हिमालयको उद्धार उडान तालिका सार्वजनिक

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आषाढ ३०, २०७७
|
|
३७ पटक हेरिएको
Shares
हिमालयको उद्धार उडान तालिका सार्वजनिक

सारांश

  • हिमालय एयरलाइन्सले विभिन्न मुलुकबाट नेपाली स्वदेश फर्काउन जुलाई १५ देखि २१ सम्म चार्टर्ड उडान गर्ने भएको छ ।
  • विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धार गरी नेपाल ल्याउने सरकारको निर्णयअनुरुप हिमालयले तेस्रो चरणको उद्धार उडान तालिका सार्वजनिक गरेको हो ।
  • हिमालयको उडान तालिकाअनुरुप जुलाई १५ मा अबुधाबी र यूएई समान एक उडान गर्नेछ भने जुलाई १८ मा पनि सोही गन्तब्यमा एक उडान हुनेछ ।

हिमालय एयरलाइन्सले विभिन्न मुलुकबाट नेपाली स्वदेश फर्काउन जुलाई १५ देखि २१ सम्म चार्टर्ड उडान गर्ने भएको छ ।

विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धार गरी नेपाल ल्याउने सरकारको निर्णयअनुरुप हिमालयले तेस्रो चरणको उद्धार उडान तालिका सार्वजनिक गरेको हो । हिमालयको उडान तालिकाअनुरुप जुलाई १५ मा अबुधाबी र यूएई समान एक उडान गर्नेछ भने जुलाई १८ मा पनि सोही गन्तब्यमा एक उडान हुनेछ । जुलाई १६ र २० गते साउदी अरेबियाको रियादमा एक–एक उडान गर्ने हिमालयको तालिका छ ।

त्यस्तै जुलाई १६ मा दमाममा दुई र जुलाई २० मा एक उडान हुने जनाइएको छ । बहराइनको मनामामा जुलाई १७ मा एक उडान गर्ने हिमालयले जुलाई १७, १८ र २० तारिखमा कतारको दोहामा समान एक उडन गर्ने कम्पनीले उल्लेख गरेको छ । मलेसियाको क्वालालम्पुरमा जुलाई १९ तारिखमा दुई उडान हुने र सोही गन्तव्यमा जुलाई २१ मा दुई उडान हुने हिमालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

वायुयानमा ८५ प्रतिशत अकुपेन्सी भएमा मात्र चार्टर्ड उडान हुने कम्पनीले जनाएको छ । यात्रुले पिसिआर वा आरडिटी परीक्षण नेगेटिभ रहेको प्रमाण बुकिङको समयमा अनिवार्य पेश गर्नुपर्नेछ । यात्रु नेपाल आइसकेपछि सरकारको निर्णयअनुसार अनिवार्य क्वारेन्टिनमा रहनुपर्ने पनि कम्पनीले उल्लेख गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डय मन्त्रालयले नेपालका दुई नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सको जुलाई १५ देखि २२ सम्म सञ्चालन हुने चार्टर्ड उडानको तालिका सार्वजनिक गरिसकेको छ । यस अवधिमा ४२ वटा उडान हुँदैछन् । यसमा नेपाल एयरलाइन्सको मात्रै २४ उडान हुनेछ । हिमालयको १५ भन्दा बढी चार्टर्ड उडान हुनेछ ।

सम्बन्धित मुलुकबाट एयर अरेबिया, फ्लाई दुबईले दैनिक एक उडान गर्नेछन् भने जजिरा एयरले दैनिक दुई उडान गरी नेपाली स्वदेश फर्काउनेछ । सोही अवधिभर मालिन्दो एयरले पनि दैनिक दुई उडान गर्ने जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजका दैनिक पत्रपत्रिकाले सरकारको राजनीतिक नियुक्ति खारेजलाई दिए प्राथमिकता
आजका दैनिक पत्रपत्रिकाले सरकारको राजनीतिक नियुक्ति खारेजलाई दिए प्राथमिकता
फेसबुकमा गलत सूचना लेख्ने माओवादी सांसदलाई स्पष्टिकरण !
फेसबुकमा गलत सूचना लेख्ने माओवादी सांसदलाई स्पष्टिकरण !
मुगुमा मतदान सकियो, ६० प्रतिशत मतदान खस्यो
मुगुमा मतदान सकियो, ६० प्रतिशत मतदान खस्यो
आगो ताप्ने क्रममा जलेर तीन बालबालिकाको मृत्यु
आगो ताप्ने क्रममा जलेर तीन बालबालिकाको मृत्यु
नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छः उपराष्ट्रपति पुन !
नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छः उपराष्ट्रपति पुन !
डिएसपी हुँदा चक्रे मिलनका सहयोगी खनालले गोरे बाट सात करोड लिए,सर्बेन्द्र खनालको नाम यसरी बेचे
डिएसपी हुँदा चक्रे मिलनका सहयोगी खनालले गोरे बाट सात करोड लिए,सर्बेन्द्र खनालको नाम यसरी बेचे
स्वच्छता र सरसफाईयूक्त बजार जनचेतना कार्यक्रम सम्पन्न
स्वच्छता र सरसफाईयूक्त बजार जनचेतना कार्यक्रम सम्पन्न
जारी संसद अधिवेशन अन्य गर्ने सरकारकाे निर्णय
जारी संसद अधिवेशन अन्य गर्ने सरकारकाे निर्णय
यी हुन् सामाजिक संजालमा हलचल मच्चाएका नेपालका सेक्स काण्डहरु, यसरी लिक भयो भिडियो
यी हुन् सामाजिक संजालमा हलचल मच्चाएका नेपालका सेक्स काण्डहरु, यसरी लिक भयो भिडियो
Paradise Papers: How Apple has managed to Avoid Tax
Paradise Papers: How Apple has managed to Avoid Tax