कञ्चनपुर र नवलपरासीका पत्रकारमाथि भएको दुव्र्यवहारप्रति ध्यानाकर्षण
सारांश
- काठमाडौं, ७ भदौ ।
- समाचारको विषयलाई लिएर कञ्चनपुर र नवलपरासीमा कार्यरत पत्रकारमाथि भएको दुव्र्यवहार र धम्कीको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
- महासंघ कञ्चनपुर शाखाका अनुसार भदौ ६ गते शाखा सदस्य एवं जनसरोकार पोष्ट साप्ताहिकमा कार्यरत पत्रकार राजेन्द्रप्रसाद अवस्थीलाई “मोबाइल चोरी गर्ने दुई पक्राउ” शीर्षकमा प्रकाशित समाचारलाई लिएर भीमदत्त नगरपालिका १८ स्थित सनराइज स्कुलकी प्रिन्सिपल गंगा चालिसेले धम्की दिएकी छन् ।
काठमाडौं, ७ भदौ । समाचारको विषयलाई लिएर कञ्चनपुर र नवलपरासीमा कार्यरत पत्रकारमाथि भएको दुव्र्यवहार र धम्कीको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघ कञ्चनपुर शाखाका अनुसार भदौ ६ गते शाखा सदस्य एवं जनसरोकार पोष्ट साप्ताहिकमा कार्यरत पत्रकार राजेन्द्रप्रसाद अवस्थीलाई “मोबाइल चोरी गर्ने दुई पक्राउ” शीर्षकमा प्रकाशित समाचारलाई लिएर भीमदत्त नगरपालिका १८ स्थित सनराइज स्कुलकी प्रिन्सिपल गंगा चालिसेले धम्की दिएकी छन् ।
त्यस्तै समाचारकै विषयलाई लिएर सोही दिन महासंघ नवलपरासी शाखाका सदस्य एवं स्थानीय पत्र साप्ताहिकका सम्वाददाता रवि पाण्डेलाई बर्दघाट बजारमा दुई–तीन जनाको समूहमा आएका व्यक्तिले दुव्र्यवहार गरेको शाखाले जनाएको महासचिव रमेश विष्टले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
प्रकाशित समाचारप्रति चित्त नबुझे या कुनै गुनासो रहे त्यसउपर अपनाउनुपर्ने कानुनी उपचारका बाटोलाई छाडेर पत्रकारलाई दुव्र्यवहार र धम्की दिइनु प्रेस स्वतन्त्रताविरोधी काम भएको महासंघले विज्ञप्तिमा उल्लेख गरेको छ । “महासंघ प्रेस विरोधी यस्ता घटनाको कडा शब्दमा भत्र्सना गर्दछ”, विज्ञप्तिमा भनिएको छ, “दुव्र्यवहार र धम्की दिनेमाथि कारबाही गरी पत्रकारलाई सुरक्षित र सहज पत्रकारिता गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गर्दछ ।”
प्रतिक्रिया