१७ दिनदेखि अध्यारो बनेको जुम्लामा डिजेल प्लान्ट जुम्ला पुग्यो

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, श्रावण १७, २०७६
|
|
४२ पटक हेरिएको
Shares
१७ दिनदेखि अध्यारो बनेको जुम्लामा डिजेल प्लान्ट जुम्ला पुग्यो

सारांश

  • सानाजलद्यिुत् उपभोक्ता समितिको निर्माणाधीन विद्युत् बन्न ढिलाइ भएपछि १७ दिनदेखि पूर्ण अँध्यारो जुम्ला सदरमुकाम उज्यालो गर्न सांसद विकास कोषको लगानीमा डिजेल प्लान्टबाट बत्ती बालिने भएको छ ।
  • भारतीय राजदूतावासको सहयोगमा निर्माणाधीन मेसिन जडान नहँुदै बिग्रिएपछि मेसिन बन्ने समयसम्म डिजेलबाट जुम्ला सदरमुकाम उज्यालो गरिने भएको साना जलविद्युत् उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर बुढ्थापाले जानकारी दिनुभयो ।
  • सदरमुकाम उज्यालोका लागि जुम्लामा सांसद गजेन्द्रबहादुर महतको सांसद विकास कोषबाट रु २४ लाख ६० हजारको लगानीमा डिजेल प्लान्ट मेसिन खरीद गरिएको अध्यक्ष बुढ्थापाले जानकारी दिनुभयो ।

सानाजलद्यिुत् उपभोक्ता समितिको निर्माणाधीन विद्युत् बन्न ढिलाइ भएपछि १७ दिनदेखि पूर्ण अँध्यारो जुम्ला सदरमुकाम उज्यालो गर्न सांसद विकास कोषको लगानीमा डिजेल प्लान्टबाट बत्ती बालिने भएको छ ।

भारतीय राजदूतावासको सहयोगमा निर्माणाधीन मेसिन जडान नहँुदै बिग्रिएपछि मेसिन बन्ने समयसम्म डिजेलबाट जुम्ला सदरमुकाम उज्यालो गरिने भएको साना जलविद्युत् उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर बुढ्थापाले जानकारी दिनुभयो ।

सदरमुकाम उज्यालोका लागि जुम्लामा सांसद गजेन्द्रबहादुर महतको सांसद विकास कोषबाट रु २४ लाख ६० हजारको लगानीमा डिजेल प्लान्ट मेसिन खरीद गरिएको अध्यक्ष बुढ्थापाले जानकारी दिनुभयो । निर्माणाधीन मेसिन साना जलविद्युत् उपभोक्ता समितिको विद्युत्गृहमा पुगिसकेको र ढुवानीको भने बिल पुग्न बाँकी रहेको उहाँको भनाइ छ । मेसिन पुगेपछि ट्रकबाट उतार्न कठिन भएकाले डोजरको प्रयोग गरिने भएको समितिले जनाएको छ । नेपालगञ्जबाट चार दिन लगाएर ज्याक्सन कम्पनीको दुई सय केभी (१६० किलोवाट)को मेसिन जुम्ला पुगेको हो ।

सांसद महतले जुम्ला सदरमुकाम बत्तीविहीन भएपछि सरकारी कामकाजदेखि जनतालाई चाडपर्वको बेला अँध्यारो भएको भन्दै रु ५० लाख अल्पकालीन बत्ती बाल्नका लागि विनियोजन गरिएको बताउनुभयो । भारतीय दूतावासले सहयोग गरेको मेसिनको बिग्रिएको भाग भने बनाउनका लागि निर्माणको ठेक्का लिएका पुष्करलाल दुवैले जुम्लाबाट भारततिर पठाएको बताउनुभएको छ । नयाँ आएको डिजेल प्लान्टबाट उत्पादन हुने बत्ती भने सहुलियत गरिने बताइएको छ ।

मेसिनको लागत, ढुवानी, तेल खर्चको विषयमा जडान भएर सञ्चालन भएपछि सार्वजनिक सुनुवाइ गरिने कर्णाली प्रदेश सदस्य पूर्णप्रसाद धितालले बताउनुभयो । १८ दिनदेखि जुम्ला बत्तीविहीन भएपछि सरकारी कामकाज प्रभावित हुनुका साथै २२ हजार उपभोक्ता अँध्यारोमा छन् । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

WTF Wednesday: How can you not remember Yeh Rishta Kya Kehlata Hai, Hina Khan?
WTF Wednesday: How can you not remember Yeh Rishta Kya Kehlata Hai, Hina Khan?
आइएफआरसी महासचिवमा पहिलो नेपाली चापागाईंद्वारा पदभार ग्रहण
आइएफआरसी महासचिवमा पहिलो नेपाली चापागाईंद्वारा पदभार ग्रहण
१३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट,तपाईको स्थानीय तहमा कति छुट्याइयो ?
१३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट,तपाईको स्थानीय तहमा कति छुट्याइयो ?
वडाध्यक्षले झोलुङ्गे पुल नै बेचिदिएपछि…
वडाध्यक्षले झोलुङ्गे पुल नै बेचिदिएपछि…
अन्ततः बामदेव गौतम नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्न तयार
अन्ततः बामदेव गौतम नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्न तयार
कमरेड प्रचण्डलाई आक्रोश मिश्रित खुला पत्र
कमरेड प्रचण्डलाई आक्रोश मिश्रित खुला पत्र
पोखरामा वातावरण मैत्री शवदाह गृह निर्माण, असार भरि निशुल्क
पोखरामा वातावरण मैत्री शवदाह गृह निर्माण, असार भरि निशुल्क
‘जनताको जनवाद’ भन्ने शव्दावलीले हाम्रो लक्ष्यलाई पक्रन सक्दैन’: सरल सहयात्री
‘जनताको जनवाद’ भन्ने शव्दावलीले हाम्रो लक्ष्यलाई पक्रन सक्दैन’: सरल सहयात्री
विश्वकर्मालाई थुनामुक्त गर्न सर्वोच्चको तेस्रोपटक आदेश, फेरि पक्राउ
विश्वकर्मालाई थुनामुक्त गर्न सर्वोच्चको तेस्रोपटक आदेश, फेरि पक्राउ
सशस्त्र प्रहरीमा सरुवाको प्रक्रिया बदलियो
सशस्त्र प्रहरीमा सरुवाको प्रक्रिया बदलियो