Thursday, May 2
Shadow

रामचन्द्र पौडेल नेपालकाे राष्ट्रपति


  • -इ
  • इ+

काठमाडाैँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल नेपालकाे नयाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । बिहीबार भएको निर्वाचनमा राष्ट्रपति पदका अर्का उम्मेदवार एमाले नेता सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल राष्ट्रपति निर्वाचित हुनुभएको हो । पाैडेल नेपालको तेस्रो राष्ट्रपति बन्नुभएको छ ।

पौडेलले ‍३३ हजार ८ सय २ मतभार प्राप्त गर्नुभयो भने नेम्बाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गर्नुभयो । राष्ट्रपति चुनावमा संघीय संसद्तर्फ ३१३ सांसद (२४ हजार ७ सय २७ मतभार) र प्रदेशतर्फ ५१८ (२४ हजार ८ सय ६४ मतभार ) सांसदले मतदान गर्नुभएको थियो । चुनावी प्रक्रियामा सहभागी भएका सांसदको कूल मतभार ४९ हजार ५ सय ९१ थियो । राष्ट्रपति निर्वाचित हुनका लागि २६ हजार ३ सय १५ आवश्यक पर्थ्यो ।

यसको आधिकारिक घोषणा हुन भने बाँकी छ । उहाँलाई १० दलको समर्थन थियो ।

२००१ साल असोज २९ गते तनहुँको ब्यासमा जन्मनुभएका पौडेल ६ पटक सांसद, ५ पटक मन्त्री र एकपटक सभामुख बन्नुभयो । २०६६ सालमा प्रधानमन्त्री बन्न संसदमा भएको निर्वाचनमा उहाँ १७ पटकसम्म उम्मेदवार बन्नुभएको थियो । उहाँ अहिले तनहुँ १ बाट प्रतिनिधि सभाकाे सांसदमा निर्वाचित हुनुभएको थियो ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्