Sunday, May 5
Shadow

कागेश्वरीलाई ‘खेलकुद नगरी’ बनाउन प्रारम्भिक अध्ययनको काम सुरु


  • -इ
  • इ+

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाको ‘खेलकुद नगरी सम्भाव्यता अध्ययन तथा समन्वय समिति’ले प्रारम्भिक अनुगमन सुरु गरेको छ ।

नगरपालिकालाई ‘खेलकुद नगरी’ बनाउने उद्देश्यका साथ गठन गरिएको समितिले नगरपालिका भित्र रहेका खेल मैदान तथा सम्भावित क्षेत्रमा स्थलगत अनुगमन सुरु गरेको हो ।

अनुगमनका क्रममा समितिले नगरपालिकाको वडा नम्बर–६ मा रहेको फुटबल मैदानमा पुगेर त्यसलाई अन्तराष्ट्रिय स्तरको रंगशाला बनाउन गर्नुपर्ने कामहरुको सूचना संकलन गरेको समिति सदस्य दिलीप गसीले जानकारी दिनुभयो ।

सो फुटबल मैदानलाई अन्तराष्ट्रिय स्तरको बनाउन आवश्यक अध्ययन तथा अनुसन्धानका लागि विज्ञहरुसँग परामर्श गरिने उहाँले बताउनुभयो ।

त्यसका लागि विशेषज्ञ टोलीले विज्ञसँग परामर्श गरिरहेको र एक हप्ता भित्रमा प्रारम्भिक अध्ययन प्रतिवेदन नगरपालिकामा पेश गरिने समितिका अर्का सदस्य आरके बिष्टले जानकारी दिनुभयो ।

समितिको प्रतिवेदन पछि सो मैदानको स्तरोन्नतीका लागि नगरपालिकाले आवश्यक बजेट विनोयन गर्ने नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले बताउनुभयो ।

समितिले नगरलाई ‘खेलकुद नगरी’ बनाउनका लागि आवश्यक काम सुरु गरी सकेको भन्दै प्रमुख कार्कीले यसका लागि नगरपालिकाले सबै निकायसँग आवश्यक समन्वय गरेर काम सम्पन्न गर्ने जानकारी दिनुभयो ।

समितिले नगरपालिका भित्रको डाँछी, आलापोट तथा गोठाटारमा रहेका अन्य रंगशाला तथा रंगशाला निर्माणका लागि सम्भाव्य स्थलको पनि निरिक्षण गरेको थियो । निरिक्षणमा विशेष टोली सहित नगरपालिकाका इन्जिनियरहरुको पनि सहभागिता रहेको थियो ।

नगरपालिकाले ‘खेलकुद नगरी’ बनाउनका लागि आवश्यक जमिन तथा बस्तुस्थिती बुझ्नका लागि ‘ड्रोन म्यापिङ’को काम भइरहेको बताएको छ । ‘ड्रोन म्यापिङ’को काम सकिएसँगै खेलकुद नगरी निर्माणको काम अझै तीव्र रुपमा अगाडी बढने नगरपालिकाले जनाएको छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्