सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा प्रधानमन्त्री ओली प्रत्यक्ष संलग्न रहेको घिमिरेको खुलासा

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, फाल्गुन ९, २०७६
|
|
५२ पटक हेरिएको
Shares
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा प्रधानमन्त्री ओली प्रत्यक्ष संलग्न रहेको घिमिरेको खुलासा

सारांश

  • काठमाडौं, ९ फागुन ।
  • सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि सेटिङ मिलाउन प्रधानमन्त्री केपी शर्मा ओली नै प्रत्यक्ष संलग्न भएको भन्दै वरिष्ठ पत्रकार युवराज घिमिरेले सनसनीपूर्ण खुलासा गरेका छन् ।
  • ओलीले सम्बन्धित मुलुकका राजदूतलाई बोलाएर प्रिन्टिङ प्रेस विक्रीकर्ता कम्पनिको स्थानीय एजेन्ट आफू निकट व्यापारीलाई बनाउन समेत भनेको खुलासा गरेका हुन् ।

काठमाडौं, ९ फागुन । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि सेटिङ मिलाउन प्रधानमन्त्री केपी शर्मा ओली नै प्रत्यक्ष संलग्न भएको भन्दै वरिष्ठ पत्रकार युवराज घिमिरेले सनसनीपूर्ण खुलासा गरेका छन् । ओलीले सम्बन्धित मुलुकका राजदूतलाई बोलाएर प्रिन्टिङ प्रेस विक्रीकर्ता कम्पनिको स्थानीय एजेन्ट आफू निकट व्यापारीलाई बनाउन समेत भनेको खुलासा गरेका हुन् ।

‘मलाई कुटनीतिक स्रोतमार्फत् थाहा छ कि प्रधानमन्त्री स्वयं त्यसमा आफू नजिकका कुनै बिजनेश हाउसका लागि इन्टेरेन्टेड हुनुहुन्थ्यो,’ घिमिरेले प्राइम टाइम टेलिभिजनको जनता जान्न चाहन्छन्मा हिजो ऋषि धमलासँग भने, ‘प्रधानमन्त्रीले सम्बन्धित मुलुकका राजदूतलाई बोलाएर तिमीहरुले आफ्नो लोकल एजेन्ट मेरा मान्छेलाई देउ भन्नुभएको थियो । त्यसपछि हामी सोचौंला भन्नुभएको थियो ।’

घिमिरेले कुन देशका राजदूतलाई बोलाएर त्यसो भनेको स्पष्ट नपारेपनि घुमाउरो ढंगले फ्रेन्च राजदूततर्फ संकेत गरे । उनले भने, ‘प्रतिष्पर्धी कम्पनि फ्रेन्च थियो ।’ बिजनेश हाउसका मान्छेको नाम नखुलाएपनि ती व्यक्ति हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पा थिए । शेर्पाको निधनपछि लोकल एजेन्टमा अर्को व्यक्तिको नाम राखिएको थियो ।

नाजायज कन्ट्रयाक्टको दौडमा हार खाएपछि प्रतिष्पर्धी अर्को पक्षले यस्तो विषय बाहिर ल्याउने समेत बताए । उनले भने, ‘नाजायज कन्ट्रयाक्टको दौडमा जब हार खान्छ तब मिडियाले सूचना पाउँछ । त्यसले लिक गर्छ ।’ यसकारण पनि घटनाको सूचना बाहिर आएको उनको भनाई थियो ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा सेटिङमा संलग्न भएको अडियो टेप बाहिर आएपछि सञ्चारमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएपछि यसबारे चासो बढिरहँदा वरिष्ठ पत्रकार घिमिरेको भनाई सार्वजनिक भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेप्से परिसूचकमा ३० अङ्कको गिरावट
नेप्से परिसूचकमा ३० अङ्कको गिरावट
सोनम कपूरकाे विहेका मुख्य गुरुसहित पुजारीविरुद्ध कारवाहीको माग गर्दै उजुरी !
सोनम कपूरकाे विहेका मुख्य गुरुसहित पुजारीविरुद्ध कारवाहीको माग गर्दै उजुरी !
चुनावमा खटिएकाले भोट हाल्नेबारे निर्णय गर्न सर्वोच्चले आयोगलाई नै दियो अधिकार
चुनावमा खटिएकाले भोट हाल्नेबारे निर्णय गर्न सर्वोच्चले आयोगलाई नै दियो अधिकार
१५ दिनभित्र कलंकी-चक्रपथभित्रका घर टहरा आफै नहटाए डोजरले भत्काउने
१५ दिनभित्र कलंकी-चक्रपथभित्रका घर टहरा आफै नहटाए डोजरले भत्काउने
Newlyweds Rubina Dilaik and Abhinav Shukla back in Mumbai, enter their love nest!
Newlyweds Rubina Dilaik and Abhinav Shukla back in Mumbai, enter their love nest!
पेरुमाथि कोलम्बियाको फराकिलो जित
पेरुमाथि कोलम्बियाको फराकिलो जित
नेपाल लाइफ इन्स्योरेन्सको ब्रान्च म्यानेजर्स कन्फरेन्स सम्पन्न,उत्कृष्ठ १ सय एजेन्ट र एजेन्सी म्यानेजर नगदसहित पुरस्कृत
नेपाल लाइफ इन्स्योरेन्सको ब्रान्च म्यानेजर्स कन्फरेन्स सम्पन्न,उत्कृष्ठ १ सय एजेन्ट र एजेन्सी म्यानेजर नगदसहित पुरस्कृत
भुरा र मझौला पछि अब ठूला माछा समाउने पालो : गृहमन्त्री बादल
भुरा र मझौला पछि अब ठूला माछा समाउने पालो : गृहमन्त्री बादल
सोमबार ३३८ कोरोना संक्रमित थपिए, १४० जना डिस्चार्ज
सोमबार ३३८ कोरोना संक्रमित थपिए, १४० जना डिस्चार्ज
निल गाई मारेको अभियोगमा दुई पक्राउ
निल गाई मारेको अभियोगमा दुई पक्राउ

तपाईंले छुटाउनुभयो कि?