Thursday, May 2
Shadow

खेलकुद

भारतीय क्रिकेटर सुरेश रैनाले ‘म बाहुन हुँ’ भनेपछि…

भारतीय क्रिकेटर सुरेश रैनाले ‘म बाहुन हुँ’ भनेपछि…

खेलकुद
काठमाडौं । भारतकाका क्रिकेटर सुरेश रैनाले आफू ब्राह्मण भएकाले चेन्नईको संस्कृतिलाई अँगाल्ने बताएपछि सामाजिक सञ्जालमा उनको दोहोलो काढिएको छ । उत्तर प्रदेशका रैनाले तमिलनाडु प्रिमियर लीगको पाँचौं सीजनमा कमेन्ट्री दिने क्रममा उक्त भनाइ राखेका थिए । लाइका कोभाइ किंग्स र सालेम स्पार्टन्सबीच सोमवार भएको खेलमा एक कमेन्टेटरले रैनालाई दक्षिण भारतीय संस्कृति कसरी अपनाइरहनुभएको छ भनी सोधे । त्यसमा रैनाले उत्तर दिए, ‘म पनि ब्राह्मण हुँ । सन् २००४ देखि चेन्नईका लागि खेलिरहेको छु । म यहाँको संस्कृति मन पराउँछु । म मेरा साथी खेलाडीहरूलाई मन पराउँछु । चेन्नई सुपर किंग्सको खेलाडी हुनुमा मलाई गर्व छ । यहाँ थप खेल खेल्न पाउने अपेक्षा मैले राखेको छु ।’ सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले चाहिँ रैनालाई ब्राह्मण शब्द किन प्रयोग गरेको भन्दै आलोचना गरिरहेका छन् ।...
यी राष्ट्रपतिले फर्काएका थिए हार मानिसकेका मेसीलाई मैदान

यी राष्ट्रपतिले फर्काएका थिए हार मानिसकेका मेसीलाई मैदान

खेलकुद
काठमाडौं । २०१४ को विश्वकप फाइनलमा अर्जेन्टिना जर्मनीसँग अतिरिक्त समयमा पराजित भयो । २०१५ को कोपा अमेरिकामा चिलीले अर्जेन्टिनालाई टाइब्रेकरमा हरायो । २०१६ को कोपा अमेरिका फाइनलमा फेरि अर्जेन्टिना हा७थभलसयो । यसपटक पनि चिलीसँग हा७थभलसयो । यसपटक पनि टाइब्रेकरमै हा७थभलसयो । आजित भएर मेसीले अन्तर्राष्ट्रिय फुटबलबाटै सन्यास घोषणा गरेका थिए । मेसीका कतिपय आलोचकहरुले ‘ठिक्क भयो’ भनेजस्तो प्रतिक्रिया पनि दिएका थिए । तर उनका धेरै समर्थकहरुका लागि यो निर्णय धक्का थियो । यस घटनापछि मेसीलाई फेरि मैदान फर्काउने श्रेय अर्जेन्टिनाका तत्कालीन राष्ट्रपति माउरिसियो म्याक्रीलाई पनि जान्छ । ‘फुटबललाई माया गरिने हाम्रोजस्तो देशले विश्वका उत्कृष्ट खेलाडीलाई भगवान्कै उपहारका रुपमा पाएको हो । हामी भाग्यमानी छौं, यो हाम्रो जीवनको एउटा ठूलो खुसी हो । लियोनल मेसी अर्जेन्टिनाका बहुमुल्य कुरा हुन् र हामीले उनको ...
युरोकप र कोपा अमेरिकाका खेलमा सट्टेबाजी खेलाउने पक्राउ

युरोकप र कोपा अमेरिकाका खेलमा सट्टेबाजी खेलाउने पक्राउ

खेलकुद
काठमाडौं । युरोप र दक्षिण अमेरिकामा भइरहेको युरोकप २०२० र कोपा अमेरिकाको फुटबल खेलमा सट्टेबाजी खेलाउने एकलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले अनलाइन (भाइबर, ह्वाट्सएप) मार्फत सट्टेबाजी गराइरहेको अवस्थामा पोखरा महानगरपालिका–६ लेकसाइडस्थित एक होटलबाट पोखरा–२७ तालचोकका १८ वर्षीय सुलभ सुवेदीलाई पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता प्रनाउ सुवास हमालले बुधबार जानकारी दिनुभयो । निजलाई सार्वजनिक हित स्वास्थ्य सुरक्षा सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत सट्टेबाजी गर्न नहुने कसुरमा सातदिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको र घटनामा संलग्न अन्य व्यक्तिको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।...
कोपा अमेरिका : ब्राजिल फाइनलमा प्रवेश

