लौहपुरुष सिंहको स्मृति दिवस

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २, २०७५
|
|
३७ पटक हेरिएको
Shares
लौहपुरुष सिंहको स्मृति दिवस

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

काठमाडौँ, २ असोज । विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर एवं लौहपुरुष गणेशमान सिंहको शालिकमा माल्यार्पण गरिएको छ ।स्व सिंहको २१औँ स्मृति दिवसका अवसरमा आज बिहान गणेशमान सिंह फाउण्डेशनले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा स्व सिंहको शालिकमा माल्यार्पण गरिएको हो । कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्व सिंहको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्नुभयो । “स्व सिंह सङ्घर्षशील, त्यागी र प्रजातान्त्रिक आन्दोलनलाई सहज ढङ्गले नेतृत्व गर्ने नेता हुनुहुन्थ्यो”, उहाँले भन्नुभयो ।

नेता सिंहले मुलुकमा अलग अलग धारमा विभाजित कम्युनिष्टलाई एक ठाउँमा ल्याउन स्व सिंहले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । “एकदलीय शासन व्यवस्थामा विश्वास गर्ने कम्युनिष्टलाई बहुदलीय प्रजातन्त्रमा ल्याउन त्यतिवेला स्व सिंहको महत्वपूर्ण योगदान छ,” उहाँले भन्नुभयो । काङ्ग्रेस स्व सिंहको विचारलाई अनुशरण गरेर अगाडि बढिरहेको उहाँको भनाइ थियो ।सिंहले वर्तमान सरकारले जनताको समस्यालाई चित्तबुझ्दो तरिकाले समाधान गर्न नसकेको आरोप लगाउनुभयो । “सरकारले राखेको लक्ष्य सुशासन र समृद्धिको नारालाई पूरा गर्न सकेको छैन”, उहाँले भन्नुभयो । उहाँले काङ्ग्रेस जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशी, सुरेन्द्र पाण्डे, बद्री पाण्डे, काठमाडौँ पार्टी सभापति सबुज बानियाँ, भातृ संस्थाका अध्यक्ष एवं पदाधिकारीको उपस्थिति रहेको थियो । विसं १९७२ कात्तिक २४ गते जन्मनुभएका सिंहको २०५४ असोज २ गते निधन भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

६५ वर्ष पुगेकाहरुलाई वृद्धभत्ता दिने निर्णय जायज छैन : राउत
६५ वर्ष पुगेकाहरुलाई वृद्धभत्ता दिने निर्णय जायज छैन : राउत
ललितपुरका जनप्रतिनिधि र स्थानीयद्वारा राष्ट्रपति समक्ष भेट
ललितपुरका जनप्रतिनिधि र स्थानीयद्वारा राष्ट्रपति समक्ष भेट
वैशाखमै होला एकता! एमाले-माओवादी संयोजन समितिको वैठक बस्दै
नेपाललाई कोरोना विरुद्धको २ करोड ५० लाख भ्याक्सिन दिन रुस तयार
नेपाललाई कोरोना विरुद्धको २ करोड ५० लाख भ्याक्सिन दिन रुस तयार
उद्योगधन्दा खोल्नेलाई २ वर्ष कर नलाग्ने मन्त्रीको घोषणा
उद्योगधन्दा खोल्नेलाई २ वर्ष कर नलाग्ने मन्त्रीको घोषणा
जलविद्युत क्षेत्रमा लगानी गर्न चिनियाँ सरकार र निजी क्षेत्र इच्छुक
जलविद्युत क्षेत्रमा लगानी गर्न चिनियाँ सरकार र निजी क्षेत्र इच्छुक
गाजामा इजरायली हमलामा कम्तीमा ३३ जनाको मृत्यु
गाजामा इजरायली हमलामा कम्तीमा ३३ जनाको मृत्यु
छोटो कपडा लगाउँदा समुदायबाटै निष्काशित !
छोटो कपडा लगाउँदा समुदायबाटै निष्काशित !
ट्रम्पको फेसबुक र इन्स्टाग्राम एकाउन्ट २ साताका लागि बन्द
ट्रम्पको फेसबुक र इन्स्टाग्राम एकाउन्ट २ साताका लागि बन्द
सुरु भयो माअोवादी कांग्रेशको खिचातानि कांग्रेसले राखेको  प्रस्ताव माओवादीद्वारा ठाडै अस्वीकार !
सुरु भयो माअोवादी कांग्रेशको खिचातानि कांग्रेसले राखेको प्रस्ताव माओवादीद्वारा ठाडै अस्वीकार !