Monday, May 6
Shadow

कागेश्वरी-मनाेहरामा होलसेल तथा खुद्रा तरकारी-फलफुल बजार सञ्चालनमा


  • -इ
  • इ+

काठमाडाैं । काठमाडाैंको कागेश्वरी मनाेहरामा उपत्यकाकै सस्ताे र सर्वसुलभमा खरीद गर्न पाइने ठूलो तरकारी तथा फलफुल बजार खुलेको छ । तरकारी बजार गत शनिवारदेखि खुल्ला गरिएकाे छ । बजारका सञ्चालक रामचन्द्र पुडासैनीले तरकार बजार यस क्षेत्रकाे आवश्यकतालाइ ध्यान दिएर सञ्चालनमा ल्याएकाे जनाए ।

तरकारी तथा फलफल बजारमा दुईवटा द्वारहरू छन् । २० वटा स्टलहरू र १० वटा सटरहरू भएकाे ठूलाे बजार सस्ताे भाडादरमा उपलब्ध गराइएकाे छ । स्थानीय तरकारी तथा फलफुल व्यवसायी र व्यापारीकाे संयुक्त पहलमा निम्न वर्गीयलाई प्राेत्साहन गर्न  पूर्णतया पारिवारिक लगानी र रेखदेखमा याे बजार स्थापना गरिएकाे सञ्चालक रामचन्द्र पुडासैनीले बताए ।

बजारले कागेश्वरी मनाेहराक्षेत्रका गाेठाटार, चिप्लेगाैडा, नयाँ बस्ति, काँडाघारीलगायतका वासिन्दालाई सहज र सस्ताे दरमा तरकारी खरिदका लागि सहयोग पुग्ने पुडासैनीको विश्वास छ । कागेश्वरी तरकारी तथा फलफुल बजार नामक साे कृषिबजारमा हाेलसेल मूल्यमै खरिद गर्न पाइन्छ । कागेश्वरी मनाेहरा नगरपालिका आफैमा तरकारी उत्पादन मनग्य हुने क्षेत्र भएकाले पनि खरिदमा अन्यत्रभन्दा सस्ताे र सहुलियत दरमा उपलब्ध हुन्छ ।

कागेश्वरी वरिपरिका उपभोक्तालाई ताजा तरकारी तथा फलफुल उपलब्ध गराउने उद्वेश्यका साथ तरकारी बजार संचालनमा ल्याइएको संचालक रामचन्द्र पुडासैनी छन् । कागेश्वरी मनाेहरा नगरपालिकाले व्यवस्थित नगर निर्माणका लागि फुटपाथ व्यपारलाई निषेध गरेसंगै तरकारी बजारले ठेला र फुटपाथ व्यपारीलाई व्यवसाय गर्न केही रुपमा मद्दत गर्ने संचालक पुडासैनीले बताएका छन् ।

आधुनिक व्यवस्थापन, प्रशस्त पार्किङको सुविधा र २४सै घण्टा सिसिटीभी तथा सेकुरिटीको व्यवस्था तरकारी बजारमा रहेको बताइएको छ ।बजारमा दुईवटा द्वारहरू छन् । २० वटा स्टलहरू र १० वटा सटरहरू भएकाे ठूलाे बजार सस्ताे भाडादरमा उपलब्ध गराइएकाे छ । स्थानीय तरकारी तथा फलफुल व्यवसायी र व्यापारीकाे संयुक्त पहलमा निम्न वर्गीयलाई प्राेत्साहन गर्न  पूर्णतया पारिवारिक लगानी र रेखदेखमा याे बजार स्थापना गरिएकाे सञ्चालक रामचन्द्र पुडासैनीले बताए ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्