कोपा अमेरिका : ब्राजिल फाइनलमा प्रवेश

खेलकुद, फुटबल
काठमाडौं । पेरुलाई १–० ले स्तब्ध पार्दै ब्राजिल जारी कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार बिहान ब्राजिलको ओलम्पिक मैदानमा सम्पन्न खेलमा लुकास पाक्वेलाले खेलको ३५ औं मिनेट गोल नै निर्णायक बन्यो । उनले स्टार खेलाडी नेयमारको पासमा गोल गरेका थिए । रोमाञ्चक खेलमा ब्राजिलले पेरुको पोस्टमा १५ सुट प्रहार गरेको थियो । जसमा टार्गेट अन सुट ८ वटा थियो । यस्तै पेरुले ब्राजिलको पोस्टमा ७ प्रहार गरेपछि २ वटा मात्रै टार्गेट थियो । ३ वटा पहेँलो कार्ड प्रयोग गरिएको खेलमा ब्राजिलको बल पोजिसन ६४ प्रतिशत र पेरुको ४४ प्रतिशत रहेको थियो । अब फाइनलमा ब्राजिलले जुलाई ११ मा अर्जेन्टिना वा कोलम्बियामध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ । अर्जेन्टिना र कोलम्बिया सेमिफाइनलमा भोलि भिड्दैछन् । जसमा विजयी हुने टोलीको फाइनलमा ब्राजिलसँग भेट भएको हो ।  ...
वैकल्पिक खेलाडीको गोलमा इटलीको नयाँ इतिहास

वैकल्पिक खेलाडीको गोलमा इटलीको नयाँ इतिहास

खेलकुद
काठमाडौं । अतिरिक्त समयमा अस्ट्रियालाई २–१ ले हराउँदै इटलीले युरोकप फुटबलको क्वाटरफाइनल यात्रा गरेको छ । पछिल्ला ३० खेलदेखि अपराजित इटलीले निर्धारित ९० मिनेट गोलरहित बराबरी खेल्यो । तर अतिरिक्त समयको पहिलो हाफमै दुई गोल गर्यो । इटलीका लािग ९५ मिनेटमा वैकल्पिक खेलाडी फेडरिको चिसाले अग्रता दिलाए । त्यसपछि १ सय ५ औं मिनेटमा माटियो पेस्सिनाले अर्को गोल थपे, उनी पनि वैकल्पिक खेलाडीकै रुपमा मैदान छिरको थिए । अस्ट्रियाले १ सय १४ मिनेटमा गोल फर्कायो । सासा कालज्जिकले उसका लागि गोल गरे । यससँगै लगातार ११ गोलसम्म कुनै गोल नखाएको इटलीको किर्तिमान भने भंग भयो । तर, आफ्नो अपराजित यात्रा ३१ खेलसम्म कायम राख्दै क्वाटफाइनलमा स्थान बनाउन भने इटली सफल भयो । यो इटलिको सबैभन्दा लामो अपराजित यात्रा हो । यसअघि १९३० को दशकमा ३० खेलसम्म इटली अपराजित थियो र यही समय उसले ओलम्पिक स्वर्ण र विश्वकप जितेको थियो ।...
राष्ट्रिय पारा तेक्वान्दो खेलाडीहरुलाई नगद सहित खाद्यान्न सहयोग

