हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने चाहना पूरा हुन दिन्न : केपी ओली
सारांश
- Listen to this article 0:00 / 0:00 Generating audio for you.
- .
- .
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसले हुँदै नभएको ‘बहुराष्ट्र’ लाई चुनावी नारा बनाएको आरोप लगाउनु भएको छ ।
अध्यक्ष ओलीले संविधान संशोधन गर्ने र बहुराष्ट्रको माग सम्बोधन गर्ने प्रतिवद्धता पूरा गरेर देखाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौति पनि दिनु भयो ।
सोमबार काठमाडौंको कपनमा आयोजित बाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले मुलुकलाई खण्डित गर्न खोज्नेहरुलाई जनताले निर्वाचनमार्फत् पराजित गर्ने दावी समेत गर्नु भयो ।
अध्यक्ष ओलीले मधेश केन्द्रित दलहरुप्रति लक्षित गर्दै हामी नेपाली, हाम्रो नेपाल भन्न लाज मान्नेहरुलाई जनताले निर्वाचनमा पराजित गरिदिने पनि बताउनु भयो ।
अध्यक्ष ओलीले जातीयताका आधारमा ‘बहुराष्ट्र’ भन्नेहरुलाई साथ दिएर काँग्रेसले मुलुकलाई टुक्रयाउन खोजिरहेको आरोप पनि लगाउनु भयो । उहाँले हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने चाहना पूरा हुन नदिने अडान पनि दोहोर्उनु भयो ।
Gyan Prasad Gauchan
Ok
Kulbahadur Bohra
Good
Naren Limbu
We are with u
Jaya Neupane Gorkhali
Kun chhain Nepali le Hindi vasa lai rasteiya basa banauna dinxa??yeato Hawa kuraharu ko bisayelai xaddeu….baru briddha vatta aajhai 1000 badhaideu jityau laaa…..buda pakha haru ko vot aaula ni….
Tiljapun Magar
कदापी हुन दिने छैनौं
Ramesh Bist
G00d
Durga Rana
Good k .p. g