरसको ‘उच्च अवस्था’सँग जुझ्न अमेरिका सक्षम रहेको ट्रम्पको दाबी
कोरोनाभाइरसको ‘उच्च अवस्था’सँग जुझ्न अमेरिका सक्षम रहेको ट्रम्पको दाबी
ओम छिनालले ल्याए मुटुनै झसङ्ग बनाउने लोकदोहोरी गीत (भिडियोसहित)
ओम छिनालले ल्याए मुटुनै झसङ्ग बनाउने लोकदोहोरी गीत (भिडियोसहित)
यस्तो निर्णय गर्दैछ भारतीय दूतावासमा कांग्रेस, माओवादी र राजपा नेताहरुले ?
यस्तो निर्णय गर्दैछ भारतीय दूतावासमा कांग्रेस, माओवादी र राजपा नेताहरुले ?
जेठ १५ गतेको राशीफल यस्तो छ, आज कुनै राशीलाई मुद्दामामिला लाग्नेदेखि विदेश भ्रमणसम्मको योग
जिप दुर्घटनामा दुईको मृत्यु, आठ घाइते
जिप दुर्घटनामा दुईको मृत्यु, आठ घाइते
संशोधन प्रस्ताव पारित गर्न सबै दलसँग थप छलफल गरिने
संशोधन प्रस्ताव पारित गर्न सबै दलसँग थप छलफल गरिने
खेलकुदमय पूर्वी नेपाल…सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक रुपमा सुरु!!!
खेलकुदमय पूर्वी नेपाल…सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक रुपमा सुरु!!!
आजको मौसमः चार प्रदेशमा पानी पर्ने
आजको मौसमः चार प्रदेशमा पानी पर्ने

तपाईंले छुटाउनुभयो कि?