राष्ट्रिय पारा तेक्वान्दो खेलाडीहरुलाई नगद सहित खाद्यान्न सहयोग

खेलकुद
काठमाडौं । नेपाल तेक्वान्दो संघ, अन्तर्गत पारा कमिटिले आफ्नो मतहातमा रहेका राष्ट्रिय खेलाडीहरुलाई नगद सहित खाद्यान्न सहयोग गरिएको छ । कोेभिड-१९ दोश्रो लहर नयाँ भरियन्सले गर्दा नेपाल सरकारले जारी गरिएको निषेधाज्ञको कारण पाराका खेलाडीहरु मर्कामा परेको हुदा पारा कमिटिले खेलाडीहरु क्रमश दिपेश महत, राम बहादुर अधिकारी, लोकराज शाही, पलेशा गोर्वधन, विशाल गर्बुजा, रञ्जना धामी र श्रृजना घिसिङ्गलाई २ बोरा चामल, १ बक्सा खाने तेल, नुन, ५ के.जी दाल र नगद रु ५,००० घर घरमै पुराएर सहयोग स्वरुप प्रदान गरिएको छ । खेलाडीहरुलाई खाद्यान्न पारा कमिटिका सदस्य रोशित उन्निथानबाट उपलब्ध गराइएको थियो भने पारा कमिटिका सदस्य रामचन्द्र श्रेष्ठ, हेमन्त भट्टराई, र राजन उप्रेतीबाट नगद रु ४०,००० सहयोगको लागि उपलब्ध गराएका थिए । उक्त सहयोग स्थालमा पारा कमिटिका सचिब एवं ओलम्पियन दिपक विष्ट, पारा प्रशिक्षक कविराज नेगी ला...
त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेटः उपाधिका लागि नेपाल र नेदरल्याण्ड्स भिड्दै

त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेटः उपाधिका लागि नेपाल र नेदरल्याण्ड्स भिड्दै

खेलकुद
काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स भिड्दै छन् । टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र नेदरल्यान्ड्सबीचको फाइनल खेल अपरान्ह १ः१५ बजे सुरु हुनेछ । करिब १४ महिनापछि अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्किएको नेपाल घरेलु मैदानमा उपाधि जित्ने योजनामा रहेको छ । नेदरल्यान्ड्स पनि नेपाललाई उसैको घरेलु मैदानमा पराजित गर्दै सिरिजको उपाधि जित्ने सुरमा रहेको छ । तर, उपाधिका लागि दुबै टोलीलाई त्यति सहज भने हुने छैन् । सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको नेपाल फाइनलमा पनि त्यही लयलाई कायम गर्न चाहन्छ । नेदरल्यान्ड्ससँग पनि सिरिजको दोस्रो खेलमा नेपाललाई पराजित गरेको उच्च मनोबल छ । नेदरल्यान्ड्सले दोस्रो खेलमा नेपाललाई ३ विकेटले पराजित गरेको थियो । नेदरल्यान्ड्स पनि आफ्नो त्यहि लयलाई कायम राख्दै उपाधि जित्ने ल...
बिमल घर्तिमगर गम्भीर घाइते

बिमल घर्तिमगर गम्भीर घाइते

खेलकुद, फुटबल, बागमती प्रदेश, रोजगार, स्वास्थ्य
काठमाडौं : पौष ६, नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड बिमल घर्तिमगर गम्भीर घाइते भएका छन् । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका क्रममा उनी गम्भिर घाइते भएका हुन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा चलिरहेको बन्द प्रशिक्षणमा उनको घुँडामा चोट लागेको हो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईका अनुसार बिमलको ‘लिगामेन्ट’ च्यातिएको छ । उनको शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका छन् । शल्यक्रियापछि मात्र खेलबाट के कति समय वञ्चित हुनुपर्ने हो थाहा हुने प्रवक्ता राईले बताउका छन् । यसअघि विश्वकप छनोटको क्रममा बिमल तीन महिना अनुशासनको कारबाहीमा परेका थिए। लामो समयको पर्खाइपछि बन्द प्रशिक्षणमा फर्किएका बिमल पछिल्लो मछिन्द्र क्लबमा आबद्ध छन् ।...
च्याम्पियन्स लिगको फाइनल समिकरण पुरा, उपाधिका लागि बायर्न र पिएसजी भिड्ने

