स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउँदै उपमहानगर

Abhiyanpost Abhiyanpost
|
बुधबार, माघ ३, २०८०
|
|
६१ पटक हेरिएको
Shares
स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउँदै उपमहानगर

सारांश

  • अत्तरिया (कैलाली) ।
  • कैलालीको धनगढी उपमहानगरपालिकाले स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउँदै लगेको छ ।
  • पछिल्लो समय उपमहानगरले ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ कार्यक्रम सञ्चालन गरेर नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाएको हो ।

अत्तरिया (कैलाली) । कैलालीको धनगढी उपमहानगरपालिकाले स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउँदै लगेको छ । पछिल्लो समय उपमहानगरले ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ कार्यक्रम सञ्चालन गरेर नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाएको हो ।

उपमहानगरले आर्थिक अभावले उपचार गर्न नसक्ने गरिब तथा विपन्न नागरिकलाई घरदैलोमा पुगेर निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा दिने उद्देश्यले गत आर्थिक वर्ष २०७९/८० को साउनदेखि सुरु गरेको उक्त कार्यक्रम प्रत्येक महिना १९ वटै वडामा सञ्चालन गर्दै आएको उपमहानगरका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले जानकारी दिए । वडा स्वास्थ्य क्लिनिकमा एकजना जनरल फिजिसियन र एकजना स्त्री तथा प्रसूति रोग विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा दिँदै आइएको उनले बताए ।

चालु आवको साउनदेखि पुस मसान्तसम्म छ महिनामा यक्त कार्यक्रममार्फत १७ हजार पाँच सय ३१ जनाले निःशुल्क उपचार सेवा लिएका प्रमुख अवस्थीले जानकारी दिए । उनका अनुसार सो अवधिमा १३ हजार नौ सय ६३ महिला र तीन हजार पाँच सय ६८ पुरुषले सेवा लिएका छन् ।

शाखा प्रमुख अवस्थीका अनुसार छ हजार पाँच सय ६० महिला, दुई हजार सात सय ७८ पुरुष गरी नौ हजार तीन सय ३८ जनाले जनरल फिजिसियनबाट र तीन हजार पाँच सय छ जना महिलाले स्त्री तथा प्रसूति रोग विशेषज्ञबाट सेवा लिएका छन् । त्यस्तै, तीन हजार आठ सय ९७ महिला र सात सय ९० पुरुष गरी चार हजार छ सय ८७ जनाले आँखासम्बन्धी सेवा लिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ । सो अवधिमा सेवा लिनेमध्ये दुई हजार तीन सय ९४ जना ७० वर्षभन्दा माथिका रहेका छन् ।

क्लिनिकमा प्रयोगशाला, अल्ट्रासाउण्ड, इसिजी, फिजिसियन, स्त्री तथा प्रसूति रोग, निजी अस्पतालसँगको समन्वयमा आँखा, दाँत, हाडजोर्नी, मानसिकलगायतका रोगसम्बन्धी सेवा दिइरहेको उपमहानगरले जनाएको छ ।

सो अवधिमा दुई हजार सात सय ९८ ले निःशुल्क प्रयोगशाला जाँच, दुई हजार तीन सय २४ जना गर्भवतीले सेवा लिएकामा एक हजार चार सय ७८ ले निःशुल्क अल्ट्रासाउण्ड सेवा लिएका शाखा प्रमुख अवस्थीले बताए । क्लिनिक कार्यक्रमबाट ग्रामीण क्षेत्रका विपन्न नागरिकले सहजरुपमा विशेषज्ञ स्वास्थ्य सेवा पाइरहेको उनको भनाइ थियो ।

उपमहानगर प्रमुख गोपाल हमालले आर्थिक अवस्था कमजोर भएर स्वास्थ्य उपचारबाट वञ्चित भएका नागरिकलाई लक्षित गरी ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ कार्यक्रम सञ्चालन गरिएको बताए । “ग्रामिण क्षेत्रमा कतिपयको कुखुरा बेचेर उपचार गर्नुपर्ने अवस्था छ । यो सेवा त्यस्ता नागरिकका लागि लक्षित गरी सञ्चालन गरेका हौँ”, उनले भने । यो सेवालाई अझै विस्तार गर्दै लगिने उनको भनाइ थियो ।

गत आवमा वडा स्वास्थ्य क्लिनिकबाट ३५ हजार छ सय १९ महिला र १० हजार ७० पुरुष गरी ४५ हजार छ सय ८९ जनाले सेवा लिएका प्रमुख हमालले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसले चारवटा प्रदेशमा उम्मेदवार टुङ्ग्यायो (नामावलीसहित)
कांग्रेसले चारवटा प्रदेशमा उम्मेदवार टुङ्ग्यायो (नामावलीसहित)
बाला चतुर्दर्शीको अबसरमा पशुपति मन्दिर परिसरमा भक्तजनहरुको भिड बड्दो ।(फाेटाे फिचर)
बाला चतुर्दर्शीको अबसरमा पशुपति मन्दिर परिसरमा भक्तजनहरुको भिड बड्दो ।(फाेटाे फिचर)
देशभर ७१ वटा स्मार्ट पेट्रोलपम्प खुल्ने:सेना र प्रहरीले पम्प खोल्ने जग्गा नै पाएनन्
देशभर ७१ वटा स्मार्ट पेट्रोलपम्प खुल्ने:सेना र प्रहरीले पम्प खोल्ने जग्गा नै पाएनन्
विकिलिक्सका संसार हल्लाउने ५ खुलासा यस्ता छन्
विकिलिक्सका संसार हल्लाउने ५ खुलासा यस्ता छन्
गोरखाको विकास बाबुरामले होइन, माओवादीले गरेको होः श्रेष्ठ
गोरखाको विकास बाबुरामले होइन, माओवादीले गरेको होः श्रेष्ठ
पूर्व सैनिक शासक मुसर्रफको पार्थिव शरीर पाकिस्तान ल्याइने
पूर्व सैनिक शासक मुसर्रफको पार्थिव शरीर पाकिस्तान ल्याइने
पहिलो पटक यौन सम्पर्क गर्दा ध्यान दिनुपर्ने ९ महत्वपूर्ण कुराहरु
पहिलो पटक यौन सम्पर्क गर्दा ध्यान दिनुपर्ने ९ महत्वपूर्ण कुराहरु
मन्त्रालयले बनायो वार्ता टोली
गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै
गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै
काँग्रेसलाई सुधारको खाँचो छ, सभापतिलाई दबाब दिन्छु : नेता सिंह
काँग्रेसलाई सुधारको खाँचो छ, सभापतिलाई दबाब दिन्छु : नेता सिंह

तपाईंले छुटाउनुभयो कि?