Thursday, May 2
Shadow

हात्तीलाई कसैले पनि हल्लाउन सक्तैन : कांग्रेस नेता बस्नेत


  • -इ
  • इ+

शंखरापुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले कांग्रेसलाई हात्तीको संज्ञा दिंदै हात्तीलाई कसैले पनि हल्लाउन नसक्ने बताउनुभयाे । नेपाली कांग्रेस शंखरापुर नगरपालिका वडा नं. ४ को प्रथम वडा सम्मेलनलाई सम्वोधन गर्दै मन्त्री बस्नेतले भन्नुभयाे, ‘नेपाली कांग्रेस नेपालको राजनीतिक इतिहासमा हात्ती हो । हात्तीलाई कसैले पनि हल्लाउन सक्तैन ।’ प्रजातन्त्रको विकल्प कांग्रेस नै भएकाले जनताको दुःखसुखमा साथ दिँदै विकास निर्माणको काममा लागिरहने उहाँले बताउनु भयो ।

नेपाली कांग्रेस शंखरापुर नगरपालिका वडा नं. ४ का इकाई सभापति एवं वडाध्यक्ष सुनाबहादुर तामाङ (सोनाम) को सभापतित्वमा लप्सेफेदीस्थित फेदी ब्लिस रिसोर्टमा भएकाे सम्मेलनमा मन्त्री बस्नेतले नेपालमा झरीका च्याउँ जस्तै विभिन्न पार्टी उम्रिएपनि धेरैबेर नटिकेका र अब उम्रिएका पार्टीहरु पनि धेरै नटिक्ने धारणा राख्नुभयाे । सोही अवसरमा मन्त्री बस्नेतले जनताको स्वास्थ्य उपचारमा मन्त्रालयले भरपुर काम गरिरहेको हुँदा उपचार नपाएर कसैले पनि ज्यान गुमाउनु नपर्ने बताउनु भयो । उहाँले भन्नुभयो,  ‘गरिव, निमुखा तथा आफ्नो उपचार गर्न नसक्ने जनतालाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न अस्पतालहरुलाई निर्देशन दिएको र निर्देशन पालना नगर्ने अस्पतालहरु खारेज गरिनेछ ।’

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य हरिशरण नेपाली, कागेश्वरी मनहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की, क्षेत्रीय सभापति कविर शर्मा फुयाल, वागमती प्रदेश सांसद सोना परियार, क्षेत्रीय समिति,प्रदेश समिति, नगर समिति लगायतका अतिथिहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न प्रथम वडा सम्मेलनमा विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्ने १ सय ५० भन्दा बढी युवाहरुलाई मन्त्री बस्नेतले स्वागत गर्नुभएको थियो ।

कार्यक्रमका सभापति तथा वडाध्यक्ष सोनामले विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेस प्रवेश गर्ने युवाहरुलाई केन्द्रीय सदस्य एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतसमेतका नेताहरुको उपस्थितिमा पार्टीमा स्वागत गर्न पाउँदा अत्यन्त हर्षित भएको र प्रथम वडा सम्मेलनमा आफ्नो निमन्त्रणालाई स्वीकार गरी उपस्थित भएर शुभकामना मन्तव्य राखिदिनु भएकोमा प्रमुख अतिथि, विशिष्ठ अतिथि, नगर समिति, सम्पूर्ण इकाई समितिलगायतका अतिथिहरुप्रति आभार प्रकट गर्नुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न प्रथम वडा सम्मेलनमा विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्ने १ सय ५० भन्दा बढी युवाहरुलाई मन्त्री बस्नेतले स्वागत गर्नुभएको थियो ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्