च्याम्पियन्स लिगको फाइनल समिकरण पुरा, उपाधिका लागि बायर्न र पिएसजी भिड्ने

खेलकुद, फुटबल
युरोपियन च्याम्पियन्स लिगको फाइनलमा जर्मन क्लब बायर्न म्युनिख  र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) भिड्ने पक्का भएको छ। पिएसजीले पहिलो सेमिफाइनलमा जर्मनीको आरबी लाइपजिगलाई र बायर्नले फ्रेन्च क्लब लियोनलाई  हराउदै एक अर्का बिचको भेट पक्का गरेको हो। बायर्न र पिएसजी बीचको फाइनल खेल अगष्ट २३ मा हुनेछ ।...
क्यानले क्रिकेटरको तलबका लागि आईसीसीलाई पत्र पठाइयो

क्यानले क्रिकेटरको तलबका लागि आईसीसीलाई पत्र पठाइयो

क्रिकेट, खेलकुद
नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट खेलाडीको तलब निकासाका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)मा २३ जनाको नाम पठाएको छ । आईसीसीले तलब पठाउनका लागि खेलाडीको हस्ताक्षरसहित डकुमेन्ट पठाउन भनेपछि क्यानले २३ जनाको नाम पठाएको हो । क्यान निलम्बनमा रहँदा क्रिकेट खेलाडीको तलब आईसीसीले नै दिँदै आएको थियो । त्यसै अनुसार २०१९ को तलबको लागि नामावली संकलन गरेर आईसीसीमा पठाइएको क्यान सचिव अशोकनाथ प्याकुरेलले अनलाइनखबरलाई बताए । ‘आईसीसीले २०१९ को तलब बाँड्नुपर्ने हो । यो पुरानो नै हो । त्यसको प्रकियाको लागि खेलाडीले कन्ट्रयाक्ट गर्नुपर्ने थियो । त्यो कन्ट्रयाक्ट गरेर सबै उता पठाउनुपर्ने माग भएको थियो । त्यसैको लागि हामीले पठाएका हौं,’ प्याकुरेलले भने । पछिल्लो पटक आईसीसीले सन् २०१८ मा दुई वर्षको एकमुष्ट तलब राष्ट्रिय खेलकुद परिषदमार्फत खेलाडीलाई पठाएको थियो । त्यसपछि अहिलेसम्म खेलाडीको ...
बार्सिलोना प्रशिक्षकमा रोनाल्डा कोम्यान नियुक्त

बार्सिलोना प्रशिक्षकमा रोनाल्डा कोम्यान नियुक्त

खेलकुद, फुटबल
नेदरल्याण्ड्सका रोनाल्ड कोएमन स्पानिस जायन्ट बार्सिलोनाको प्रशिक्षक नियुक्त भएका छन् । बार्सिलोनाले बुधबार क्लबका पूर्वखेलाडी समेत रहेका कोएमनलाई प्रशिक्षक नियुक्त गरेको हो । मुख्य प्रशिक्षक किके सेटिएनलाई बर्खास्त गरेपछि बार्सिलोनाले कोएमनलाई प्रशिक्षकमा नियुक्त गरेको हो । कोएमन नेदरल्याण्ड्सको राष्ट्रिय टिम छाड्दै बार्सिलोनाको प्रशिक्षक बनेका हुन् । कोएमन २०१८ देखि नेदरल्याण्ड्सको प्रशिक्षकको भूमिकामा थिए । बार्सिलोनाले कोएमनसँग २ वर्ष सम्झौता गरेको छ । अब उनी २०२२ जुन ३० सम्म क्याम्पनोउमा रहनेछन् ।क्लबका अध्यक्ष जोसेफ मारिया बार्तामेउले मंगलबार राति नै आफूले कोएमनलाई प्रशिक्षकको रुपमा चयन गरिसकेको बताएका थिए । कोएमनले बार्सिलोनाको सहायक प्रशिक्षक बन्दै प्रशिक्षण करियर सुरु गरेका थिए । त्यसपछि उनी सन् १९९८-९९ मा बार्स बी टिमको प्रशिक्षकसमेत बने । त्यसअघि खेलाडीको रुपमा उनले ब...
यूइएफए च्याम्पियन्स लिग: वार्यन म्युनिखले बार्सिलोनालाई ८–२ को फराकिलो अन्तर

