आइएफआरसी महासचिवमा पहिलो नेपाली चापागाईंद्वारा पदभार ग्रहण

Abhiyanpost Abhiyanpost
|
आइतबार, माघ १९, २०७६
|
|
५४ पटक हेरिएको
Shares
आइएफआरसी महासचिवमा पहिलो नेपाली चापागाईंद्वारा पदभार ग्रहण

सारांश

  • काठमाडाैं।
  • आपत्कालीन मानवीय सेवामा तल्लीन परोपकारी संस्था रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी)को सर्वाेच्च पद ‘महासचिव’ मा जगन चापागाईंले कार्यभार सम्हालेका छन्।
  • उनी  सन् २०१७ मे देखि उपमहासचिव पदमा कार्यरत थिए।

काठमाडाैं। आपत्कालीन मानवीय सेवामा तल्लीन परोपकारी संस्था रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी)को सर्वाेच्च पद ‘महासचिव’ मा जगन चापागाईंले कार्यभार सम्हालेका छन्।

उनी  सन् २०१७ मे देखि उपमहासचिव पदमा कार्यरत थिए।  विगत २५ वर्षदेखि रेडक्रस अभियानमा निरन्तर क्रियाशील उनी सो पदमा पुग्ने पहिलो नेपाली तथा एशियाबाट पहिलो व्यक्तित्व हुन्। महासङ्घको ३ डिसेम्बर २०१९ मा बसेको विशेष गभर्निङ बोर्ड बैठकले उनलाई सो पदमा निर्वाचित गरेको थियो। उनले प्राप्त गरेकाे मत सार्वजानिक नगरिए पनि हालसम्मको सर्वाधिक दुईतिहाइ मत प्राप्त गरेकाे जनाइएको छ।  बोर्डमा विश्वका शक्तिशाली २९ देश रहन्छन्।

सो पदमा एक वर्ष अगाडिदेखि छनोट प्रक्रिया शरुआत हुने बताइन्छ। लिखित तथा मौखिक परीक्षामा सर्वाेत्कृष्ट नतिजा ल्याएकामध्ये विपद् व्यवस्थापनमा ज्ञान, सीप, दक्षता भएका एक जनालाई बोर्डले मतदान प्रक्रियाबाट  सो पदमा छनोट गर्दछ। उनको चारवर्षे कार्यकाल १ फेब्रुअरी २०२० देखि  औपचारिक शुरुआत भएको महासङ्घले आज जनाएको छ।

विश्वका रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको साझा संस्थाका रुपमा महासङ्घ रहेको छ।  नेपाल रेडक्रस सोसाइटीसहित विश्वका १९२ देशका रेडक्रस सोसाइटीको महासङ्घमा आबद्धता रहेको छ। युद्धका पीडाले छट्पटाइरहेकालाई मानवीय सेवा स्वःस्फूर्त प्रदान गर्न हेनरी ड्युनाले सन् १८६३ मा रेडक्रस स्थापना गरेका थिए।  युद्ध र युद्धका परिणाम, प्राकृतिक तथा मानवसिर्जित विपद्, विपद्ले सिर्जना गरेका असर, गरीबी, भोकमरी, विषमता न्यूनीकरण, सङ्कटासन्न समुदायलाई उत्थानशील बनाउनेलगायतका क्षेत्रमा महासङ्घले मानवीय सहायता प्रदान गर्दछ। सात लाखभन्दा बढी कर्मचारी र झण्डै दुई करोड स्वयंसेवकको माध्यमबाट करीब एक अर्ब जनसङ्ख्यामा वर्षेनी मानवीय सहायता महासङ्घले पु¥याएको जनाइएको छ।

हाल महासङ्घको अध्यक्ष फ्रान्सेस्को रोक्का हुन्। यसअघि महासङ्घको महासचिव पदमा इलाड सइ थिए। शुक्रबार जेनेभामा आयोजित कार्यक्रममा निवर्तमान महासचिव सइले महासङ्घले कुशल, अतियोग्य, क्षमतवान तथा नयाँ गतिशीलता प्रदान गर्ने महासचिवका रुपमा जगन चापागाईंलाई प्राप्त गरेको प्रतिक्रिया दिए।

पाँच दशकअघि चितवन दिव्यनगरमा सामान्य परिवारमा उनको जन्म भएको थियो। आठ दाजुभाइ र दुई दिदीबहिनी भएको  परिवारमा उनी हुर्किएका थिए। अहिले ५२ वर्षमा हिँडिरहेका छन्। उनले विसं २०३७ मा भरतपुरस्थित बालकुमारी विद्यालयमा अध्ययन गर्दा जुनियर रेडक्रस  सर्कल गठन गरी मानवीय सेवाका यात्रा शुरुआत गरेका थिए।

