२० लाख ३० हजार घुससहित कञ्चनपुरका प्रमुख इन्जिनियर पक्राउ

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, कार्तिक २४, २०७४
|
|
५२ पटक हेरिएको
Shares
२० लाख ३० हजार घुससहित कञ्चनपुरका प्रमुख इन्जिनियर पक्राउ

सारांश

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला इन्जिनियर र सहायक इन्जिनियरको साथबाट २० लाख ३० हजार घुस सहित रंगे हात पक्राउ गरेको छ ।
  • शुक्रबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले जिल्ला प्राविधिक कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला इन्जिनियर केदार शर्मा र सहायक इन्जिनियर डण्डीराज पाण्डेको साथबाट सेवाग्राहीबाट घुस लिएको रकम बरामद गरेको हो ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका प्रवक्ता खेमानन्द पाठकले सेवाग्राहीबाट घुस लिदालिदै गरेको अवस्थामा दुवै इन्जिनियरलाई पक्राउ गरेको बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला इन्जिनियर र सहायक इन्जिनियरको साथबाट २० लाख ३० हजार घुस सहित रंगे हात पक्राउ गरेको छ । शुक्रबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले जिल्ला प्राविधिक कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला इन्जिनियर केदार शर्मा र सहायक इन्जिनियर डण्डीराज पाण्डेको साथबाट सेवाग्राहीबाट घुस लिएको रकम बरामद गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका प्रवक्ता खेमानन्द पाठकले सेवाग्राहीबाट घुस लिदालिदै गरेको अवस्थामा दुवै इन्जिनियरलाई पक्राउ गरेको बताए । उनका अनुसार सेवाग्राहीबाट घुस लिएको नगद ६ लाख रुपैया प्रमुख जिल्ला इन्जिनियर शर्माको निवासबाट बरामद गरिएको छ । यस्तै एक ९ लाख र अर्को ५ लाख ३० हजारको बैंकको चेक समेत बरामद गरि कुल २० लाख ३० हजार बराबरको घुसको रकम बरामद गरिएको छ ।

विकासे अड्डा जिल्ला प्राविधिक कार्यालयका प्रमुख र जिम्मेवार कर्मचारीले यसरी सेवाग्राहीबाट अवैध रुपमा मोटो रकम घुस लिन नछाड्दा विकास निर्माणमा समेत प्रभाव परेको छ । जिल्ला प्राविधिक कार्यालयसंगै विकास कार्यालयमा अझैपनि कर्मचारी सेवाग्राहीबाट दु:ख दिएर घुस लिने प्रचलन हटेको छैन् ।

(boxmining.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सांसदहरु कति बिरामी! ६ महिनामै ६८ लाख सकियो, कस-कसले लिए रकम नाम, सूचिसहित
नेपाललाई समृद्धिको सपना पूरा गर्न लामो समय लाग्दैनः प्रधानमन्त्री ओली
नेपाललाई समृद्धिको सपना पूरा गर्न लामो समय लाग्दैनः प्रधानमन्त्री ओली
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कास्कीको क्यालेण्डर लोर्कापण सहित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कास्कीको क्यालेण्डर लोर्कापण सहित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
संघीयता कार्यान्वयनका लागि समृद्धि आवश्यकः अध्यक्ष यादव
संघीयता कार्यान्वयनका लागि समृद्धि आवश्यकः अध्यक्ष यादव
पाकिस्तानमा बस र तेल ट्याङ्कर आपसमा जुध्दा १८ को मृत्यु !
पाकिस्तानमा बस र तेल ट्याङ्कर आपसमा जुध्दा १८ को मृत्यु !
महानगरको कार्यालयमा बम बिस्फोट
महानगरको कार्यालयमा बम बिस्फोट
देशमा भईरहेको अराजकता
देशमा भईरहेको अराजकता
उपयुक्त समयमा मन्त्रिमण्डलले पूर्णता पाउँछ : प्रधानमन्त्री
उपयुक्त समयमा मन्त्रिमण्डलले पूर्णता पाउँछ : प्रधानमन्त्री
निर्मलाको हत्या गरेको प्रदीप रावलद्धारा स्वीकार
निर्मलाको हत्या गरेको प्रदीप रावलद्धारा स्वीकार
भर्ना भएकामध्ये ६० प्रतिशतभन्दा बढी विद्यार्थी परीक्षा दिनुभन्दाअघि नै हराए
भर्ना भएकामध्ये ६० प्रतिशतभन्दा बढी विद्यार्थी परीक्षा दिनुभन्दाअघि नै हराए

तपाईंले छुटाउनुभयो कि?