यूइएफए च्याम्पियन्स लिग: वार्यन म्युनिखले बार्सिलोनालाई ८–२ को फराकिलो अन्तर

खेलकुद, फुटबल, विशेष खबर
यूइएफए च्याम्पियन्स लिगको क्वाटर फाइनलको खेलमा स्पेनिस महारथी बार्सिलोनाले लज्जास्पद हार व्यहोरेको छ । शनिबार बिहान भएको खेलमा जर्मन क्लब वार्यन म्युनिखले बार्सिलोनालाई ८–२ को फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो।   पोर्चुगालको सिस्बोनस्थित रंगशालामा भएको खेलमा बार्सिलोना वार्यन सामु निरीह सावित भयो । वार्यनका थोमस मुलरले चौथो मिनेट मै गोल गरी खेलमा अग्रता बनाएको थिए । सातौं मिनेटमा वार्यनका डेभिड अल्बाले आत्मघाती गोल गरेपछि खेल बराबरी भयो । त्यसपछि २१औं , २७औं, ३१औं मिनेटमा वार्यनका खेलाडीले गोल गरी पहिलो हाफमा नै ४–१ को अग्रता बनाए । ५७औं मिनेटमा लुइज सुवारेजे गोल गरी बार्सिलोनालाई खेलमा फर्काउने कोसिस गरेका थिए । तर ६३औं मिनेटमा वार्यनका लागि किम्मिचले गोल गरी पुन बार्सिलोनालाई निराश बनाए ।   ८२औं मिनेटमा रोवेर्टा लेवान्दोस्कीले गोल गरे । खेल...
पूरा भयो च्याम्पियन्स लिगको समिकरण, बुधबारदेखि क्वार्टरफाइनल प्रतिस्पर्धा

पूरा भयो च्याम्पियन्स लिगको समिकरण, बुधबारदेखि क्वार्टरफाइनल प्रतिस्पर्धा

खेलकुद, फुटबल
युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलको समिकरण पूरा भएक‍ो छ। शनिबार स्पेनिस क्लब बार्सिलोना र जर्मन क्लब वायर्न म्युनिखले अन्तिम ८ मा स्थान पक्का गरेसँगै क्वार्टरफाइनल समिकरण पूरा भएको हो।  यसअघि शुक्रबार लियोन र म्यानचेस्टर सिटी अन्तिम ८ मा पुगेका थिए। पेरिस सेन्ट जर्मेन (पिएसजी), एटलान्टा, आरबी लेइपजिग र एथ्लेटिको मड्रिडले भने कोरोना भाइरसअघि लिग स्थगित हुनुअघि नै अन्तिम आठमा स्थान बनाएका थिए। अब बुधबारदेखि क्वार्टरफाइनलका सबै खेल पोर्चुगलको लिस्बनमा हुनेछ। फाइनल खेल अगस्ट २३ मा बेनिफिकाको खेल मैदान एस्टाडियो डा लुजमा हुनेछ। बुधबारको पहिलो क्वार्टरफाइनल पेरिस सेन्ट जर्मेन (पिएसजी) र एटलान्टाबीच प्रतिस्पर्धा हुनेछ। बिहीबार आरबी लेइपजिग र एथ्लेटिको मड्रिडबीच खेल हुनेछ। शुक्रबार बार्सिलोना र वायर्न म्युनिख तथा शनिबार लियोन र म्यानचेस्टर सिटीबीच खेल हुनेछ। कोरोना भाइरसका कारण कर...
रियल मड्रिडलाई हराउँदै म्यानचेष्टर सिटी क्वाटरफाइनलमा

