​प्रदूषण जाँच्ने मेशिन बोकेर मन्त्री सडकमा निस्किए पछि…

Abhiyanpost Abhiyanpost
|
आइतबार, जेठ २०, २०७५
|
|
३५ पटक हेरिएको
Shares
​प्रदूषण जाँच्ने मेशिन बोकेर मन्त्री सडकमा निस्किए पछि…

सारांश

  • काठमाडौं, २० जेठ ।
  •  आईतबार दुई मन्त्रीले सवारी प्रदुषण जाँच गर्ने मेशिन बोकेर सडकमा निस्किएका छन् ।
  • यातायात व्यवस्था विभाग अन्तर्गतको प्रदुषण मापनकेन्द्रको लापरवाहीका कारण प्रदुषित धुवा फ्याक्ने सवारी साधनहरुमा हरियो स्टीकर टाँसेको फेला परेपछि आईतबार दुई मन्त्री सवारी प्रदुषण जाँच गर्ने मेशिन बोकेर सडकमा निस्किएका हुन ।

काठमाडौं, २० जेठ । आईतबार दुई मन्त्रीले सवारी प्रदुषण जाँच गर्ने मेशिन बोकेर सडकमा निस्किएका छन् ।

यातायात व्यवस्था विभाग अन्तर्गतको प्रदुषण मापनकेन्द्रको लापरवाहीका कारण प्रदुषित धुवा फ्याक्ने सवारी साधनहरुमा हरियो स्टीकर टाँसेको फेला परेपछि आईतबार दुई मन्त्री सवारी प्रदुषण जाँच गर्ने मेशिन बोकेर सडकमा निस्किएका हुन ।

गृहमन्त्री राम बहादुर थापा बादल तथा वन तथा वातारण मन्त्री शक्ति बहादुर बस्नेत सवारी साधनले फ्याकेको धुवामा प्रदुषणको मात्रा जाँच गर्ने मेशिन बोकेर सडकमा निस्किएका हुन् । सरकारले सवारी साधनबाट हुने प्रदूषण मापन तथा नियमनमा कडाइ गर्ने उद्देश्यले गृहमन्त्री राम बहादुर थापा बादल र वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतको सडकमा निस्किएको गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईले बताए । उनले भने, ‘यो सुरुवात मात्रै हो, दिनैभरि चेकजाँच भइरहेको छ।’

दुई मन्त्री गाउन र मास्क लगाएर सडकमा प्रदुषण जाँच गर्न निस्किएपछि सर्वसधारण रमाइलो मान्दै हेरिरहेका थिए भने सवारी साधनहरु भने प्रदुषण फेल हुने डरले त्रसित बनेका थिए ।

काठमाडौंको हावामा सावरी साधनबाट फ्याकेको धुवाबाट हुने प्रदुषणको ३८ प्रतिशत रहेको विश्वास गरिएको छ । सावारी साधनले २ दशमलव ५ पिएम (पार्टिकुलर म्याटर) को धूलो उत्पादन गर्छन् । मानव स्वास्थ्यका दृष्टिले सम्वेदनशील सानो धूलोका कण निकाल्ने भएकोले सरकारले प्रदूषण मापनमा कडाइ गर्न लागेको हो ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Bikram Shrestha

    नाटक।

    Comment Author

    Prakash Pahari

    नाप गर्न यस्ताे कपडा लगाउन पर्ने रहेछ भने जनता ले कति धुलाे धुवा खाय हाेलान

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?