आजको राशीफल

Abhiyanpost Abhiyanpost
|
सोमबार, भाद्र ११, २०८०
|
|
४३ पटक हेरिएको
Shares
आजको राशीफल

सारांश

  • मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ।
  • सामाजिक कार्यले हौसला प्रदान गर्नेछ।
  • राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ।

मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ

प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। काम अड्किए पनि लाभांश प्राप्त भइरहनेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम बन्न सक्छ। समाजमा तारिफयोग्य काम गर्न सकिनेछ। घर–परिवारमा भने केही असमझदारी देखापर्ने समय छ।

वृष :  इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। धेरैले कामको तारिफ गर्नेछन्। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

मिथुन :  का, कि, कु, घ, ङ, छ, के, को, ह

परिबन्धले समस्या निम्त्याउन सक्छ। गोपनीयता बाहिरिनाले समस्या पर्नेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। चुनौतीभित्र अवसर खोज्ने समय छ। जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। मिहिनेत गर्दा अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। तत्काल धेरै फाइद नभए पनि पछिका लागि आयस्रोत सबल बनाउन सकिनेछ।

कर्कट :  हि, हु, हे, हो, डा, डि, डु, डे, डो

मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्गे आम्दानी दिलाउनेछ। विभिन्न सहयोग र उपहार हातलागी हुनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। रमाइलो यात्रा गर्ने साइत जुर्नेछ। अतिथिका रूपमा मानसम्मान प्राप्त होला। टाढिएका साथीभाइसँग भेटघाट हुनेछ।

सिंह :  मा, मि, मु, मे, मो, टा, टि, टु, टे

गलत व्यक्तिको विश्वास गर्दा सुरुमा काम रोकिन सक्छ। पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला। विशेष उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। तापनि प्रयत्न गर्दा चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। मिहिनेतले लाभ उठाउन सकिनेछ। यात्रा तथा किनमेलमा केही रकम खर्च हुन सक्छ।

कन्या :  टो, प, पि, पु, ष, ण, ठ, पे, पो

शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। अभिव्यक्ति र लेखन कलामा पनि निखारता आउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापार, पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ।

तुला :  र, रि, रु, रे, रो, ता, ति, तु, ते

हल्लाको विश्वास गर्दा काम बिग्रन सक्छ। आज अरूलाई दिने नभई भित्र्याउने समय छ। दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ। पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ। परिस्थितिअनुसार निर्णय लिन नसक्दा काममा पछि परिनेछ। अरूको व्यवहारले शंका उब्जाए पनि प्रियजनको सुझाव शिरोधार्य गर्दा अवश्यै लाभ हुनेछ।

वृश्चिक :  तो, ना, नि, नु, ने, नो, या, यि, यु

सहयोगीहरूसँग केही असमझदारी बढ्नेछ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। तापनि प्रतिस्पर्धीहरू पछि पर्नेछन्। मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। व्यापारमा सामान्य फाइदा उठाउन सकिनेछ।

धनु :  ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनुका साथै सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। मेहनतले सम्मानित स्थान दिलाउनेछ। बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। मान-सम्मान प्राप्त हुनेछ।

मकर :  भो, ज, जि, खि, खु, खे, खो, गा, गि

पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्य धन आर्जन हुनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।

कुम्भ :  गु, गे, गो, सा, सि, सु, से, सो, द

भैपरी आउने खर्च बढ्नाले अर्थ अभावको स्थिति रहनेछ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपरे पनि कर्जामार्फत धन जुटाउन सकिनेछ। केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। दिगो काम प्रारम्भ गर्न समयले साथ दिनेछ। परोपकारी काम सम्पादन गर्न सकिनेछ।

मीन :  दि, दु, थ, झ, ञ, दे, दो, च, चि

आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि फाइदा उठाउन सकिनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?