भारतबाट  खानी (माइनिङ) इञ्जिनीयरिङमा स्नातक अध्ययन गर्नुभएका उहाँले भुटानी शरणार्थी शिविरबाट महासङ्घको सेवामा उनी प्रवेश गरेका थिए। उनले सन् १९९६ जुनमा ताजकिस्तान र  सन् २००३ देखि महासङ्घमा दक्षिण एशियामा सञ्चालित सबै मानवीय सहयोगका कार्यक्रम हेर्नेगरी प्रमुखको जिम्मेवारी पाए। सन् २००१ मा भारतको गुजरातमा गएको विनाशकारी भूकम्प, सन् २००४ को  श्रीलङ्का, मालदिभ्स र भारतलाई नराम्रोसित प्रभावित परेको सुनामी तथा सन् २००५ मा पाकिस्तामा गएको भूकम्पपछि उद्धार तथा राहतमा उनले नै नेतृत्व प्रदान गरेका थिए।

चीनको सिचुवानको भूकम्प, म्यान्मार र बङ्गलादेशमाको आँधी पीडितलाई सहयोग पुर्याउन उनले नै नेतृत्व प्रदान गरेका थिए। विस २०७२ वैशाख १२ गतेको भूकम्पपछि उहाँ १४ गते काठमाडौँ आइ अन्तर्राष्ट्रिय मानवीय सहयोगको समन्वय गरेका थिए। महासङ्घको सेक्रेटरी काउन्सिलले उहाँलाई सन् २०१५ जुलाइमा निर्देशकको नियुक्ति दिएको थियो।

उनी पछिल्लो तीन दशकमा विश्व भएका मानवीय सङ्कटको साक्षी बन्नुभएको छ । पछिल्ला विपद्लाई नजिकबाट नियाल्ने र व्यवस्थापन उनका ज्ञानले गरेको छ। “जलवायु परिवर्तनले निम्त्याएका विपद्, प्राकृतिक तथा मानवसिर्जित विपत्तिलाई  धेरै देशले भोग्दै आएका छन्।  यही अप्ठ्यारो, विपद्मा परेकालाई  उद्धार गर्ने र अगामी दिनमा विपद्को सामना गर्नसक्ने क्षमता विकास गर्ने आफ्नो कार्ययोजना रहेको” उनले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल लाई युएईले दियो २५५ रनको लक्ष्य
नेपाल लाई युएईले दियो २५५ रनको लक्ष्य
प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्यको माधव नेपालप्रति आक्रोश
प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्यको माधव नेपालप्रति आक्रोश
मंगलबार चन्द्र ग्रहण लाग्ने, कुन राशिलाई कस्तो फल प्राप्त हुन्छ ?
मंगलबार चन्द्र ग्रहण लाग्ने, कुन राशिलाई कस्तो फल प्राप्त हुन्छ ?
आरजुकै लागि देउवाले लिए यस्तो अडान ? ओलीले कसको लागि ?
आरजुकै लागि देउवाले लिए यस्तो अडान ? ओलीले कसको लागि ?
How to Find Love upon Matrimony Sites
विश्वविद्यालयलाई आविष्कार र अनुसन्धान केन्द्रका रुपमा विकास गर्न जरुरी छ : प्रधानमन्त्री
विश्वविद्यालयलाई आविष्कार र अनुसन्धान केन्द्रका रुपमा विकास गर्न जरुरी छ : प्रधानमन्त्री
बाढी पसेपछि विराटनगर विमानस्थल बन्द
बाढी पसेपछि विराटनगर विमानस्थल बन्द
कन्चनपुर घटनाका मृतक खुन्ना सहिद घोषित, खुन्ना र निर्मला परिवारलाई १०–१० लाख दिने निर्णय
कन्चनपुर घटनाका मृतक खुन्ना सहिद घोषित, खुन्ना र निर्मला परिवारलाई १०–१० लाख दिने निर्णय
नेपाल तामाङ राष्ट्रिय घेदुङले मनायो भृकुटीमण्डपमा ल्होसार, स्मिता सम्मानित
नेपाल तामाङ राष्ट्रिय घेदुङले मनायो भृकुटीमण्डपमा ल्होसार, स्मिता सम्मानित
निर्मला हत्या प्रकरण : प्रहरी यातनाबाट मानसिक समस्या देखिएपछि विशाललाई उपचारको लागि काठमाडौं
निर्मला हत्या प्रकरण : प्रहरी यातनाबाट मानसिक समस्या देखिएपछि विशाललाई उपचारको लागि काठमाडौं

तपाईंले छुटाउनुभयो कि?