३३ किलो सुन प्रकरण : फेरि अर्का व्यापारी पक्राउ !

Abhiyanpost Abhiyanpost
|
बुधबार, आषाढ ६, २०७५
|
|
६० पटक हेरिएको
Shares

सारांश

  • काठमाडाै, ६ असार ।
  • ३ हजार ८ सय किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका लागि व्यवसायी दीपक मल्हाेत्राका साझेदार विमल पोद्दारलाई सरकारी अधिकारीले नियन्त्रणमा लिएका छन्।
  • सरकारले गृहका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा बनाएको अनुसन्धान टोलीले हुण्डी व्यवसायीका रुपमा कुख्यात रहेका पोद्दारलाई मंगलबार नियन्त्रणमा लिएको हो।

काठमाडाै, ६ असार । ३ हजार ८ सय किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका लागि व्यवसायी दीपक मल्हाेत्राका साझेदार विमल पोद्दारलाई सरकारी अधिकारीले नियन्त्रणमा लिएका छन्।

सरकारले गृहका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा बनाएको अनुसन्धान टोलीले हुण्डी व्यवसायीका रुपमा कुख्यात रहेका पोद्दारलाई मंगलबार नियन्त्रणमा लिएको हो।

समितीले पोद्दारसँग सोधपुछ गरिरहेको छ। नेपालखबरका अनुसार  काठमाडौंका केही प्रतिष्ठित व्यवसायीका अदृश्य साझेदार रहेका पोद्दार यसअघि समेत विदेशी मुद्रा र सुन तस्करी प्रकरणमा जाेडिँदै अाएका थिए। उनी पहिलो पटक पक्राउ परेका हुन्।

समिति स्राेतकाअनुसार अनुसन्धानमा तानिएका पाेद्दारसँग साेधपुछ भइरहेकाे हाे। बुधबार साँझसम्म पाेद्दारबिरुद्ध थप अनुसन्धानका लागि म्याद  लिने तयारी गरिएकाे छ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २०६९ मा विदेश जान लागेको १ करोड २४ लाख विदेशी मुद्रा बरामद भएपछि सो काण्डमा मुछिएका पोद्दार त्यसबेला जोगिन सफल भएका थिए। प्रहरीका बहालवाला एसएसपी रबिराज श्रेष्ठ बर्खास्त भएको सो घटनामा पक्राउ परेका असई हिराकाजी कुमालले पोद्दारकाे धन्दाबारे खुलाएका थिए। तर त्यतिबेला उनी पक्राउ परेनन्।

कुमालले तत्कालीन विमानस्थल प्रमुख रहेका डिआईजी विज्ञानराज शर्मासहितका प्रहरी अधिकारीको सम्पर्क पोद्दारसँग रहेको र उनीमार्फत विदेशी मुद्रा बाहिर जाने र सुन भित्रने खुलासा गरेका थिए। सो घटना सेलाउदासम्म भाग्दै हिडेका पोद्दार गिरफ्तारीले सुन तस्करीको संगठित अपराध सञ्जालमा रहेका प्रहरी अधिकारी र व्यापारी अनुसन्धानमा तानिने सम्भावना बढेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुदूरपश्चिममा बूढी पोल्ने पर्व मनाइँदै
सुदूरपश्चिममा बूढी पोल्ने पर्व मनाइँदै
देउवालक्षित शशांकको अभिव्यक्तिः आफ्नै बारेमा चिन्ता गर्नुहुन्छ भने त्यस्तो राजनीति चल्दैन
देउवालक्षित शशांकको अभिव्यक्तिः आफ्नै बारेमा चिन्ता गर्नुहुन्छ भने त्यस्तो राजनीति चल्दैन
कञ्चनपुर र नवलपरासीका पत्रकारमाथि भएको दुव्र्यवहारप्रति ध्यानाकर्षण
वन्यजन्तुबाट बालीनाली जोगाउनै मुश्किल
वन्यजन्तुबाट बालीनाली जोगाउनै मुश्किल
गाडी र एट्याच्ड बाथरुम नभएको भन्दै उपमेयरले च्यातिन् माइन्युट
गाडी र एट्याच्ड बाथरुम नभएको भन्दै उपमेयरले च्यातिन् माइन्युट
आन्तरिक पर्यटकले ढोरपाटनका होटल भरिभराउ
आन्तरिक पर्यटकले ढोरपाटनका होटल भरिभराउ
गुणस्तरीय शिक्षामा समान अवसर र लाभको सुनिश्चितता जरुरीः प्रधानमन्त्री
गुणस्तरीय शिक्षामा समान अवसर र लाभको सुनिश्चितता जरुरीः प्रधानमन्त्री
भारतीय सेनामाथि आक्रमण गर्ने अल कायदा प्रमुख जवाहिरीको धम्की
भारतीय सेनामाथि आक्रमण गर्ने अल कायदा प्रमुख जवाहिरीको धम्की
आजदेखि काठमाडौंलाई ट्रान्जिट बनाएर भैरहवाबाट हङकङ र दिल्ली उडान
आजदेखि काठमाडौंलाई ट्रान्जिट बनाएर भैरहवाबाट हङकङ र दिल्ली उडान
पुटिनको घोषणा : रुस बन्यो कोरोना भ्याक्सिन विकास गरी दर्ता गर्ने पहिलो मुलुक