रियल मड्रिडलाई हराउँदै म्यानचेष्टर सिटी क्वाटरफाइनलमा

खेलकुद, फुटबल
१३ पटकको विजेता रियल मड्रिडलाई हराउँदै इंग्लिस क्लब म्यानचेष्टर सिटी युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ को दोस्रो लेगमा रियललाई २–१ ले हराउँदै सिटीले समग्रमा ४–२ को जित हात पारेको हो । पहिलो लेगमा सिटीले रियललाई रियलकै मैदानमा २–१ ले पराजित गरेको थियो । दोस्रो लेगमा सिटीका लागि घरेलु मैदानमा रहिम स्ट्रलिङ र गाब्रिएल जेसलले गोल गरे । रियलका लागि करिम बेन्जामाले एक गोल फर्काए । स्ट्रलिङले नवौं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २८ औं मिनेटमा बेन्जामाले गोल फर्काउँदै रियलको आशा कायमै राखेका थिए । तर दोस्रो हाफमा जेसलले गोल गर्दै सिटीलाई अग्रता दिलाए । त्यसपछि रियलले गोल थप्न सकेन र सिटी २–१ ले विजयी भयो । अघिल्लो खेलमा रातो कार्ड पाएका रियलका कप्तान सर्गियो रामोस भने सिटीविरुद्ध खेल्न पाएनन् र रियललाई उनको अभाव पनि खड्कियो ।...
च्याम्पियन्स लिगमा आज दुई खेल हुँदै, रियल र युभेन्ट्स दबाबमा

च्याम्पियन्स लिगमा आज दुई खेल हुँदै, रियल र युभेन्ट्स दबाबमा

खेलकुद, फुटबल
 कोरोना भाइरस महामारीका कारण स्थगित भएको युरोपियन च्याम्पियन्स लिगका खेल आज राती देखि शुरु हुँदैछ । युरोपको परतिष्ठित क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा आज अन्तिम १६ अन्तर्गत दोस्रो लेगको दुई खेल हुँदैछ । इंग्ल्स क्लब म्यानचेष्टर सिटीले घरेलु मैदान एतिहाड स्टेडियममा स्पानिस जायन्ट रियल मड्रिडसंग प्रतिस्पर्धा गर्नेछ । यस्तै इटालियन च्याम्पियन्स युभेन्ट्सले घरेलु मैदानमा फ्रेन्च क्लब लियोनलाई निम्त्याउनेछ । दुवै खेल नेपाली समय अनुसार राती १२:४५ मा शुरु हुनेछ । ठूला क्लब भएपनि रियल र युभेन्ट्स आजको खेलअघि दबाबमा हुनेछ । यद्यपी दुवै क्लबले आफ्नो देशको लिग भने जितेका छन् । तर अन्तिम १६ को पहिलो लेगमा रियल र युभेन्ट्स दुवै पराजित भएका थिए । रियलले पहिलो लेग घरेलु मेदानमा सिटीसंग २-१ ले गुमाएको थियो । त्यसैले अन्तिम ८ मा पुग्न सर्वाधिक १३ पटकको च्याम्पियन रियललाई स्पष्...
म्यानचेस्टर युनाइटेड र इन्टर मिलान क्वाटरफाइनलमा

म्यानचेस्टर युनाइटेड र इन्टर मिलान क्वाटरफाइनलमा

खेलकुद, फुटबल
म्यानचेस्टर युनाइटेड र इन्टर मिलान युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । अन्तिम १६ को दोस्रो लेगमा अस्ट्रियन क्लब एलएएसकेलाई २–१ ले हराउँदै समग्रमा ७–१ को जितसहित युनाइटेड अन्तिम ८ मा पुगेको हो । पहिले लेगमा युनाइटेड ५–० ले विजयी भएको थियो । बुधबार राति भएको दोस्रो लेगमा पछि परेको युनाइटेडले पुनरागमन गरी जित दर्ता गरेको हो । एलएएसकेका लागि ५५ औँ मिनेटमा कप्तान फिलिप विइसिन्जरले गोल गरेर सुरुवाति अग्रता दिलाए । त्यसको दुई मिनेटपछि जेसी लिङ्गार्डले म्यानचेस्टर युनाइटेडका लागि गोल गरे । ८८ औँ मिनेटमा एन्थोनी मार्सलले गोल गरेसँगै दोस्रो लेगमा युनाइटेड २–१ ले विजयी भयो । सेमिफाइनल प्रवेशका लागि युनाइटेडले एफसी कोपनहेगनसँग प्रतिस्पर्धा गर्ने छ । इस्थानबुल बासाक्सेहिरलाई समग्रमा ३–१ ले पराजित गरेर कोपनहेगनले पनि अन्तिम ८ मा स्थान बनाएको छ । युरोपा लिगकै अर्को खेलमा इन...