Friday, May 3
Shadow

रौतहटमा पुरानै प्रश्नपत्रबाट वार्षिक परीक्षा


  • -इ
  • इ+

रौतहट । रौतहटको फतुवा बिजयपुर नगरपालिकामा शिक्षा क्षेत्रमा चरम लापरवाही देखिएको छ । नगरक्षेत्र अन्तर्गतको सवै विद्यालयमा पुरानै प्रश्नपत्र प्रयोगगरी कक्षा १ देखि ९ सम्मको परीक्षा सञ्चालन गरिएको छ ।नगरपालिका अन्तर्गतका ३२ वटा विद्यालयमा गत वर्षको प्रश्नपत्रको आधारमा परीक्षा गराइरहेको एकजना अभिभावक परमेश्वर यादवले बताए । नगरशिक्षा संयोजक बुनिलाल यादवले गैरजिम्मेवारपूर्ण तरिकाले हजारौँ विद्यार्थीको भविष्यसँग खेलवाड गरिरहेको अभिभावक यादवको भनाइ छ ।

पछिल्ला तीन दिनदेखि अंग्रेजी, नेपाली र विज्ञान विषयको परीक्षा पुरानै प्रश्नबाट लिईएको छ । लगातार तीन दिन अक्षरसः पुरानै प्रश्नपत्रको प्रयोग भएपछि अभिभावकहरुले घटना सार्वजनिक गरेका छन् ।

हजारौँ विद्यार्थीको भविष्यसँग खेलवाड गर्ने संयोजक यादवमाथि कडा कारवाही हुनुपर्ने अभिभावकहरुको माग छ ।

शिक्षा संयोजक यादवले प्रेसको गल्तीले यस्तो हुन गएको जनाए । रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जिल्ला शिक्षा समन्वय ईकाईमार्फत नियमानुसार कडा कारवाहीको पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

फतुवा बिजयपुर नगरपालिकाका मेयर गोपालप्रसाद यादवले पटक पटक गल्ती गर्ने संयोजक यादवलाई पदमुक्त गर्ने जनाए ।

साभार:

रातोपाटी

 

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्